Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • १२ बुँदे घोषणापत्र जारी गर्दै ७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन समापन 
१२ बुँदे घोषणापत्र जारी गर्दै ७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन समापन 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, माघ २२, २०७९

विमला चौधरी
बाँके (फत्तेपुर) : ७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा आईतबार सम्पन्न भएको छ । शुक्रबारदेखि सञ्चालन भएको सम्मेलनमा थारु भाषा, साहित्य, संस्कृती उनन्नयनका लागि थारु साहित्यिक संघ संस्था, भाषा प्रेमी, लेखक, प्रकाशक, सम्पादकहरु एकजुट भएर सहकार्य गर्ने लगायतका  १२ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । 

थारु लेखक संघ र थारु गोचाली समाज फत्तेपुरले आयोजना गरेको सम्मेलन समापन गर्दै थारु लेखक संघका अध्यक्ष डा. कृष्णराज सर्वाहारीले प्रत्येक बर्ष आयोजना गरिने राष्ट्रिय थारु साहित्य सम्मेलनले एक किसिमको जागरण ल्याउने काम गरिरहेको बताए ।

कैलालीको पटेलामा आयोजना गरिएको दोस्रो साहित्य सम्मेलनकै कारण त्यहाँका बरघरहरु एक जुट भएर थारु संग्राहलय बनाउन सफल भएको उदाहरण दिँदै उनले भने, ‘रुपन्देहीको सैनामैनामा उद्घाटन नभएको होमस्टेमा चौथो सम्मेलन ग¥यौं त्यहाँको प्रचार प्रशारमा बढी सहयोग पुग्यो, सुर्खेत र बाँकेमा गरिएको सम्मेलनमा थारुको जन जीवनमा कलम चलाउने गैर थारु साहित्यकारहरुलाई सहभागी गरायौं, यसले गैर थारु ठूला सहित्यकारको प्रभाव थारु साहित्यकारमा पर्दै गएको छ यो पनि उपलब्धी हो ।’ 

दाङ, देउखुरी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा थारु सहित्यकारको अवस्था हेरेर लुम्विीनी प्रदेशमा प्रज्ञा प्रतिस्थान बन्नु पर्ने आवश्यकता औंल्याउँदै उनले भने –‘केन्द्रको प्रज्ञा प्रतिस्थानमा पनि थारु सदस्यलाई प्राज्ञ बनाउन सकेका छैनौं, यस विषयमा छलफल हुन नसकेपनि घोषणा पत्र जारी गर्दा केही धक्का पुगेको छ ।’ 

थारु भाषाको मानकताको सवालमा विस्तारै भाषाको एकरुपता आउन थालेको अध्यक्ष सर्वाहारीको दावी छ । एक दशक अघि प्रकाशन भएका थारु भाषाका पुस्तक र पछिल्लो समय प्रकाशन भईरहेका पुस्तकमा भाषा लेखनमा सुधार आईरहेको उनले बताए । देशको जुनसुकै कुनामा थारु साहित्य सम्मेलन गरिएपनि त्यहाँका युवा साहित्यकारलाई सशक्त बनाउनुका साथै भाषिक जागरण ल्याउने काम गरिरहेको अध्यक्ष सर्वाहारीले जिकिर गरे । 

थारु समुदायको कला संस्कृतिको खोज अनुसन्धान तथा ईतिहाँस बारे दस्तावेजीकरण गर्ने उद्देश्यले थारु लेखक संघले प्रत्येक बर्ष राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको र यो कार्यक्रम विस्तारै मूर्त रुप लिँदै गएको थारु लेखक संघका केन्द्रय सदस्य शेखर दहितले बताए । 

यस्तै समापन कार्यक्रलाई सम्बोधन गर्दै सम्मेलनमा युवा सहभागिताको लागि आगामी दिनमा युवाहरुको रचना वाचनलाई पनि विशेष स्थान दिनुपर्ने जंग्रार साहित्यक बखेरीका केन्द्रय अध्यक्ष सोम डेमन्डौराले सुझाव दिएका थिए ।

७ औं राष्ट्रिय थारु साहित्य सम्मेलनमा ६ वटा विविध विषयमा छलफल, बहस गरिएको थियो । राप्ती सोनारीको विकासकालागि प्राथमिकताहरु, आदिवासी भाषा दशक र बाँकेको मातृभाषा, विकासमा वरघर, होमस्टेमा थारु समुदाय, आख्यानमा थारु , बाँकेमा थारु साहित्यको अवस्था, थारु साहित्यमा युवा र  सिकलसेल एनिमियाको कहर : जनस्वास्थ्यमा प्रतिकुल असरबारे विषयगत सम्बन्धित ब्यक्तित्वहरुलाई प्यानलिस्ट बनाएर घनिभुत छलफल गरिएको थियो । 

बहसमा पत्रकार विमला चौधरी, लेखक तथा थारु कला संस्कृती खोज अनुसन्धान कर्ता शेखर दहित, सञ्चार कर्मी तथा बरघर अभियन्ता एकराज चौधरी, सञ्चार कर्मी तथा साहित्यकार नविन अभिलाषी, साहित्यकार सागर गैह्रे, लेखिका वालिका चौधरी, सिकलसेल एनिमिया रोकथामका अभियान्ता प्रभुराम चौधरी, युवा साहित्यकार भूमिका थारुलगायतले सहजकर्ताको भूमिका निभाएका थिए । 

यस्तै सम्मेलनको कि–नोट स्पीकरको रुपमा अनुसन्धान कर्ता डा। गोविन्द आचार्यले, थारु समुदायको ईतिहाँस, संस्कार, संस्कृती, रहनसहन् बारे ब्याख्या गरेका थिए । कोरोना कहरले यस बर्ष थारु भाषाका नयाँ पुस्तक धेरै नभएपनि लक्ष्मी रानाले लेखेको सोरठ र गणेश वर्तमानले लेखेको ट्वाना उपन्यास, र थारु क्यालेण्डर विमोचन गरिएको थियो । 

सम्मेलनमा कथा संग्रह सोरठ लेखिका लक्षमी रानालाई २५ हजार २५ रुपौयाँ नगद सहित सम्मान गरिएको थियो भने थारुको जनजीवनमा कलम चलाउँदै आएकी साहित्यकार किरण आचार्यलाई कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न विद्याका रचना वाचन, साँस्कृतिक प्रस्तुती लाई पनि स्थान दिईएको थियो । 

उक्त सम्मेलन ब्यवस्थापनको मुख्य भमिकामा थारु गोचाली समाजका अध्यक्ष देखलाल थारु, महासचिव कालुराम थारु (समर्पण), कोषध्यक्ष सुनिता थारुलगायतका सदस्यहरु रहेका थिए । सम्मेलनलाई सफल पार्न स्थानिय पालिका, वडा कार्यालय, सामुदायिक वन उपभोक्ता समुह, बरघरलगायतले सहयोग तथा सहकार्य गरेका थिए । 

सम्मेलनमा पूर्व सुनसरी, मोरङ देखि सुदुरपश्चिमको कञ्चनपुर लगायतका जिल्लाबाट झण्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूको सहभागिता रहेको थियो ।

Rastriya Tharu Sahitya Sammelan Ghosana Patra1675617005.jpg

यो पनि पढ्नुस् :

७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेमा सञ्चालन

७ औं राष्ट्रिय थारु साहित्य सम्मेलनको तयारी तीब्र


प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  २२:५२
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव' 
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव'  शनिबार, फागुन २, २०८२
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित बिहीबार, माघ १५, २०८२
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय बुधबार, माघ १४, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने मंगलबार, पुस १५, २०८२
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा दर्शकको ओइरो
कोहलपुर महोत्सवमा दर्शकको ओइरो शनिबार, पुस १२, २०८२
नेपालको कलालाई संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड
नेपालको कलालाई संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड मंगलबार, मंसिर २, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्