Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • कुसुमेश्वरको ब्यवस्थापन समिति मनोनयनमा विवाद, जग्गादाता परिवारलाई 'उपेक्षा'  
कुसुमेश्वरको ब्यवस्थापन समिति मनोनयनमा विवाद, जग्गादाता परिवारलाई 'उपेक्षा'   १४ विघा २ कठ्ठा १४ धुर जग्गा दान गर्ने दाताको परिवार असन्तुष्ट
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, चैत २५, २०७९
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा रहेको कुसुमेश्वर माध्यामिक बिद्यालय ।

बाँके (कुसुम) : कुसुमेश्वर माध्यामिक बिद्यालयको ब्यवस्थापन समिति सदस्य मनोनयनमा विवाद उत्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समिति सदस्य मनोनयनप्रति ‘जग्गादाता’ परिवारले आपत्ति जनाएपछि विवाद उत्पन्न भएको हो ।

बिद्यालय ब्यवस्थापन समितिमा बिहीबार दुई जना सदस्यलाई मनोनयन गरिएको थियो । विगतमा हरेक ब्यवस्थापन समितिमा दाताको तर्फबाट एक जनालाई मनोनित गरिन्थ्यो । तर, यसपटक आफ्नो परिवारलाई ‘उपेक्षा’ गरिएको जग्गादाता स्वर्गिय पिताम्बर खत्रीका छोरा देवीराम खत्रीले दुखेसो पोखे ।

यही चैत २३ गते (बिहीबार) बसेको बिद्यालय ब्यवस्थापन समिति बैठकबाट प्रचलित शिक्षा ऐन तथा नियमावलीको दफा १२ को उपदफा (१) (ग) अनुसार ‘शिक्षाप्रेमी’ र ‘स्थानीय बुद्धिजिवी’ का तर्फबाट दुई जनालाई मनोनित गरिएको बिद्यालयले उल्लेख गरेको छ । शिक्षा ऐन र नियमावलीमा भएको ब्यवस्था विपरित जग्गादातालाई अपमान हुने गरी परिवारका सदस्यलाई ब्यवस्थापन समितिमा मनोनित गर्न नचाहनु घोर आपत्तिजनक रहेको खत्रीले सुनाए । 

देवीरामका बुवा स्वर्गिय पिताम्बर खत्रीले उक्त बिद्यालयका लागि बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ मा आफ्नो १४ विघा २ कठ्ठा १४ धुर जमिन दान गरेका थिए । बिद्यालयले २०२० सालदेखी उक्त जग्गा उपभोग गर्न सुरु गरेपनि २०३३ सालमा कानुनी रुपले बिद्यालयको नाममा हस्तान्तरण भएको थियो । उक्त जग्गा नै बिद्यालयको एक मात्र आम्दानीको स्रोतको रुपमा रहेको छ ।

बिद्यालयले उक्त जग्गालाई वर्षेनी ठेक्का दिएर पनि लाखौं रुपैयाँ आम्दानी गरिरहेको छ । जग्गाको आम्दानीबाट बिद्यालयले निजी स्रोतका शिक्षकको तलब, बिद्यालयको प्रशासनिक खर्च लगायतमा ब्यवस्थापन गरिरहेको छ । स्वर्गिय दाता खत्रीले जग्गादान गरेपछि उक्त बिद्यालयको हरेक ब्यवस्थापन समितिमा दाताको तर्फबाट परिवारका सदस्यलाई मनोनित गरिदै आएको थियो । 

बिद्यालय परिसरमै जग्गादाता स्वर्गिय खत्रीको शालिक समेत राखिएको छ । ‘जग्गादाताको परिवार हुँदा हुदै किन हामीलाई बाईपास गरियो,?’ देवीरामले भने ‘यसबाट हाम्रो परिवारको धेरै चित्त दुखेको छ, दातालाई अपमान गर्ने काम भयो ।’ बिद्यालय ब्यवस्थापन समितिमा सदस्य मनोनित गर्दा दुई जना महिला सदस्यले जग्गादातालाई प्राथमिकता राख्नुपर्छ भन्दाभन्दै जवरजस्ती निर्णय गरिएको उनको गुनासो छ ।

‘महिला सदस्यले असहमती भनि निर्णय पुस्तिकामा लेख्छौं भन्दाभन्दै त्यसो लेख्न पाइदैन भन्ने सम्मको शब्द बोली जवरजस्ती निर्णय गरिएको छ,’ राप्ती सोनारी गाउँपालिका अध्यक्षलाई सम्बोधन गरेर लेखिएको निवेदनमा खत्रीले उल्लेख गरेका छन् ।

दाता परिवारलाई बेवास्ता गरि राजनीतिक, सामाजिक, आर्थिक कुनै लगानी नभएका ब्यक्तिलाई पार्टीको सदस्यको नामले मनोनित गरी ल्याइएको अवस्थामा दाता परिवार सन्तोष नभएको खत्रीले बताएका छन् । बिद्यालय ब्यवस्थापन समितिमा दाता परिवारलाई सदस्य बनाउनुपर्ने माग गर्दै चैत २३ गते गरेको निर्णयलाई बदर गरी पुनः नयाँ प्रक्रियाबाट मनोनित गरी ब्यवस्थापन समितिलाई पूर्णता दिन अनुरोध गरेका छन् । 

Nibedan1680937290.jpg

यस विषयमा बिद्यालयका प्रधानाध्यापक रुपेन्द्र बस्नेतले ब्यवस्थापन समितिको बैठकले निर्णय गरेर ‘स्थानीय बुद्धिजिवी’ र ‘शिक्षाप्रेमी’ को तर्फबाट सदस्य मनोनित गरेको बताए । ‘जग्गादाताको परिवारले उठाएको कुरा पनि ठिक हो, जग्गादाताको तर्फबाट परिवारका सदस्यलाई विगतमा ब्यवस्थापन समितिमा मनोनित गरिदै आएको हो,’ प्रअ बस्नेतले भने ‘यसपटक ब्यवस्थापन समिति सदस्य मनोनित गर्दा क्रमभंग भयो ।’

शिक्षा ऐन र नियमावलीमा ‘बिद्यालयको संस्थापक’ वा ‘स्थानीय बुद्धिजिवी’ वा ‘शिक्षाप्रेमी’ वा ‘चन्दादाता’ मध्येबाट मनोनित गर्ने भन्ने उल्लेख भएको दावी गर्दै ब्यवस्थापन समितिले यसपटक मनोनित गर्दा ‘क्रमभंग’ गरेको बताए । प्रअ बस्नेतका अनुसार ब्यवस्थापन समितिको सदस्यमा केही समयअघि निर्वाचन प्रक्रियामार्फत तेजेन्द्रबहादुर खत्री, कर्णबहादुर बुढामगर, टिका बुढाथोकी र हुमाकुमारी खत्री निर्वाचित भएका थिए । 

कुल ९ सदस्यीय ब्यवस्थापन समितिमा वडा नम्बर १ का वडाअध्यक्ष यमबहादुर खड्का (पदेन), लेखराज ओली (शिक्षक प्रतिनिधी, रुपेन्द्र बस्नेत(सदस्य सचिव) छन् । ब्यवस्थापन समितिलाई पूर्णता दिन समितिले हालै स्थानीय बुद्धिजिवी र शिक्षप्रेमीका तर्फबाट रुद्रबहादुर ओली र सन्ध्या ओलीलाई मनोनित गरेको हो । बिद्यालय स्रोतका अनुसार सन्ध्या केही समयअघि भएको ब्यवस्थापन समितिको निर्वाचनबाट सदस्य (महिला) मा पराजित भएकी थिइन् । कुल ९ सदस्यीय समिति मध्येबाट एक जनालाई ब्यवस्थापन समितिको अध्यक्षमा चयन गरिनेछ । 


प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्