नेपालगन्ज : लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका क्लबहरुले बुधबारदेखि क्लबका संस्थापक संस्थापक मेल्भिन जोन्सको जन्म दिवसको अवसरमा साता भरी १०० बढी सेवाका कार्यक्रम गर्ने भएका छन् ।
डिष्ट्रिक ३२५ एनको १४७औं सप्ताहब्यापी मेल्भिजोन जन्मजयन्ती समारोहले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमका डिष्ट्रिक कोडिनेटर सावित्रा शर्माले लायन्स क्लबहरुले स्वास्थ्य शिविर, न्यानो कपडा वितरण, विद्यार्थीलाई शैक्षिक सामग्री र स्टेशनरी वितरण, आश्रमममा खाद्यान्न वितरण र भोजन खुवाउने लगायतका कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिइन ।
मेल्भिन जोन साप्ताव्यापी कार्यक्रमको औपचारिक शुभारम्भ २३ पुस बुधबार बिहान नेपालगन्जको सुर्खेत रोडमा एरिया नं. ४ का सम्पूर्ण क्लबले संयुक्त रुपमा पञ्चेबाजासहित सरसफाइ गर्दै प्रभात फेरि मार्फत नगरवासीलाई सरसफाइ सम्बन्धी सचेतना जगाउँदै गर्नेछन् । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र डिष्ट्रिक गर्भनर ज्ञानेन्द्रकुमार श्रेष्ठले संयुक्त रुपमा मेल्भिन जोन साताब्यापी कार्यक्रमको औपचारिक शुभारम्भ गर्नेछन् ।
पत्रकार सम्मेलनमा गर्भनर श्रेष्ठले सरसफाइ कार्यक्रममा सहभागिताका लागि नगरवासीलाई पनि आव्हान गरेका थिए । सो अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनमा पूर्वगर्भनर मुकुट ढकालले हरेक वर्ष मेल्भिन जोनमा लायन्स क्लबहरुले सेवाका कामहरु गरेर समाजमा योगदान गरिरहेको भन्दै समाचार लेखेर सघाउन पत्रकारसँग आग्रह गरेका थिए ।
डिष्ट्रिक ३२५ एनको १४७औं सप्ताहब्यापी मेल्भिजोन जन्मजयन्ती समारोह डिष्ट्रिक कोडिनेटर सावित्रा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले लायन्य क्लबहरुले गर्ने सेवा सम्बन्धी कामका समाचार लेखेर पत्रकारले सघाउने प्रतिबद्धता जनाएका थिए ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको एरिया नं. १ काठमाडौंमा ७ क्लब, एरिया नं. २ दाङ, प्युठान, रोल्पा र रुकुममा २४ क्लब, एरिया नंं. ३ सुर्खेत, दैलेख र जाजरकोटमा २१ क्लब, एरिया नंं. ४ बाँके र बर्दियामा ३२ क्लब र एरिया नं. ५ कैलाली, कञ्चनपुर र अछाममा ३८ वटा गरी १२२ वटा लायन्स क्लबहरु रहेका छन् ।