Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • सिक्टालाई बर्सेनि बजेट, लम्बिँदै आयोजनाका काम
सिक्टालाई बर्सेनि बजेट, लम्बिँदै आयोजनाका काम
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, जेठ १७, २०७९

नेपालगन्ज : बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाका लागि सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमार्फत १ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आयोजनाको पश्चिम मूल नहर मर्मत र सञ्चालनलाई निरन्तरता दिनुका साथै पूर्वी मूल नहरको २६ किलोमिटर र त्यसका शाखा नहरहरू निर्माण सम्पन्न गर्न उक्त बजेट विनियोजन गरिएको उल्लेख गरेका थिए ।

सरकारले सिक्टा सिँचाइ आयोजनाका लागि यसरी नै हरेक वर्ष बजेट विनियोजन गर्न थालेको दुई दशक पुग्न लागिसकेको छ । सरकारले आयोजनाका लागि आवश्यक मात्रामा विनियोजन गरे पनि निर्माण कार्यले भने गति लिन सकेको छैन । सरकारले विनियोजन गरेको बजेटअनुसार आयोजनाले किसानलाई अहिलेसम्म सन्तुष्ट बनाउन सकेको छैन ।

बाँकेको कुल ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ निर्माण सुरु भएको आयोजनाका काममा अनेक अल्झन देखिने गरेका छन् । 

२०३२ सालबाट आयोजनाका काम सञ्चालन गर्ने प्रयास भए पनि भारतीय अवरोधका कारण आर्थिक वर्ष २०६३/०६४ बाट मात्र भौतिक पूर्वाधार निर्माणका काम सुरु भएको थियो ।

तत्कालीन समयमा बाँकेको राप्तीसोनारी गाउँपालिका २ अगैयास्थित राप्ती नदीमा हेडवर्कस् निर्माण गरी आयोजनाका काम अगाडि बढाइएको थियो । पहिलो गुरुयोजनाअनुसार आयोजनाका काम सम्पन्न हुँदासम्म १२ अर्ब ८० करोड रुपैयाँ मात्र खर्च हुने अनुमान गरिएको थियो ।

उक्त गुरुयोजना अनुसार ४२.२५० किमि पश्चिम मूल नहरमार्फत ३३ हजार ७ सय ६६ हेक्टर क्षेत्रफललाई मात्र सिँचित गर्ने लक्ष्य राखिएको थियो । संशोधित गुरुयोजनामा साढे ५३ किमि पूर्वी मूल नहर निर्माणका काम पनि समेटियो ।

उक्त नहरबाट राप्तीपारिको ९ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखियो । साथै आयोजनाका शाखा र प्रशाखा नहर निर्माणका काम पनि थप गरियो ।

संशोधित गुरुयोजनामार्फत लागत खर्च र कामको दायरा बढाएर सरकारले आव २०७६/०७७ भित्रमा सिक्टाका सम्पूर्ण काम सम्पन्न गर्ने अठोट लियो । संशोधित गुरुयोजना अनुसार आयोजनाका सबै काम सम्पन्न हुँदा कुल लागत खर्च २५ अर्ब रुपैयाँ नाघ्ने तत्कालीन सरकारको अनुमान थियो, तर उक्त अवधिभित्र आयोजनाले ६५.७७ प्रतिशत मात्र प्रगति गर्यो । उक्त समयभित्र १५ अर्ब ९४ करोड रुपैयाँ खर्च भयो । 

आयोजनाका काम तोकिएको समयभित्र सम्पन्न हुन नसकेपछि दोस्रो गुरुयोजना तयार गरी कार्यान्वयनमा लगिएको छ । दोस्रो संशोधित गुरुयोजनाअनुसार आव २०८५/८६ भित्र आयोजना सम्पन्न गर्न ३९ अर्ब लागत अनुमान गरिएको छ । आयोजना कार्यालयका अनुसार हरेक आर्थिक वर्ष सरकारले डेढ अर्ब बराबरको बजेट विनियोजन गर्दै आएको छ । 

सरकारले बजेट विनियोजनमा उच्च प्राथमिकता दिए पनि उक्त आयोजनाबाट बाँकेका किसानले अहिलेसम्म सिँचाइ सुविधा पाउन सकेका छैनन् । आयोजनाले थोरै मात्रामा पानी छाड्दा केही किसानले मात्र आंशिक राहत पाउने गरेका छन । ५० क्युमेक्स क्षमताको पश्चिम मूल नहरबाट आयोजनाले २ देखि ४ क्युमेक्ससम्म पानी छाड्ने गरेको छ ।

यस्तै पूर्वी मूल नहरसँगै जोडिएको राजकुलो सिँचाइ प्रणालीबाट राप्तीसोनारी गाउँपालिका ३ मा पानी छाडिन्छ । आयोजनाले शाखा र प्रशाखा नहरका काम समयमै पूरा गर्न नसक्दा बाँकेका लाखौं किसान वर्षौैदेखि सिँचाइ सुविधाबाट वञ्चित भइरहेका छन, तर आयोजना कर्मचारीको तर्क भने फरक छ । 

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर एवम् सूचना अधिकारी विशाल यादव सिक्टाको निर्माण कार्य चलिरहे पनि कतिपय ठाउँमा किसानलाई सिँचाइ सुविधा दिइरहेको दाबी गर्छन् । उनका अनुसार अहिलेसम्म सिक्टाको मूल भौतिक प्रगति करिब ७० प्रतिशत र वित्तीय प्रगति ७३ प्रतिशत पुगेको छ ।

सिक्टाको पूर्वी नहर र पश्चिम मूल नहरका शाखा र प्रशाखा नहर निर्माणका काम चलिरहेको उनले बताए । सरकारले अहिलेसम्म सिक्टाका लागि २५ अर्ब २ करोड रुपैयाँ बराबरको रकम विनियोजन गरेमध्ये १८ अर्ब ३० करोड रुपैयाँ खर्च भइसकेको सिनियर डिभिजनल इन्जिनियर यादवले सुनाए । सिक्टाका सम्पूर्ण काम सम्पन्न हुन अझै १० वर्षजति समय लाग्ने र लागत खर्च कुल ३९ देखि ४० अर्बजति पुग्ने उनले बताए । 

आयोजनाका काम लम्बिँदा खेतीयोग्य जमिन बाँझै छाड्नु परिरहेको जिल्लाका अधिकांश किसानको दुखेसो छ । बाँके, टिटिहिरियाका किसान मंगल थारू सिक्टा सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा पाउने आशा मरिसकेको बताउँछन् । ‘सरकारले हरेक वर्ष अर्बभन्दा बढी बजेट छुट्याएको सुन्छौं, तर अहिलेसम्म हाम्रो खेतबारीमा पानी पुर्याउन सकेको छैन’, उनले भने ।

बाँकेको कुल ५८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ५२ हजार हेक्टर क्षेत्रफलमा किसानले खेती गर्दै आएका छन । सिक्टा सिँचाइ आयोजना कार्यान्वयनमा आएपश्चात पनि जिल्लामा करिब १० देखि १५ हजार हेक्टर क्षेत्रफलले सिक्टाको पानी नपाउने अवस्था देखिएको छ । विशेषगरी राप्तीसोनारी गाउँपालिका १ मा पर्ने साविक खासकुश्मा गाविस सिक्टाको सिँचाइ सुविधाबाट पूरै वञ्चित हुने देखिन्छ ।

यस्तै पश्चिम मूल नहर फैलिएको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, ८ र ९ तथा कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिकाका उत्तरी क्षेत्रका खेतीयोग्य जमिनमा सिक्टाको पानी पुर्याउन समस्या छ ।

आयोजनाका कर्मचारीले भने ठेक्का व्यवस्थापन, बजेट अभाव, जग्गा अधिग्रहण, नहर अतिक्रमण र जनशक्ति अभावलाई कार्यान्वयनको प्रमुख समस्या ठान्ने गरेका छन ।

आयोजनाको पश्चिम मूल नहरअन्तर्गत पहिलोपटक ढकेरीस्थित झिझरी खोला र दोस्रोपटक चंगाई नालानजिक मूल नहर भत्किएको थियो । राज्यको अर्बौ रुपैयाँ लगानी लागिसकेको सिँचाइ नहर पटकपटक भत्किएपछि सर्वत्र चासो बढेको थियो । संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिँचाइ मन्त्रालय, विभाग, विदेशी विज्ञ टोलीलगायतले अध्ययन तथा अनुसन्धान गरेका थिए । 

लामो अनुसन्धानपश्चात् अख्तियारले सिक्टामा साढे आठ अर्ब बराबर भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन आयोजनाका कर्मचारी, ठेकेदार, परामर्शदाता कम्पनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोजनाको मूल नहर निर्माणमा गम्भीर खेलाँची र अनियमितता भएको अख्तियारको ठहर छ । 

राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखे पनि निर्माणका क्रममा आयोजनाका कर्मचारी, ठेकेदार र परामर्शदाता कम्पनीको मिलेमतोमा व्यापक भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ । उक्त मुद्दा विशेष अदालतमा चलिरहेको छ । -नागरिक दैनिकबाट 


प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्