नेपालगन्ज : नेपाल प्रेस युनियन बाँकेका नव निर्वाचित कार्यसमिति पदाधिकारी, संघिय परिषद सदस्य र प्रदेश परिषद सदस्यलाई प्रमाणपत्र वितरण गरिएको छ । युनियनको १३ औँ जिल्ला अधिवेशन तथा साधारण सभाबाट अध्यक्षमा निर्वाचित कमल खत्रीसहित कार्यसमिति पदाधिकारी तथा संघिय परिषद सदस्य र प्रदेश परिषद सदस्यलाई नेपालगन्जमा सोमबार एक कार्यक्रम गरेर प्रमाणपत्र वितरण गरिएको हो ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष(खुल्ला) खड्क खत्री, उपाध्यक्ष(महिला), निशा शाह र उपाध्यक्ष (समावेशी) अरसद शेष राई, सचिव भीष्म प्रसाद लोध, सह–सचिव (खुल्ला) अभिषेक गुप्ता, सह–सचिव (महिला) सावित्री विश्वकर्मा तथा कोषाध्यक्ष पदमा सिद्धार्थ पाण्डेलाई प्रमाणपत्र वितरण गरियो ।
यसैगरी कार्यसमिति सदस्यहरु विनोद कुमार बर्मा, सौरभ राना, निर्मला गोसाई, लिला चौधरी, सुबिता थारु, बसन्ती शाही, अमित गुप्ता, कुलेन्द्र बिक, प्रेम सिंह एस.के.लाई प्रमाणपत्र वितरण गरियो । उक्त कार्यक्रममा निर्वतमान अध्यक्ष प्रियास्मृति ढकालले नवनिर्वाचित अध्यक्ष कमल खत्रीलाई माईन्यूट सहित पद हस्तान्तरण गरेका थिए ।
सो क्रममा बाँकेबाट संघिय परिषद सदस्यमा निर्वाचित भएका तुला अधिकारी, शुक्रऋषि चौलागाई, जयसिंह केसी, जयनारायण शाह, अर्जुन ओली, सौरभ गिरी, गौरब गिरी, रुपन ज्ञवाली, बिमल चन्द, करुणा शाह, सावित्री गिरी र उमा थापा तथा लुम्बिनी प्रदेश परिषद सदस्यहरु निरज गौतम प्रियास्मृति ढकाल, राकेशकुमार मिश्र, मधु पौडेल, सुनिल रेग्मी, निर्मल आचार्य, विजय मल्ल, रबि कनोजिया, टेकेन्द्र बस्याल, गजे थापा, संगिता पाठक र ममता थापालाई पनि प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन समितिका संयोजक एवम् अधिवक्ता केशव कोइराला, युनियनका केन्द्रिय प्रतिनिधि मुक्तिबाबु रेग्मी लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
