Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • किशोर श्रेष्ठलाई छाड्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई छाड्न सर्वोच्चको आदेश
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, भदौ १, २०८३

काठमाडौँ : जनआस्था अनलाइनका सम्पादक किशोर श्रेष्ठलाई तत्काल हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। उनको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणहरू फिर्ता दिन आदेश जारी गरेको छ ।समाचार प्रकाशित गरेकै आधारमा सम्पादकलाई थुनामा राख्न नमिल्ने ठहर गर्दै अदालतले उनलाई रिहा गर्न आदेश जारी गरेको हो। 

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले आइतबार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका नाममा यस्तो परमादेश दिएको हो। जनआस्था अनलाइनमा प्रकाशित एक समाचार र तस्बिरका विषयमा वैयक्तिक गोपनीयताको हक हनन गरेको आरोपमा प्रहरीले श्रेष्ठलाई गत २०८३ साउन २७ गते पक्राउ गरी हिरासतमा राखेको थियो। तर जाहेरवालाले आफ्नै फेसबुकमा सार्वजनिक गरेको तस्बिर समाचारमा प्रयोग गरिएको देखिएको अदालतले औंल्याएको छ। 

सर्वोच्चको आदेशमा भनिएको छ, ‘जाहेरी दरखास्तमा उल्लेखित तस्बिर जाहेरवाला आफैँले सामाजिक सञ्जाल फेसबुकमा प्रविष्ट गरेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको अवस्था छ।’ प्रेस स्वतन्त्रता र गोपनीयताको हकबीचको सन्तुलनलाई जोड दिँदै अदालतले समाचार छापेकै भरमा सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्न मिल्ने कानुनी आधार नदेखिएको बताएको छ।

श्रेष्ठलाई थुनामै राखी अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानी वा तारिखमा राखी अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ। यसका साथै प्रहरीले जनआस्थाको कार्यालयबाट बरामद गरेका ६ थान सीपीयू, मोबाइल, ल्यापटप र आइप्याड लगायतका सम्पूर्ण सामग्रीहरू सर्वोच्च अदालतका सह-रजिस्ट्रारको रोहबरमा निवेदकलाई फिर्ता गर्न र सोको निस्सा मिसिलमा सामेल राख्न भनिएको छ।


प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाँके राष्ट्रिय निकुञ्जको 'टाइम कार्ड' मा ७ मिनेट घटाइयो
बाँके राष्ट्रिय निकुञ्जको 'टाइम कार्ड' मा ७ मिनेट घटाइयो मंगलबार, भदौ २, २०८३
जेन-जी आन्दोलनको दाग अझै नमेटिएको एउटा न्यायालय
जेन-जी आन्दोलनको दाग अझै नमेटिएको एउटा न्यायालय मंगलबार, भदौ २, २०८३
गुरही प्रकृति, परिवार र समुदायको पर्व
गुरही प्रकृति, परिवार र समुदायको पर्व सोमबार, भदौ १, २०८३
भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथी दर्जा दिईदैँ
भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथी दर्जा दिईदैँ सोमबार, भदौ १, २०८३
आज नागपञ्चमी, नागको पुजा आराधना गरी मनाइँदै
आज नागपञ्चमी, नागको पुजा आराधना गरी मनाइँदै सोमबार, भदौ १, २०८३
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन आइतबार, साउन ३१, २०८३
अविरल वर्षाले पोल भाँचिदा बिद्युत सेवा अवरुद्ध 
अविरल वर्षाले पोल भाँचिदा बिद्युत सेवा अवरुद्ध  आइतबार, साउन ३१, २०८३
राप्ती राजमार्ग पहिरोले अवरुद्ध
राप्ती राजमार्ग पहिरोले अवरुद्ध आइतबार, साउन ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
प्रेस युनियन बाँकेको १३ औँ अधिवेशन भदौं ६ मा गर्ने तयारी
प्रेस युनियन बाँकेको १३ औँ अधिवेशन भदौं ६ मा गर्ने तयारी
बैजनाथको शिक्षामा सुधारिदै गुणस्तर
बैजनाथको शिक्षामा सुधारिदै गुणस्तर
थापालाई नेपालगन्ज उद्योग वाणिज्य संघमा उम्मेदवार बनाउने निर्णय
थापालाई नेपालगन्ज उद्योग वाणिज्य संघमा उम्मेदवार बनाउने निर्णय
चप्परगौरी–चुनाहा घाटमा झोलुंगे पुलको ठेक्का 
चप्परगौरी–चुनाहा घाटमा झोलुंगे पुलको ठेक्का 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा समस्याको निरुपन’
‘जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा समस्याको निरुपन’ दूरसञ्‍चार
‘कसैले पनि दवाव दिएको अनुभुति छैन’
‘कसैले पनि दवाव दिएको अनुभुति छैन’ दूरसञ्‍चार
‘किसानसँग पालिका प्रमुख कार्यक्रममा गरेको लगानीको प्रतिफल आईरहेको छ’
‘किसानसँग पालिका प्रमुख कार्यक्रममा गरेको लगानीको प्रतिफल आईरहेको छ’ दूरसञ्‍चार
Home Add Home Add
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०
कर्पोरेट कार्यालय : हनुमानथान, काठमाडौं

सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्