Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • अदालतको आदेश अटेर गर्दै ‘होटल डायमण्ड प्यालेस’-(भिडियो सहित)
अदालतको आदेश अटेर गर्दै ‘होटल डायमण्ड प्यालेस’-(भिडियो सहित) सरकारी र सार्वजनिक जमिन हडपेर होटेलको संरचना निर्माण, ब्यक्तिगत जमिनमाथी आँखा लगाउँदै
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, माघ २३, २०७९

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का एक होटल तथा क्यासिनो ब्यवसायीले सरकारी, सार्वजनिक जमिन हडपेका छन् । अहिले उनले ब्यक्तिगत जमिनमा समेत आँखा लगाएर दुःख दिइरहेको आरोप लागेको छ ।

उक्त वडाको सुर्खेत रोडमा अवस्थित ‘होटल डायमण्ड प्यालेस’ प्रालि (साविक सिग्नेट ईन कृष्णा होटल) का सञ्चालक सुरेन्द्र बहादुर सिंहले सरकारी, सार्वजनिक जमिन हडपेर संरचना बनाएको र साँधमा रहेका ब्यक्तिगत जमिन समेत हडप्न खोजेको आरोप लागेको हो ।

भिडियो हेर्नुस् :

सरकारी र सार्वजनिक जमिन मिचेर निर्मित होटलले आफ्नो ब्यक्तिगत जमिनमा समेत आँखा लगाएर हडप्न खोजिरहेको छिमेकी सुरेन्द्रकुमार श्रेष्ठले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे । साविक सिग्नेट ईन कृष्णा होटल रहेको उक्त जग्गालाई होटल तथा क्यासिनो सञ्चालक सिंहले ब्यवसायी दिपेन्द्र अग्रवालसँग केही समयअघि खरिद गरेका थिए । 

Fild1675694861.jpg

होटल सञ्चालकले आफ्नो जमिन हड्प्न खोजेपछि श्रेष्ठले ‘निषेधाज्ञा’ माग गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट दायर गरेका थिए । अदालतले विपक्षी सिंह विरुद्ध यही माघ २० गते अन्तरिम आदेश जारी गरिसकेको छ । तर, होटल तथा क्यासिनो ब्यवसायी सिंहले अदालतको अन्तरिम आदेशलाई अटेरी गर्दै सोही दिन आफ्नो पर्खाल लगायत भौतिक संरचनामाथी डोजर चलाएको श्रेष्ठले आरोप लगाएका छन् ।

होटल तथा क्यासिनोका महेन्द्र चन्द र पुस्कर हमालले आफुमाथी डर, त्रास देखाइरहेको दुखेसो पोखे । यस विषयमा प्रतिक्रिया लिन होटल तथा क्यासिनो सञ्चालक सिंहलाई पटक पटक फोन गर्दा सम्पर्क हुन सकेन । सिंहले होटल र क्यासिनोका ‘गुण्डा’ प्रयोग गरेर जवरजस्ती डोजर चलाउँदा करिव १७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको उनले सुनाए । होटलले बिना नम्बर प्लेटको डोजर प्रयोग गरी दादागिरी शैलीमा संरचना भत्काएको उनको आरोप छ । 

Dojar1675695547.jpg

श्रेष्ठले २०५९ सालमा १७१ नम्बर कित्ता रहेको २ कठ्ठा साढे १४ धुर जमिन किनेर २०६४ सालमा घर निर्माण गरेको बताएका छन् । ‘मैले त्यतिबेला नगरपालिकाबाट नक्सापास गरेर घर बनाएको थिए, म विगत ४÷५ वर्षदेखी श्रीमतीको उपचारका लागि काठमाडौंतिर ब्यस्त भएको मौका छोपेर नयाँ नापी गराएर मेरो जग्गा हडप्न खोजेको नियत देखिन्छ,’ श्रेष्ठले भने ।

साविकका जग्गाधनी अग्रवालले १४ कठ्ठा जमिनमा सरकारी, सार्वजनिक र ब्यक्तिगत जमिन हडपेर अहिले १८ कठ्ठा पुर्याएको उनको जिकिर छ । उक्त होटलले अर्का स्थानीय योगेन्द्र स्वाँरको करिव ८ धुर र कालिमाई मन्दिरको करिव ४ कठ्ठा जमिन हडपेको र आफ्नो पनि करिव ५ धुर जमिन अहिले हडप्ने प्रयास गरिरहेको श्रेष्ठले सुनाए ।

Fild1675695552.jpg

Fild 31675695549.jpg

Fild 21675695547.jpg

अदालतको अन्तरिम आदेश विरुद्ध होटल सञ्चालकले आफ्नो संरचनामा जवरजस्ती डोजर चलाएपछि अदालतमा पुनः अवहेलना मुद्दामा दायर गरिएको श्रेष्ठले बताए । ‘मलाई अहिले पनि उनीहरु डर, धम्की दिइरहेका छन्, मेरो ज्यान जोखिममा छ,’ उनले भने ‘ज्यान सुरक्षा गरि पाउँ भनेर मैले माघ १९ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिइसकेको छु ।’

सरकारी, सार्वजनिक र ब्यक्तीगत सम्पत्तीमाथी आँखा लगाउनेमाथी छानविन गरिदिन उनले सम्वद्ध निकायसँग आग्रह गरेका छन् । आफुसँग सबै प्रमाणहरु रहेको श्रेष्ठको दाबी छ ।    


प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  २०:२९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्