बाँके(कुसुम) : रसुवाको भोटेकोसी बाढीमा बेपत्ता भएका राप्ती सोनारी-१ कुसुमस्थित खोकरीका श्यामबहादुर चौधरीको परिवारलाई मल्हम लगाउन देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ । पीडित परिवारलाई बैंकमार्फत र घरमै पुगेर नगद सहयोग गरिएको छ ।
परिवारका अनुसार अहिलेसम्म कुल १ लाख २१ हजार ६ सय ६६ रुपैयाँ सहयोग उठेको हो । ‘हामी अहिले पीडामा भएको बेलामा देश तथा विदेशबाट धेरैले सहयोग गर्नु भएको छ, यसका लागि सबैलाई हृदयदेखी नै धन्यवाद दिन चाहन्छु,’ बेपत्ता श्यामबहादुरकी श्रीमती कमला चौधरीले भनिन् । पीडित परिवारलाई कतिपय दाताले घरमै पुगेर खाद्यान्न पनि सहयोग गरेका छन् ।
पीडित परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । घरको मुख्य ब्यक्ती नै बेपत्ता भएपछि कमलालाई छोरा छोरीको पढाई र घरको खर्च धान्न मुस्किल हुने देखिएको छ । कमलाले दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकी थिइन्, भने श्यामबहादुर रोजगारीका लागि रसुवा गएका थिए ।
गत भदौं १० गते आएको विनाशकारी बाढीले चौधरी परिवारको सपना नै उजाड पारिदिएको छ । 'यो पीडाका बेलामा हामीलाई आर्थिक तथा खाद्यान्न सहयोग गर्ने दाताहरु र विदेशमा रहेका नेपाली दाजुभाई दिदी बहिनीहरु, जसले आफ्नो खर्च कटौती गरेर भएपनि पैसा पठाउनु भएको छ, उहाँहरुको यो सहयोगलाई हाम्रो परिवारले कहिल्यै भुल्नेछैन,' कमलाले भनिन् ।
नगद सहयोग गर्नेहरुको नामावली -:
१. खेमकान्त बिक, राप्ती सोनारी–१ खोकरी (हाल साउदी अरब)–५,०००।–
२.हेमन्त बस्नेत राप्ती सोनारी–१ लौकी (हाल अमेरिका)– रु. १०,०००।–
३.धर्मराज बिक, राप्ती सोनारी–१ चप्परगौरी (हाल जापान)– रु.५,५५५।–
४.राजु बिक, राप्ती सोनारी १ खोकरी (हाल साउदी अरब)– रु.५०,५५।–
५. कुमार खड्का, राप्ती सोनारी–१ बक्सवा (हाल क्यानडा)– रु.५,५५५।–
६. बिष्णु चौधरी, दाङ देउखुरी– रु.१०००।–
७.कमल बिक, राप्ती सोनारी–१ खोकरी (हाल युएई)– रु.२५००।–
८. बिनोद कुशुम्या, राप्ती सोनारी–३ बैसा– रु.१,१११।–
९.खेम कवँर, राजपुर–७ हाड्बास दाङ (हाल मलेसिया)– रु.४५००
१०. खडक राना, राप्ती सोनारी–१ बैरिया (हाल अमेरिका)– रु.२०,१०५।–
११.अमृत बिक, राप्ती सोनारी–१ चप्परगौरी– रु.१,०००।–
१२. यमबहादुर चौधरी, राप्ती सोनारी–१ बक्सवा (हाल मलेसिया)– रु.५,१५५।–
१३. दिपलभ केसी, राप्ती सोनारी–१ बैरिया (हाल यु.के)– रु.५,११७।–
१४.सुनिल चौधरी, लमही नगरपालिका–९ अमिलिया (हाल जापान)– रु. २०५५।–
१५. स्वीकृती खड्का, दाङ (हाल जापान)–रु. ५,०००।–
१६. नाम खुलाउन नचाहेको रकम– रु. ११,२०८।–
१७. यसुदा बस्नेत, राप्ती सोनारी–१ बैरिया– रु. १०००।–
१८. पुष्पा सुनार, राप्ती सोनारी–१ दुबेरी– रु.३,५६५।–
१९. सोम प्रकाश चौधरी, राप्ती सोनारी–१ बक्सवा– रु.३५,००।–
२०. बच्चु चौधरी, राप्ती सोनारी–१ खोकरी– रु.५,५०।–
२१. नाम खुलाउन नचाहेको रकम, रु.१००५।–
२२. नेकपा एमाले राप्ती सोनारी–३ वडा कमिटी– रु.१०,४७५।–
२३. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्ती सोनारी–१ वडा समिति– रु.११,१००।–
हालसम्म प्राप्त भएको नगद सहयोग– रु. १२१,६६६।–
सम्बन्धित समाचार पढ्नुस् :
रसुवा बाढीमा बेपत्ता श्यामबहादुरको परिवारलाई रास्वपाको सहयोग
भोटेकोसी बाढी : श्यामबहादुरको परिवारलाई एमाले राप्ती सोनारी-३ को सहयोग
मनकारी वडाअध्यक्ष ओली, रसुवा बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग
बाढीमा बेपत्ता चौधरीको परिवारलाई सहयोग
रसुवा बाढीको पीडा : परिवारले न श्वास पाए, न त लास