Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
मंगलबार, असोज ९, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
खेल
  • Home
  • खेल
  • युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पर्न सफल
युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पर्न सफल
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, चैत २, २०७९

काठमाडौं : नेपाल एक दिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल (डकवर्थ लुइस) मेथडमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

आजको खेलमा कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेथडका आधारमा नेपाल ९ रनले विजयी घोषणा भएको हो ।

 नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुल्सन झाले अर्धशतक बनाएका थिए । ओपनर कुशल भुर्तेलले ३५ बलमा तीन चौका र चार छक्काको मद्दतबाट ५० रन बनाए । नेपालका लागि भीम सार्कीले सर्वाधिक रन बनाए । उनले ७६ बलमा  ९ चौका प्रहार गर्दै ६७ रन बनाए । 

त्यस्तै आरिफ शेखले  ५२ रन बनाए । उनले ६२ बलमा २ चौका प्रहार गरे । गुल्सन झाले  ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५० रन पूरा गरे । कप्तान रोहित पौडेलले  १६ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित १० रन बनाए । युएईका लागि जुनेद सिद्धिकीले सर्वाधिक तीन विकेट लिए भने आयान अफ्जल खान र जहुर खानले क्रमशः दुई र एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ गरेको युएईले ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो । युएईलाई फराकिलो स्कोरमा पुर्याउन आसिफ खानले कीर्तिमानी शतक बनाए । खानले ४१ बलमा ११ छक्का  ४ चौकाको बिस्फोटक ब्याटिङ गर्दै १०१ रन बनाए । 

खेलमा कप्तान मोहम्मद वसिमले ६३ रन बनाए ।  ४९ बल खेलेका वसिमले ६ छक्का र २ चौका प्रहार गरे । त्यस्तै भृत्तीय अरविन्दले १३८ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ९४ रन बनाए । त्यस्तै रोहन मुस्तफाले २० रन बनाउँदा अन्य ब्याट्स म्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए । त्यस्तै ललित नारायण राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले एकएक विकेट लिए । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिँदै जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १९:२२
प्रतिक्रिया दिनुहोस्
थप खेल
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा सोमबार, असोज ८, २०८०
१९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन
१९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन शनिबार, असोज ६, २०८०
क्यानको सचिवमा पारस खड्का निर्वाचित
क्यानको सचिवमा पारस खड्का निर्वाचित शनिबार, असोज ६, २०८०
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत बुधबार, भदौ २०, २०८०
नेपाल भारतसँग १० विकेटले पराजित
नेपाल भारतसँग १० विकेटले पराजित मंगलबार, भदौ १९, २०८०
भारत विरुद्ध नेपालले गुमायो ७ विकेट
भारत विरुद्ध नेपालले गुमायो ७ विकेट सोमबार, भदौ १८, २०८०
नवौं धारा नेपालगन्ज म्याराथन मंसिरमा हुने 
नवौं धारा नेपालगन्ज म्याराथन मंसिरमा हुने  शुक्रबार, भदौ १५, २०८०
पौडी स्टारद्वय गौरिका र नासिरले बनाए नयाँ राष्ट्रिय कीर्तिमान 
पौडी स्टारद्वय गौरिका र नासिरले बनाए नयाँ राष्ट्रिय कीर्तिमान  सोमबार, साउन ८, २०८०
खेलकुद विकास समितिको कार्यालयमा लगाइएको ताला खोलियो 
खेलकुद विकास समितिको कार्यालयमा लगाइएको ताला खोलियो  बुधबार, साउन ३, २०८०
लोकप्रिय
  • Week
  • Month
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल
सफलताको दुई वर्ष
सफलताको दुई वर्ष
हुलाक प्रमुख पाण्डेले बाँडे दुई सय जामुनका बिरुवा
हुलाक प्रमुख पाण्डेले बाँडे दुई सय जामुनका बिरुवा
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता 
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता 
मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात
मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्