काठमाडौं : लुम्बिनीमा सोमबारदेखि १७औं विश्व शान्ति मञ्च कार्यक्रम सुरु भएको छ । काठमाडौंको धुम्बाराहीस्थित लुम्बिनी विश्व शान्ति मञ्च र लक्जम्बर्गमा रहेको सेन्जेन पिस फाउन्डेसनको संयुक्त आयोजनामा सुरु कार्यक्रम बुधबारसम्म चल्नेछ ।
यस पटकको कार्यक्रम ‘२१औं शताब्दीमा शान्तिको पुनर्कल्पना’ विषयवस्तुमा केन्द्रित रहेको संस्थापक तथा आयोजक लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष वासुदेव गौतमले बताए । कार्यक्रममा जलवायु न्याय, दिगो विकास, पर्यटन लगायतका विषयमा छलफल हुने उनी बताउँछन् ।
कार्यक्रममा इन्टरनेसनल सेन्जेन पिस फाउन्डेसन, लक्जम्बर्गका अध्यक्ष विक्की हानसेन, इन्टिच्युट फर इकोनोमिक्स एन्ड पिस, अस्ट्रेलियाका संस्थापक एक्ज्युकेटिभ चेयरमेन स्टिफ केल्लीलेए एम, तिब्बतीयन बुद्धिजमका धर्मगुरु गेसे सोनाम, भुटानका रिग्जिन रिगल, भारत र नेपालका लागि मंगोलियाका राजदूत डा. उल्जित लुभसानजाभ, जेनेभाबाट आन्द फिलिप लगायतको उपस्थित रहेको छ ।
उद्घाटन सत्रमा सोमबार बिहान लुम्बिनी प्रदेश सरकारका प्रदेश आयोजना सचिव खिमबहादुर कुँवर, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजन, लुम्बिनी कपिलवस्तु ग्लोब क्याम्पेन बेल्जियमका अध्यक्ष डा. राजेन्द्र बारीको पनि उपस्थित रहेको आयोजक गौतमले बताए ।