बाँके(बैजनाथ) : नेपाली कांग्रेस बैजनाथ गाउँपालिका वडा नम्बर ४ ले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। बाँके क्षेत्र नम्बर ३ को बनियाभारस्थित पानी ट्यांकीमा आयोजित उक्त कार्यक्रममा वडाबाट पार्टीको विभिन्न पदमा निर्वाचितहरुलाई बधाई तथा विजया दशमी, छ्ठ तथा दिपावलीको शुभकामना कार्यक्रम गरिएको वडा सभापति शंकर चन्दले दुरसंचारलाई जानकारी दिए ।
१५ औँ महाधिवेशनपछि पहिलो पटक राखिएको शुभकामना तथा बधाई कार्यक्रममा बोल्ने वक्ताहरुले बदलिँदो परिस्थिति अनुसार पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई नेतृत्वमा रहेकाहरुले संग-संगै संगठन निर्माणमा लैजानुपर्ने सुझाव दिए ।
नेपाली कांग्रेस कुनै लहड र हावा हुरिबाट निर्माण भएको पार्टी नभएर राष्ट्र, लोकतन्त्र र जनताको पहरेदार हुने पवित्र उद्देश्यले स्थापित जनताको पार्टी भएको बताएका थिए ।
विचारबाट प्रेरित भएको कांग्रेसलाई चुनाव जित्नु वा हार्नु मुख्य कुरा नभएको उल्लेख गर्दै लोकतान्त्रिक शासन ब्यवस्थाका मुलभुत स्तम्भहरुलाई बलियो बनाउनु कांग्रेसको मुख्य उद्देश्य रहेको सहभागी बक्ताहरुले बताए । उक्त कार्यक्रममा सहभागी वक्ताहरुले युग अनुसार रुपन्तरित कांग्रेस बनाउन नेतृत्वहरुले भाषणमा मात्र नभई कार्यब्यवहारमै लागु गर्नुपर्ने कुरामा जोड दिए ।
नेपाली कांग्रेस बैजनाथ-४ का वडा सभापति शंकर चन्दको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेपाली कांग्रेस बाँकेका युवा नेता तथा महाधिवेशन प्रतिनिधि मेघराज ओली, क्षेत्रीय सभापति केशव कुमार शाह, महाधिवेशन प्रतिनिधिद्वय कपिलदेव शर्मा र देवबहादुर खत्री, नेपाली कांग्रेस बैजनाथ सभापति देवबहादुर केसी, बैजनाथ-४ का वडा अध्यक्ष प्रेमबहादुर शाही, गाउँपालिकाका कार्यपालिका सदस्य तथा कांग्रेस नेतृ भुमीसरा राना, वडा सभापतिहरु नन्दबीर शाही, खड्ग बि.सी., कृष्ण सिजाल, गोपाल थारु र राधेश्याम थारुले मन्तव्य राखेका थिए, भने कार्यक्रम संचालन पार्टीका वडा सचिव शुवाष बस्नेतले गरेका थिए ।