Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘लोकतन्त्रमा विश्वास गर्ने मुस्लिमले गठबन्धनका उम्मेदवारलाई मतदान गर्छन्’
‘लोकतन्त्रमा विश्वास गर्ने मुस्लिमले गठबन्धनका उम्मेदवारलाई मतदान गर्छन्’
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, वैशाख २६, २०७९

यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छ । उम्मेदवारहरु मतदाता रिझाउन अन्तिम कसरतमा छन् । नेपालगन्ज उपमहानगरपालिकामा हरेक निर्वाचनमा नसोचेकै नतिजा आउने गरेको छ । त्यसकारण पनि सबैले नेपालगन्जको निर्वाचनलाई चासोका साथ हेरेका छन् । यसपटकको निर्वाचनमा नेपालगन्जबासीले युवा अनुहारलाई रोज्ने संकेत देखिएको छ । नेपाली कांग्रेससहित गठबन्धनका तर्फबाट नगर प्रमुख पदमा प्रशान्त विष्ट र उपप्रमुख पदमा कमरुद्धिन राई उम्मेदवार हुनुहुन्छ । यसै विषयमा संविधान सभाका सदस्य एवम् नेपाली कांग्रेसका नेता अब्दुल हमिद सिद्धिकी ‘भोला’ सँग गरिएको कुराकानी :- 

नेपालगन्ज उपमहामनगरपालिकामा निर्वाचनको माहोल कस्तो छ ?
नेपालगन्जमा निर्वाचनको माहोल असाध्यै राम्रो देखिएको छ । मतदाताहरु उत्साहित देखिएका छन् । गठबन्धनका उम्मेदवारले जित्ने पक्का भइसकेको छ । जनताहरु अन्य राजनीतिक दलबाट निरास छन् । जनताले विश्वास गरेर दिएको मतबाट एमालेको बहुमतको सरकार बन्यो । तर, संविधानको मर्म विपरित काम गरेपछि जनताले गठबन्धनलाई चाहेका छन् । सबै मतदाता हाम्रो पक्षमा भएकाले जित सुनिश्चित छ । 

यहाँ गठबन्धनले नै जित्ने आधार के छ ?
गठबन्धनले जित्ने आधार भनेको नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो । यस क्षेत्रको ठुलो पार्टी हो । त्यसमाथि जसपा, जनमोर्चा लगायतका ५ दलसँगको गठबन्धन पनि जित्ने आधार हो । गठबन्धनका कारण नेपालगन्जका मतदातामा उत्साह छ । युवाहरुको माग पनि थियो कि अबको नेतृत्व युवाको हुनुपर्छ, भनेर ।

नेपाली कांग्रेसले पनि प्रशान्त विष्ट जस्तो युवा खोजेर दियो । विगतमा बहुमतको सरकार हुँदा एमालेले संविधानमाथि आक्रमण भयो । संसद नै भंग गरियो । २००७ सालदेखि जनताले चाहेको संविधानमाथि यसरी आक्रमण गर्नु कदापी सह्य छैन । त्यसैले पनि यसपटक गठबन्धनले जित्नैपर्छ र जित्छ पनि  ।

तपाई मुस्लिम समुदायको अगुवा पनि हुनुहुन्छ, यसपटक नेपालगन्जका मुस्लिम समुदायले कसलाई मतदान गर्छन् ?
बाँकेका तीन वटै क्षेत्रमा मुस्लिम समुदायको बसोबास रहेको छ । मुस्लिम समुदायले सधै लोकतन्त्रमा विश्वास गर्छन् । प्रजातन्त्रमा विश्वास गर्छन् । त्यसमाथि धर्म विरोधीलाई मुस्लिम समुदायले सहयोग गर्ने कुरै हुदैन । त्यसैले गठबन्धनका उम्मेदवार प्रशान्त विष्टलाई रुख चिन्ह र कमरुद्धिन राईलाई छाता चिन्हमा मतदान गर्छन् ।

कम्युनिष्टको सरकारले विगतमा संवैधानिक अधिकार समेत रहेको मुस्लिम समुदायको, इद, बकर ईद लगायतका धार्मिक चाडपर्वको बिदा कटौती गरेपछि थप निराश भएका छन् । त्यसैले पनि यो निर्वाचनमा एकताबद्ध भएर मुस्लिम समुदायले गठबन्धनको जित चाहेका छन् । 

उम्मेदवारबाट नेपालगन्जका मुस्लिम समुदाय के चाहन्छन् ?
नेपालगन्ज धार्मिक तथा सामाजिक सद्भावको शहर हो । यहाँ सधै यस्तै शान्ति, सदभाव भइरहोस् भन्ने चाहान्छन् । हामी जुनसुकै जात, धर्म, वर्गको भएपनि यसरी नै मिलिरहुँ । गठबन्धनका उम्मेदवारले पनि नेपालगन्जलाई सदभावको शहर कायम राख्ने योजना ल्याएका छन् । त्यो हाम्रो पनि चाहाना हो ।


निर्वाचित हुने ब्यक्तिले नेपालगन्जका लागि के गर्न आवश्यक छ ?
निर्वाचित हुने व्यक्तिले नेपालगन्जको विकास गर्न आवश्यक छ । यहाँ खानेपानीको पनि समस्या छ । विद्युतको समस्या देखिरहेको छ । बेरोजगारी, स्वास्थ्य, शिक्षा लगायत पनि आवश्यक छ । नेपालगन्जलाई देशमै एउटा नमुना शहर बनाउनुपर्छ भन्ने चाहाना हो । नेपालगन्जलाई महानगरपालिका बनाउनुपर्छ भन्ने पनि यहाँको जनताको माग छ । गठबन्धन निर्वाचित भएपछि यो काम पनि गर्नेछ । 

नेपालगन्जका आम मतदातालाई के भन्नुहुन्छ ?
अन्त्यमा, अबको निर्वाचनमा गठबन्धन बाहेक अरु कुनै कसैको विकल्प छैन । सबैलाई जनताले हेरिहेका छन् । नेपालगन्जमा उठेका अन्य उम्मेदवारले नैतिकता देखाएका छैनन् । नन्दलाल बैश्य अवसरकै लागि राप्रपामा प्रवेश गरे । पशुपति पनि पार्टी फेरिरहने भएकाले जनताले विश्वास गर्न सकेका छैनन् । जनताहरुले ती अवसरवादीहरुलाई चिनिसकेका छन् । नेपालगन्जलाई अहिलेको आवश्यक्ता भनेको गठबन्धन नै हो ।

त्यसैले पनि गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि म हार्दिक अपिल गर्न चाहान्छु । एमाले र राप्रपालाई पत्ता साप गर्ने हाम्रो योजनामा साथ दिन सबैलाई अनरोध गर्दछु । बाँके जिल्ला संविधानका पिता सुशील कोइरालाको जिल्ला हो । त्यसकारण पनि यहाँ कांग्रेसलाई जिताउन आवश्यक छ । गठबन्धन भएकाले जसपाका उम्मेदवारलाई पनि जिताउन अनुरोध गर्दछु ।
 


प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' शनिबार, साउन १०, २०८२
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ बिहीबार, साउन ८, २०८२
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ बुधबार, साउन ७, २०८२
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ सोमबार, साउन ५, २०८२
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’ शनिबार, साउन ३, २०८२
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ शनिबार, साउन १९, २०८१
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ शुक्रबार, साउन १८, २०८१
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ शनिबार, साउन १२, २०८१
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ बिहीबार, साउन १८, २०८०
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्