नेपालगन्ज : ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट)ले खजुरामा सामाजिक परिक्षण गरेको छ । रेष्टको आयोजनामा मंगलबार खजुरा गाउँपालिकामा सरोकारवाला विच सामाजिक परिक्षण गरिएको हो ।
खजुरामा २०६३ सालदेखी बालिका तथा किसोरीहरुलाई शैक्षिक सहयोग एंव बाल बिवाह, श्रम शोषण, असुरक्षित बसाइसराई तथा मानव वेचविखन न्यूनिकरणका लागी सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको छ । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट)का केन्द्रिय उपाध्यक्ष सारदा ज्ञवालीको अध्यक्षतामा भएको सामाजिक परिक्षण कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले सस्थाले सेवाको दायरा बढाउँदा धेरै बालिकाले शिक्षा पाउन सक्ने बताए ।
अध्यक्ष विकले खजुरा गाउँपालिका वडा नम्बर ३ र ७ का ५ सामुदायिक विद्यालयका ७० जना छात्राहरुलाई शैक्षिक सहयोग कार्यक्रम सन्चालन गर्दै आइरहेको छ । कार्यक्रममा सहभागि ज्ञानोदय नमुना माविमा कक्षा १० मा अध्ययनरत सन्ध्या थारुले रेष्टले मलाई जिवनमा ठुलो मौका दिएको छ, म जस्ता अरु अभावमा परेका बालबालिकाहरुलाई पनि यस्तै मौका दिन आवश्यक रहेको बताइन ।
खजुरामा रेष्टको कार्यक्रम सन्चालन पछि समुदायमाका बालिकाहरुले आफ्ना कुरा भन्न सक्ने भएको, आफ्नो योजना बनाउन सक्ने, माध्यमिक तथा उच्च शिक्षासम्म अध्ययन निरन्तरता दिने संख्या बढेको, कक्षा छोड्ने दरमा कमि आएको, शिक्षामा समान पहुँच सुनिश्चिता छाएको सहजिकरणकर्ता जिवनाथ पराजुलिले जनाए । कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले बालिका शिक्षामा रेष्टले गरेको कार्य प्रशन्सनिय रहेको बताउँदै थप निरन्तरताको लागी सहयोगी सस्थाले कार्य गर्न अनुरोध गरिन् ।
खजुरा गाउँपालिका वडा नम्बर ३ का सदस्य तथा कार्यबाहक अध्यक्ष देउमाया थापाले खजुराका अरु विद्यालयमा पनि यस किसिमको कार्यक्रम सनचालन गर्न जरुरी देखिएको बताइन । ज्ञानोदय नमुना माविका प्रध्यानाध्यापक ऋषिराम सापकोटाले समस्याग्रस्त अवस्थामा रहेका बालबालिकालाई शिक्षा प्रदान गर्न रेष्टले ठुलो भुमिका निर्वाह गरेको बताए ।
रेष्टले बाँके जिल्लामा २३ सामुदायिक विद्यालयहरुमा ३१६ छात्राहरुलाई र खजुरा गाउँपालिका अन्र्तगत वडा नम्बर ३ र ७ का ५ विद्यालयमा SGT र अमर परियोजना मार्फत कक्षा १ देखी कक्षा १२ सम्मका १०५ छात्राहरुलाई शैक्षिक सहयोग प्रदान गरिरहेको छ । सामाजिक परिक्षणको पुर्व छात्रा सुस्मिता क्षेत्रीले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत गरेकी थिइन भने सहजिकरण रेष्टका गणेश प्रसाद भट्टराईले गरेका थिए ।