Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • बिस्फोट भएको घरभित्र फेला परेका थप दुई वटा बम डिस्पोज गरियो 
बिस्फोट भएको घरभित्र फेला परेका थप दुई वटा बम डिस्पोज गरियो 
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, मंसिर १, २०७९

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित एक घरभित्र भएको बिष्फोट पश्चात फेला परेका थप दुई वटा प्रेसर कुकर बमलाई डिस्पोज गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय दिवाकर बिक्रम मल्लको घरभित्र बम बनाउने क्रममा बुधबार बेलुका ८:१० बजेतिर बिष्फोट भएको थियो । 

बिस्फोट लगत्तै सुरक्षाकर्मीको टोली कोठाभित्र पसेर हेर्दा थप दुई वटा प्रेसर कुकर बम भेटिएपछि नेपालगन्जको राँझास्थित बज्रदल गणमा कार्यरत नेपाली सेना आएर बुधबार राती साढे १० बजेतिर एउटा र ११ बजेतिर अर्को बमलाई सुरक्षित रुपले डिस्पोज गरेका हुन् । नेपाली सेनाले करिव २ सय मिटर टाढा खेतमा लगेर दुबै बम डिस्पोज गरेको थियो । 

Bom Bisfot Photo 21668623505.jpg

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीमगरले घटनास्थलमा फेला परेका थप दुई वटा बमलाई सेनाको टोलीले निस्कृय पारेको जानकारी दिए । ‘कोठाभित्र फेला परेका दुई वटै बमलाई सेनाको टोलीले निस्कृय पारिसकेको छ,’ उनले भने । 

बम बनाउने क्रममा बिस्फोट हुँदा उक्त घरमा डेरा गरी बस्ने नेत्र बिक्रम चन्द विप्लप समुहका २ जना कार्यकर्ता घाइते भएका थिए । विप्लव समुह निकट विद्यार्थी संगठनका बाँके जिल्ला अध्यक्ष समेत रहेका सल्यान बागचौर नगरपालिका वडा नम्बर २ निवासी डिल्लीबहादुर डि.सी (क्षेत्री) र सोही संगठनमा आवद्ध कैलाली घोडाघोडी-१ निवासी धर्मराज सुनार घाइते भएका हुन् ।

Bom Bisfot Photo 41668623637.jpg

उनीहरु दुबै जनालाई भेरी अस्पताल नेपालगन्जमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि राती नै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा लगिएको डिएसपी घर्तीले जानकारी दिए । घाईते मध्ये सुनारको अवस्था गम्भिर रहेको उनले बताए ।

बम बिस्फोट भए लगत्तै उक्त घरबाट निस्केर अन्य ३ जना मोटरसाईकल चलाएर फरार भएको कुरा प्रत्यक्षदर्शीले बताएपनि प्रहरीले यसको एकिन गर्न सकेको छैन । ‘घटनाको अनुसन्धान सुरु गरेका छौं, घटनाका घाइते भएका एक जना मात्र बोल्न सक्ने भएको हुँदा उनीसँग सामान्य सोधपुछ मात्रै गरेका छौं, विस्तृत अनुसन्धानबाट खुल्नेछ,’ घर्तीले भने । 

Bom Bisfot Photo 31668623597.jpg

घटनास्थल रहेको घरको कोठाभित्र प्रेसर कुकरका टुक्रा, विष्फोटक पद्धार्थ, परिचय पत्र, कागजात, रसिद, पर्चा, पम्प्लेट लगायत पनि फेला परेको प्रहरीले जनाएको छ । उक्त घरमा विप्लपका कार्यकर्ता करिव एक वर्षदेखी डेरा गरेर बस्दै आएपनि मल्ल परिवारले उनीहरु पढ्ने बिद्यार्थी भएको कुरा मात्र थाहा पाएको प्रतिक्रिया दिएका छन् । 

उक्त घटनापछि नेपालगन्जबासी त्रसित भएका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी बम बिस्फोट गराउने योजना विप्लप समुहको रहेको उक्त घटनाले पुष्टी गरेको सुरक्षाकर्मीको आशंका छ । 

यो पनि पढ्नुस् :

बम बनाउने क्रममा नेपालगन्जमा बिस्फोट, विप्लपका दुई कार्यकर्ता घाइते
 


प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ००:१३
प्रतिक्रिया दिनुहोस्
थप विशेष
जानकी गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाई 
जानकी गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाई  शुक्रबार, असार २०, २०८२
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह  बिहीबार, असार १९, २०८२
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश बिहीबार, असार १९, २०८२
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई  बुधबार, असार १८, २०८२
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव बुधबार, असार १८, २०८२
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस  आइतबार, असार १५, २०८२
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु आइतबार, असार १५, २०८२
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी शुक्रबार, असार १३, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Baijanath Gaubasi lai Jari Sandesh Baijanath Gaubasi lai Jari Sandesh
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्