Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • पत्रकार महासंघ बाँकेको पन्ध्रौँ साधारण सभा, ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी
पत्रकार महासंघ बाँकेको पन्ध्रौँ साधारण सभा, ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, जेठ १०, २०८३

नेपालगञ्ज : ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले बाँकेमा विद्युत अनियमित हुँदा जिल्लामा सञ्चालित मिडियाहरु सञ्चालनमा कठिनाई भएकाले नियमित रुपमा विद्युत आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ ।

पत्रकार र सञ्चारमाध्यममाथि हुने आक्रमण, धाकधम्की तथा प्रेस स्वतन्त्रता हननका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घोषणापत्रमार्फत महासंघले पत्रकारलाई निर्वाध रुपमा समाचार संकलन गर्न पाउने वातावरण सुनिश्चित गर्न तीनै तहका सरकारसँग माग गरेको हो ।

साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने दोषीमाथि तत्काल कारबाही गर्न र पीडित पत्रकारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ । यस्तै घोषणापत्रमा हाल संघीय सरकारले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई मात्र दिने गरी कार्यान्वयनमा ल्याएको व्यवस्थाप्रति खेद प्रकट गरिएको छ । साधारणसभाले सरकारी विज्ञापन नीतिप्रति आपत्ति जनाएको छ ।

उक्त निर्णयले साना लगानीका निजी मिडिया बन्द हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै निजी आमसञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने व्यवस्था तत्काल रोक्न महासंघले माग गरेको छ । महासंघले प्रदेश तथा स्थानीय सरकारलाई पनि लोककल्याणकारी र समानुपातिक विज्ञापन नीति अवलम्बन गर्न आग्रह गरेको छ ।

त्यस्तै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मका सामग्रीलाई पत्रकारितासँग जोडेर मूलधारका सञ्चारमाध्यम र पत्रकारलाई दोष दिने क्रम बढेकोप्रति पनि साधारणसभाले चिन्ता व्यक्त गरेको छ । कन्टेन्ट क्रियटर, सामाजिक सञ्जाल प्रयोगकर्ता र श्रमजीवी पत्रकारबीचको कार्यभिन्नता बुझेर मात्रै टिप्पणी गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ । 

साधारणसभाले सम्पूर्ण पत्रकारलाई सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न तथा पत्रकार आचारसंहिता पूर्ण रुपमा पालना गर्न पनि आग्रह गरेको छ । घोषणापत्रमा जिल्लाका स्थानीय तहले सञ्चार क्षेत्रका लागि विनियोजन गर्ने बजेट पारदर्शी नभएको उल्लेख गर्दै स्थानीय मिडियाको दिगोपन र श्रमजीवी पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चार नीति निर्माण तथा प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको छ ।

साधारणसभाले पुरस्कृत पत्रकार तथा सञ्चार संस्थालाई बधाई ज्ञापन गर्दै खोजमूलक र सन्तुलित पत्रकारितामा निरन्तर सक्रिय रहन शुभकामना व्यक्त गरेको छ । त्यस्तै महासंघका केन्द्रीय परिषद् सदस्य खम्बप्रसाद पुनकी माता नदी मगर्नीको निधनप्रति दुःख व्यक्त गर्दै साधारणसभाले दिवंगत आत्माको चीरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । पत्रकार शंकरप्रसाद खनाल नेतृत्वमा सावित्री गिरी र कमल खत्री सदस्य रहेको समितिले घोषणापत्र तयार गरेको थियो ।

साधारणसभाको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले उद्घाटन गरेका थिए । त्यसक्रममा उनले सरकारको विभेदकारी निर्णयका कारण संचार क्षेत्र जोखिमपूर्ण अवस्थामा रहेको टिप्पणी गरे । व्यवसायिक पत्रकार र स्थानीय मिडियाहरुको संरक्षण गर्ने दायित्व अब स्थानीय सरकारकै भएको पनि उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइँले सरकारका पछिल्ला निर्णयहरुले संचार क्षेत्रलाई त्रसित बनाएको बताए । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले व्यवसायिक पत्रकारहरुको पेशागत हितका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

उनले पत्रकार महासंघसँगको संस्थागत सहकार्यलाई अझै दृढतापूर्वक अगाडि बढाउने प्रतिवद्धता समेत जनाए । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री, राष्ट्रिय मानव अधिकार आयोगका नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षहरु लियाकत अलि, हेमन्त कर्माचार्य, निरजकुमार गौतम, झलक गैरे, रुद्र सुवेदी, बाँकेका प्रहरी प्रमुख अंगुर जिसी, पत्रकार महासंघ बाँकेका सल्लाहकार प्रदीप वाग्ले, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, अक्षयकोष दाताहरु डा। कौशल कुमार बर्मा, माधवराम वर्मा, जीवन शर्मा, उच्च अदालत बार एशोसिएसन नेपालगञ्जका अध्यक्ष पवन कुमार गुप्ता, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भिम बहादुर रानाभाट लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

साधारणसभामा नेपाल पत्रकार महासंघले कोहलपुर नगरपालिकासँगको सहयोगमा तयार पारेको ‘हाम्रो कोहलपुर’ पुस्तकको विचोन समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रीय सचिव प्रियासन, कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्य लगायतले विशिष्ट अतिथिहरुले पुस्तकको विमोचन गरेका थिए । पुस्तकमा १३ वटा फिचर र ३ वटा अन्तरवार्ता समावेश गरिएको छ ।

साधारण सभामा बाँके र बर्दियाका पत्रकारहरुलाई पुरस्कृत पनि गरिएको छ । रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कारबाट पत्रकार डिल्ली शाही पुरस्कृत भए । उनलाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो । यस्तै बेलमती शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट गणेश रावत र देवेन्द्रराज पौडेल पुरस्कृत भएका छन् । उनीहरु दुबै जनालाई जनही ५ हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो ।

यसैगरी माधवी स्वास्थ्य पत्रकारिता पुरस्कारबाट बाँकेका प्रियास्मृति ढकाल र बर्दियाका रामप्रसाद चौहान पुरस्कृत भएका छन् । उनीहरु दुबै जनालाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ । त्यस्तै राम आधार–रामप्यारी पत्रकारिता पुरस्कारबाट पवित्रा परियार र सजल गैरे पुरस्कृत भए ।

दुबै जनालाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो । त्यसैगरी आँखा स्वास्थ्य शिक्षा पत्रकारिता पुरस्कार ९संस्थागत० स्वास्थ्य पेज डटकम अनलाइनलाई प्रदान गरियो । उक्त संस्थालाई ५ हजार ५ सय रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ । यस्तै सूर्यनाथ गौतम स्वास्थ्य (मुटु रोग) पत्रकारिता पुरस्कारबाट मधु पौडेल पुरस्कृत भएका छन् । उनलाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरियो । 

महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उत्कृष्टताको आधारमा पुरस्कृत हुने पत्रकारहरुको नाम केही दिन अघि टुंगो लगाएको थियो । त्यसका लागि अक्षयकोष पुरस्कारको प्रकृतिको आधारमा आवेदन दिन सार्वजनिक सूचना जारी गरिएको थियो ।

साधारण सभाको बन्द शत्रमा सचिव कृष्ण ओलीले प्रस्तुत गरेको सांगठनिक र कोषाध्यक्ष सुनिल रेग्मीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको छ । महासंघका उपाध्यक्ष तिलक गाउँलेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए ।

यसैबीच महासंघ बाँके शाखाले निजी मिडियामाथि सरकारले गरेको आर्थिक नाकाबन्दीको विरोधमा हस्ताक्षर अभियान पनि सुरु गरेको छ ।


प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  १८:३१
प्रतिक्रिया दिनुहोस्
थप समाज
यामाहा माइलेज च्यालेन्ज : ८२.०६ किमि प्रतिलिटर ल्याउँदै बिनिसा फस्ट
यामाहा माइलेज च्यालेन्ज : ८२.०६ किमि प्रतिलिटर ल्याउँदै बिनिसा फस्ट आइतबार, जेठ १०, २०८३
बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन
बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभामा पत्रकारहरु पुरस्कृत
पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभामा पत्रकारहरु पुरस्कृत शनिबार, जेठ ९, २०८३
सार्वजनिक सडक क्षेत्रभित्रका संरचना हटाउन सडक डिभिजनको उर्दी
सार्वजनिक सडक क्षेत्रभित्रका संरचना हटाउन सडक डिभिजनको उर्दी शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
प्रेस काउन्सिल, गोरखापत्र र सार्वजनिक सेवा प्रसारण संस्थामा दरखास्त आह्वान
प्रेस काउन्सिल, गोरखापत्र र सार्वजनिक सेवा प्रसारण संस्थामा दरखास्त आह्वान बिहीबार, जेठ ७, २०८३
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर) बुधबार, जेठ ६, २०८३
कोहलपुरमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु
कोहलपुरमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु बुधबार, जेठ ६, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्