Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • झुक्याएर जग्गा छिनुवा पास गरी बैंकबाट रकम निकालियो 
झुक्याएर जग्गा छिनुवा पास गरी बैंकबाट रकम निकालियो 
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, असार १२, २०८०

नेपालगन्ज : ऋणको किस्ता तिर्न जब बैंकबाट पत्र आयो, बर्दिया, बढैयाताल-४ निवासी प्यारी मगर्नी छांगाबाट खसेझै भईन् । उनले आफ्नो नामको जमिन धितो राखेर कसैले बैंकबाट यति सजिलै पैसा झिक्ला भन्ने कल्पना सम्म गरेकी थिइनन् । तर, नसोचेकै घटना आईलाग्यो । 

कागजात किर्ते गरी ‘दलाल’ ले आफ्नो लालपुर्जाबाट ऋण निकालेको थाहा पाएपछि अहिले उनी न्यायका लागि विभिन्न निकायमा धाईरहेकी छन् । ‘बैंकले अहिले दिनहुँ किस्ता बुझाउन ताकेता गरिरहेको छ, मैले ऋण खाएको भए ऋण तिर्न तयार हुन्थ्ये होला, तर खादै नआएको ऋण बैंकलाई कसरी तिर्नु र ?’ ६४ वर्षीया मगर्नीले भक्कानिदै भनिन् ‘बुढेशकालमा म माथी किन यस्तो अपराध गरियो ?’ 

२०७८ साल साउन २ गते बर्दिया, बढैयाताल-४ मा रहेको मगर्नीको करिव १२ कठ्ठा जमिनको लालपुर्जा अछाम, साझे नगरपालिका वडा नम्बर १२ का डम्बरबहादुर रावलले मागेका थिए । पीडित मगर्नीका अनुसार सामान्य चिनजान भएका रावलले त्यतिबेला उक्त लालपुर्जा ६ महिना भित्रमा फिर्ता गर्ने शर्तमा लगेका हुन् । 

Pidit ra chhori1687878997.jpg

लालपुर्जा दिए वापत मगर्नीलाई रावलले ५० हजार रुपैयाँ पनि दिएका थिए । ‘जग्गाको लालपुर्जा ६ महिनाभित्रमा फिर्ता आईहाल्छ भने ठिकै छ त भनेर मैले त्यतिबेला लालपुर्जा दिएकी हुँ, यस्तो अपराध गर्लान् भन्ने सोचेको भए मैले दिने नै थिएन्,’ उनले थपिन् । 

लालपुर्जा लिएर गएको केहीदिन पछि रावलले आफुलाई एउटा कागजमा औठा छाप लगाउन पठाएको पनि उनलाई स्मरण छ । तर, रावलले नेपालगन्ज-१ निवासी ३१ वर्षीय पंकजकुमार गुप्तासँग मिलेर किर्ते कागजात तयार गरी ‘दृष्टिबन्धक’ गराएको कुरा आफुले पछि मात्रै थाहा पाएको पीडित मगर्नीले सुनाइन् । 
उक्त जग्गालाई नेपालगन्ज-६ निवासी गुप्ताकी दिदी सासु नाता पर्ने दिपा अधिकारीको नाममा दृष्टिबन्धक गराएका थिए ।

बर्दिया साविक सोरहवा गाविस वडा नम्बर ३ को कि.नं. १३१० को क्षेत्रफल ०,४१६८.०० बर्गमिटरको उक्त जग्गा धितो सरह वार्षिक १२ प्रतिशत ब्याजमा ९ लाख २५ हजार दिलाई बर्दियास्थित मालपोत कार्यालयबाट रावल र गुप्ताले ‘छिनुवा’ पास गराएको पीडितको आरोप छ । रावल र गुप्ता मिलेर सोही जग्गालाई लगत्तै एनआईसी एसिया* बैंकमा धितो राखेर ८५ लाख रुपैयाँ ऋण निकालेको पीडितकी छोरी विष्णुमाया पुनले बताइन् ।

Pidit1687878996.jpg

उक्त कार्यमा तत्कालिन मालपोत कार्यालय बर्दियाका प्रमुख र कर्मचारीहरु, बैंकका कर्मचारी लगायतको मिलेमतो रहेको उनको आरोप छ । यस विषयमा प्रतिक्रिया लिदाँ आरोपी गुप्ताले आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन् । ‘यो घटनामा मेरो संलग्नता छैन,’ गुप्ताले टेलिफोनमा भने । 

तर, पीडित परिवारले धितोमा राखिएको उक्त जग्गालाई ३५ दिनभित्रमा बैंकिङ प्रक्रिया मिलाएर फिर्ता दिलाउँछु भनि आरोपीहरुले कागज गरेको बताएका छन् । जग्गा फिर्ता नगरे प्रचलित मुल्यको आफ्नो चल, अचल सम्पत्तीबाट असुल उपर गरि लिन समेत कागज गरेको पीडितकी छोरी विष्णुमायाले सुनाईन् ।

आफुसँग भएको जग्गा सबै बैंकको नियन्त्रणमा रहेपछि घरबार बिहिन अवस्थामा पुगेको पीडित परिवारको गुनासो छ । उक्त घटनाले परिवारमा समेत अशान्ति मच्चिएको बृद्धा मगर्नीले सुनाइन् ।

(समाचारमा एनआईसि एसिया बैंक हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।) -सम्पादक 


प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाज
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्