नेपालगन्ज : नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत प्रतिनिधि सभा बाँके क्षेत्र नम्बर २ को सभापतिमा नरेन्द्र कुमार चौधरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी बीरेन्द्रबहादुर शाहलाई पराजित गरेर उनी निर्वाचित भएका हुन् । क्षेत्रीय कार्यसमिति पदाधिकारी चयनका लागि सोमबार मतदान गराइएको थियो । निर्वाचन परिणाम अनुसार क्षेत्रीय सचिवमा रमेश प्रसाद तिमिल्सेना निर्वाचित भए ।
यसैगरी केन्द्रिय महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ सुन्धान्सु कोईराला, सुरेन्द्र बहादुर हमाल, गोपाल प्रसाद अधिकारी, रमेश कुमार गुप्ता, अजित कुमार शर्मा, राकेश बहादुर श्रीवास्तव, राज कुमार बर्मा, कृष्ण कुमारी सापकोटा, सुनिल राणा र प्रशान्त विष्ट, महिलातर्फ उमा थापा मगर रेनु सिंह ठाकुर, कल्पना रेग्मी र नारायणी रूपाखेती, मैकुलाल बाल्मिकी, ईश्वरी प्रसाद ज्ञवाली, ज्ञानेन्द्र कुमार चौधरी, फन बहादुर गुरूङ, जमालुदिन वागवान, निजामुदिन अन्सारी छोट्कौ, राज कुमार साहु, डम्बर बहादुर गोल्डस्मित, साहिदा वानो, ममता देवी कुर्मी, रत्ना राणा, सिता देवी काफ्ले, विष्णु प्रसाद भुषाल, लिलावती यादव, अमृत कुमार आचार्य, मेराज अहमद हल्वाई, दिपेन्द्र रेग्मी, अनुज बर्मा र सुनिल सिंह हमाल निर्वाचित भएको बताइएको छ ।