Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • बाँके र बर्दियाका 'हिंस्रक वन्यजन्तु' पहिचान गरी नियन्त्रणमा लिएर ब्यवस्थापन गरिने
बाँके र बर्दियाका 'हिंस्रक वन्यजन्तु' पहिचान गरी नियन्त्रणमा लिएर ब्यवस्थापन गरिने
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, पुस २६, २०८२

नेपालगन्ज : बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा अन्य वन क्षेत्रमा पछिल्लो समयमा बाघ, चितुवा लगायतका हिंस्रक वन्यजन्तुको आक्रमण बढ्न थालेपछि दुबै जिल्लाका सम्वद्ध सरोकारवाला निकायबीच शनिबार बृहत छलफल भएको छ । वन्यजन्तुको आक्रमण बढिरहेको सन्दर्भमा मानव-वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि तत्काल चाल्नुपर्ने कदम तथा क्रियाकलापको बारेमा छलफल गरिएको हो ।

बैठकले हिंस्रक वन्यजन्तुको सकेसम्म तत्काल पहिचान, नियन्त्रण तथा व्यवस्थापन गर्ने सम्बन्धमा सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखहरुले संरक्षण साझेदार संघ संस्थाहरु, स्थानीय तह, मध्यवर्ती क्षेत्र र अन्य सरोकारवाला निकायबीच समन्वय गरी प्राविधिक टोली खटाई अत्याधुनिक प्रविधि (क्यामेरा) प्रयोग गरी हिंस्रक वन्यजन्तुको पहिचान गर्ने, नियन्त्रणमा लिन आवश्यक देखिएमा नियन्त्रणमा लिई व्यवस्थापन गर्ने निर्णय गरेको छ । 

यस्तै हिंस्रक वन्यजन्तुहरु हुन सक्ने सम्भावित क्षेत्रमा नेपाली सेना, निकुञ्ज, डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन तथा अन्य सरोकारवाला निकायबीच जिल्ला भित्र र बाहिर समेत आपसी समन्वय र सहकार्यमा नियमित गस्ती, पेट्रोलिङ गरी समयमै सूचनाको आदान–प्रदान गर्ने गराउने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । 

यसैगरी जाडो मौसमको समयमा तराई क्षेत्रमा लाग्ने बाक्लो हुस्सु तथा शीतलहर समेतको कारणले गर्दा वन्यजन्तुहरु गाउँबस्तीमा निस्किन सक्ने प्रबल संभावना रहेको तथा स्थानीय बासिन्दाहरु चरिचरन, घाँस दाउरा, स्याउला सोत्तर लगायतका वनजन्य प्राकृतिक स्रोत र साधनको उपभोग गर्न जंगल जाने सिलसिलामा हुस्सु र कुहिरोले गर्दा न्यून देख्न सकिने सम्भावनाका कारण हिंस्रक वन्यजन्तुसँग जम्काभेट हुन सक्ने सम्भावना अत्याधिक रहने हुँदा जाडो मौसम भरी स्थानीय जनतालाई वन पैदावारको उपयोगमा वैकल्पिक स्रोतको प्रयोगलाई बढावा गर्न प्रोत्सादन गर्ने निर्णय गरिएको छ ।

वन, जंगलमा जानै पर्ने भएमा समूहमा जाने, होहल्ला नगर्ने र दिउँसोको समयमा मात्र सचेत भई जाने तथा एक आपसमा सहयोगात्मक भावनाका साथ जंगलभित्रका क्रियाकलाप गर्न गराउन सामुदायिक वन उपभोक्ता समिति, राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय र स्थानीय तहको समन्वय एवं सहभागितामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

उक्त बैठकले संरक्षित क्षेत्रहरु र डिभिजन वन कार्यालय अन्तर्गतका वन क्षेत्रमा आहारजन्य प्रजातिहरुको उपलब्धता र घनत्व बढाउनका लागि आवश्यक व्यवस्थापकीय क्रियाकलापहरु (जस्तैः बासस्थान व्यवस्थापन, घाँसे मैदान, पानीपोखरी निर्माण तथा मर्मत सम्भारका कार्यहरु) सम्बन्धित कार्यालयले विशेष प्राथमिकतामा राखेर गर्ने निर्णय गरेको छ । सोको लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न संरक्षण साझेदार संघ, संस्था तथा सरकारी उपल्लो निकायमा समेत अनुरोध गरेर पठाउने निर्णय गरिएको छ । 

त्यस्तै बासस्थानको धारण क्षमता बमोजिम वन्यजन्तुको संख्या एकिन गरी मानव र वन्यजन्तुबीच सन्तुलन हुने गरी मात्र बाघ तथा चितुवा जस्ता हिंस्रक वन्यजन्तुको संख्याको संरक्षण व्यवस्थापन गर्ने सन्दर्भमा आवश्यक अध्ययन अनुसन्धान र नीतिगत व्यवस्थाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । 

उक्त बैठकमा बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी, डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकर प्रसाद गुप्ता, बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत विरेन्द्र प्रसाद कँडेल, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक राम, बज्रदल गण बाँकेका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठ, जब्बरजंग गण बर्दियाका प्रमुख सेनानी दिपेन्द्र शाही, रणबम गण बाँकेका प्रमुख सेनानी खिमबहादुर डाँगी, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख(एसपी) सरोज पौडेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) अंगुर जिसीको उपस्थिती रहेको थियो ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) शोभाकान्त खनाल, डिभिजन वन कार्यालय बर्दियाका  वरिष्ठ वन अधिकृत राम गोपाल चौधरी, डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशिल सुवेदी, राष्ट्रिय अनुसन्धान कार्यालय बर्दियाका उप-अनुसन्धान निर्देशक रमेश सिं डाँगा, राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेका उप-अनुसन्धान निर्देशक हरिष विष्ट, बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्का, देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समिति बाँकेका अध्यक्ष लोकेन्द्र बहादुर खत्री लगायतको उपस्थिती रहेको थियो । 


प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  २३:२४
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्