Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • नेपालगन्ज उपमहानगरमा बढ्यो फुटपात अतिक्रमण 
नेपालगन्ज उपमहानगरमा बढ्यो फुटपात अतिक्रमण 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, भदौ १३, २०७९

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा फुटपात अतिक्रमण गर्ने क्रम बढेको छ । फुटपात अतिक्रमण बढ्दै जादाँ उपमहानगर क्षेत्रमा ट्राफिक ब्यवस्थापन गर्न समेत समस्या भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सबैभन्दा ब्यस्त रहने सदरलाईन, घरबारीटोल, न्युरोड, त्रिवेणी मोड, त्रिभुवन चोक, धम्बोझी, कारकाँदो, फुलटेक्रा, भेरी अस्पताल रोड लगायत स्थानमा फुटपात अतिक्रमण बढेको हो । 

ब्यापारीले फुटपातमा अतिक्रमण गरेर बिक्रीका लागि सामान राख्ने गरेका छन् । ‘जताततै ब्यापारीले फुटपात अतिक्रमण गरेका छन्, हटाउन खोज्दा उल्टै प्रतिवाद गर्न खोज्छन्,’ उपमहानगरपालिकाका एक कर्मचारीले भने । फुटपात अतिक्रमण खाली गराउन उपमहानगरका जनप्रतिनिधी समेत अन्यौलमा परेका छन् । त्यसका लागि सर्बपक्षिय र सर्बपक्षिय सहमतीको पर्खाइमा जनप्रतिनिधी देखिन्छन् । 

अतिक्रमणमा परेका फुटपात खाली गराउने उपमहानगरपालिकाको पटक पटकको प्रयास असफल भइरहेको छ । उपमहानगरपालिकाले अहिले पुनः फुटपात खाली गराउन कस्सिएको छ । फुटपातसँगै ठेला, अटोरिक्सा ब्यवस्थापनको कामलाई पनि अगाडी लैजाने उपमहानगरपालिकाको योजना रहेको छ । उपमहानगरका विभिन्न स्थानमा फुटपात लगायत अतिक्रमणमा परेका क्षेत्र खाली गराउनुभन्दा पहिले सार्वजनिक सूचना दिन लागिएको मेयर (नगर प्रमुख) प्रशान्त विष्ट बताउँछन् ।

फुटपात लगायत अतिक्रमित क्षेत्र खाली गराउन मेयर विष्ट आइतबार अपरान्ह आफै सडकमा निस्केका थिए । फुटपात अतिक्रमण नियन्त्रण, ठेला र अटोरिक्सा ब्यवस्थापनका विषयमा उनले ब्यवसायीका प्रतिनिधी, प्रहरी, ट्राफिक प्रहरी, सञ्चारकर्मी लगायत सरोकारवालासँग छलफल तथा परामर्श समेत लिएका थिए ।

लगत्तै सडकमा निस्केका उनले ब्यापारीलाई दुई हात जोड्दै फुटपात खाली गराउन अनुरोध गरे । नगर प्रमुख विष्ट सहित वडा नम्बर ८ का वडाअध्यक्ष रजनीश वाजपेयी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जिवी ओली, जिल्ला ट्राफिक प्रहरी प्रमुख हिमालय शाह, वडा प्रहरी प्रमुख रिपेन्द्र कुमार सिंह लगायत निस्केका थिए । 

नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु भएको फुटपात अतिक्रमण नियन्त्रण अभियान त्रिभुवन चोक, सदरलाईन, त्रिवेणी मोड हुदै करिव दुई सय मिटर पुर्वसम्म पुगेर पुनः फर्केको थियो । सो क्रममा अधिकांस ब्यापारीले फुटपात खाली गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

मेयर विष्ट सहितको टोलीले आइतबार स्थलगत अनुगमन गरेर फुटपात खाली गराउन अनुरोध गरेको ठाउँ सोमबार फेरीपनि अस्तब्यस्त देखिएको छ । ब्यापारीले सडक पेटीमै बिक्रीका लागि सामान राखेका छन् । सडक पेटी र फुटपातमा सामान राख्ने ब्यापारीबीच नै प्रतिस्पर्धा भइरहेको छ । यसले गर्दा सवारी आवागमन मै समस्या उत्पन्न भएको छ । 

यो पनि पढ्नुस् :

अतिक्रमित संरचना हटाउन खोज्दा कोहलपुरमा तनाव

फुटपात अतिक्रमण खाली गर्न नगर प्रमुख विष्टले देखाए सक्रियता- (भिडियो सहित)

अतिक्रमित क्षेत्र खाली गराउँदै उपमहानगरपालिका

भिडियो हेर्नुस् :


प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्