काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८३ अंक घटेको छ । सो कमीपछि नेप्से २५०३ अंकमा झरेको छ । दिउँसो १:०८ बजे नेप्से परिसूचक २४९३ अंकसम्म झर्यो, जुन कारोबार अवधिको न्यूनतम अंक रह्यो ।
कारोबार रकम भने बढेको छ । अघिल्लो दिन बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोडको कारोबार भयो ।९ कम्पनीको मूल्य बढ्दा २४२ को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.८४ प्रतिशत घट्यो ।
त्यस्तै अन्य समूह ४.७९ प्रतिशत घट्यो । बैंकिङ २.३०, विकास बैंक २.९३, फाइनान्स ३.६७, हाइड्रोपावर ३.७९, लगानी ३.१३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.९४, माइक्रोफाइनान्स २.८८, निर्जीवन बीमा २.३२ र व्यापार २.८५ प्रतिशत घटे । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.०१ प्रतिशत बढ्यो ।
त्यस्तै पन्चकन्या माइ हाइड्रोपावरको ४.९०, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १.८९ प्रतिशत बढ्यो । बुटवल पावरको मूल्य सबैभन्दा धेरै ९.२७ प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको ९.१५, राधि विद्युतको ८.५०, सीईडीबी होल्डिङ्सको ८.४५ तथा विन्ध्यबासिनी हाइड्रोपावरको ८.२७ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङस् अगाडि रहे ।