Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • सम्पन्न नहुँदै बाँकेमा भत्कियो कालोपत्रे
सम्पन्न नहुँदै बाँकेमा भत्कियो कालोपत्रे ठेकेदारसँग ४ करोड ६१ लाख ५१ हजार ५ सय ७९ रुपैयाँ २५ पैसामा सम्झौता
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, भदौ १४, २०७८
बाँके, गनापुरस्थित पिप्रहवा चोकदेखी एक किलोमिटर पश्चिममा भत्केको कालोपत्रे । तस्बिर : अर्जुन ओली/दूरसञ्चार

नेपालगन्ज : जिल्लाको गनापुरस्थित पिप्रहवा चोकदेखी खजुराको नहर चोकसम्म जोड्ने ‘बाईपास’ सडकको कालोपत्रे एक महिनामै भत्किएको छ । जानकी गाउँपालिका कार्यालयले उक्त सडक खण्डमा कुल ७.२ किलोमिटर कालोपत्रे गर्नुपर्ने भएपनि गत असारमा करिव दुई किमी बराबरको क्षेत्रमा कालोपत्रे निर्माण गरेको थियो ।

ठेकेदार कम्पनी ‘अमर/सिस्ने जेभी’ ले निर्माण गर्ने जिम्मा लिएको उक्त सडक एक महिनामै भत्किएको स्थानीयले बताए । एक त साँघुरो सडक, त्यसमा पनि ‘कमसल’ निर्माण भएका कारण कालोपत्रे सडक एक महिनामै भत्किएको स्थानीय विजयसिंह चौहानले सुनाए ।

‘सडक कालोपत्रे हुँदा खुसी भएका थियौं, तर बाटो कत्तिपनि राम्रो भएन, यति चाडै भत्किएपछि यसको गुणस्तरमाथी अहिले प्रश्न उठिरहेको छ,’ उनले भने ‘कालोपत्रे त केही दिन देखाउनलाई मात्रै बनेको रहेछ, एक महिना पनि राम्ररी टिकेन ।’

गाउँपालिकाले उक्त सडकलाई ठुलो योजनाको सूचीमा राखेको छ । गाउँपालिकाले पहिलो चरणमा गतवर्ष उक्त सडकमा माटो पटान, ग्राभेल, नाला निर्माण, कल्र्भट निर्माण लगायत काम गर्न करिव सवा ८ करोड खर्च गरेको थियो । दोस्रो चरणमा यस पटक कालोपत्रे मात्रै गर्न ठेकेदारसँग मु.अ.कर (भ्याट) र पि.एस.सहित ४ करोड ६१ लाख ५१ हजार ५ सय ७९ रुपैयाँ २५ पैसामा ठेक्का सम्झौता गरिएको छ ।

२०७७ माघ २५ गते भएको सम्झौताको म्याद २०७८ फागुन १ गते सकिनेछ । एक महिनामै सडक करिव १०÷१२ ठाउँमा भत्किने, भास्सिने र चर्किएको  स्थानीय बताउँछन् । साविक गनापुर गाविसका पुर्वअध्यक्ष दुखिराम लोनियाले पिप्रहवादेखी खजुरा जोड्ने बाईपास सडक निर्माणको काम सम्पन्न नहुँदै ठाउँ–ठाउँमा भत्किएको बताए ।

‘गाउँपालिकाले सडक कालोपत्रे गरेको मात्रै देखाईदिएको रहेछ,’ उनले भने ‘सडक यति छिट्टै जीर्ण भईसक्यो, यसमा कति पैसा लगाएका छन्, कति बजेट आएको छ, कुन बजेट हो, त्यो पनि जनतालाई थाहा छैन ।’ कमसल निर्माणका कारण यति चाडै कालोपत्रे भत्किएको पुर्वगाविस अध्यक्ष लोनियाले जिकिर गरे ।  उनले थपे, ‘यसमा हाम्रो घोर भत्र्सना छ, यसको दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ, चाहे ठेकेदार होस्, चाहे जो कोही होस्, चाहे जनप्रतिनिधी हुन् ।’ 

उक्त सडकको कालोपत्रे सम्पन्न भएपछि पिप्रहवा चोकदेखी खजुरा नहर चोकसम्म सहज रुपले आवत–जावत गर्न सकिने बताए । सिक्टा सिचाइँ आयोजनाको नहरसँगै जोडिएको उक्त सडक साँघुरो छ । नहरको केही भागलाई समेत समेटेर निर्माण गरिएको उक्त सडक भएर दैनिक सयौंको संख्यामा मालबाहक टिपर, ट्रक तथा ट्याक्टर गुड्छन् । सोही सडकको आसपासमा साना, ठुला उद्योग सञ्चालनमा छन् ।

सडकमा दैनिक गुड्ने मालबाहक सवारीको क्षमता अनुसार कालोपत्रे नगरेर कमिसनको चक्करमा कमसल काम गरिदाँ सडकको अवस्था नाजुक बनेको कांग्रेस नेता छब्बन खाँले ठोकुवा गरे । ‘कति भ्रष्टाचार भएको छ भन्ने कुरा यसैबाट पुष्टी हुन्छ, यो रोडमा एक ईन्ची मात्रै कालोपत्रे भएको छ,’ उनले भने ‘यो सडकको गुणस्तरको विषयमा हामीले पटक–पटक प्रश्न उठायौं, तीन/चार पटक त सूचना माग गर्न पनि गाउँपालिका गयौं, तर हामीलाई सूचना नै दिएनन् ।’ उक्त सडक निर्माणबारे अधिकांस जनता अनविज्ञ रहेको र यसमा गाउँपालिकाको आफ्नै मनोमानी चलेको नेता खाँले सुनाए ।

‘गाउँपालिकाको आफ्नै मनोमानी चलेको छ, प्रत्येक गाउँमा गएर हेर्नुस्, विकास भएको छैन, बरु आफ्ना मान्छेलाई मात्र उपभोक्ता समितिमा राखेका छन्, अनुदान पनि आफ्नै कार्यकर्तालाई दिएका छन्,’ उनले भने । कालोपत्रे सडकमा भएको अनियमितता एउटा उदाहरण मात्र भएको नेता खाँले बताए । उक्त सडकमा ठेकेदारले करिव २ किलोमिटर जति कालोपत्रेको काम गरेपनि अझै ५ किमी बराबर क्षेत्र बाँकी रहेको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख (ईन्जिनियर) प्रजेश आलेले जानकारी दिए ।

‘यो सडकमा ७.२ किमी कालोपत्रे बन्ने हो, अहिलेसम्म दुई किलोमिटर जति सम्पन्न भएको छ,’ उनले भने ‘बर्खा भएर मात्र बीचमा रोकिएको हो, अब फेरी काम अगाडी बढ्छ ।’ सडक कालोपत्रे गरिसकेपछि एक÷दुई ठाउँमा मात्र समस्या आएको ईन्जिनियर आलेले सुनाए । ‘एक त बाटो साघुँरो छ, त्यसमाथी गाडीहरु धेरै चल्छन्, त्यहाँ एक÷दुई ठाउँमा मात्र समस्या आएको छ, बाँकी त राम्रै छ,’ उनले भने ।

ईन्जिनियर आलेका अनुसार सम्झौता अनुसार ठेकेदार कम्पनीले चार मिटर चौडाईको सडकमा २ ईन्च अर्थात् ५ सेन्टिमिटर गहिराईमा कालोपत्रे गर्नुपर्छ । कालोपत्रेको काम ठेकेदारले सम्झौता अनुसार नै गरेको उनको जिकिर छ । ठेकेदारले सबै काम सम्पन्न गरेर हस्तान्तरण नगर्दासम्म बीचमा आउने समस्या समाधान गर्ने आलेले बताए । तर, यहाँका स्थानीयले ठेकेदारले सम्झौता अनुसार कामै नगरेको जिकिर गरेका छन् ।

कर्मचारी, जनप्रतिनिधी र ठेकेदारको मिलेमतो बिना सडकको कालोपत्रे यति चाडो भत्किन नसक्ने उनीहरुको तर्क छ । सडक निर्माणमा भ्रष्टाचार भएको स्थानीयको आरोप छ । गनापुरका स्थानीय जगदिशप्रसाद हरिजनले कालोपत्रे गर्ने क्रममै चरम लापरबाही भएको र अहिले पुष्टी भएको बताए । ‘पहिले गरेको लापरबाहीको प्रमाण अहिले देखिएकै छ, धेरै ठाउँमा रोड भास्सिएको र फुटेको अवस्था छ,’ उनले भने ‘यो धेरै गाडी चल्ने ब्यस्त सडक हो, यसको कालोपत्रे बलियो नबनाउँदा टिक्दैन भन्ने थाहा पाउँदा पाउँदै पनि कमिसनको चक्करमा कमसल काम गरियो, मिलेमतो बिना यस्तो काम हुनै सक्दैन ।’

 

 


प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  २१:१८
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्