Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘मेरो जीवनमा राजनीतिको ब्याक गियर छैन’-(भिडियो अन्तर्वार्ता)
‘मेरो जीवनमा राजनीतिको ब्याक गियर छैन’-(भिडियो अन्तर्वार्ता)
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, असोज १८, २०७८

सुधान्सु कोइराला
जिल्ला सदस्य, नेपाली कांग्रेस बाँके । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उल्लास देशभर छाइरहेको छ, बाँके जिल्लाको पछिल्लो अवस्था के छ ?
वास्तवमा यो अलि अगाडी नै भइसक्नुपर्ने हो । तर, केही विवादित कुराहरु, क्रियाशिलको विषयमा विवादित कुराहरु भएको हुनाले ढिला भएको हो । जिल्ला स्तरबाट सम्पर्क गर्दाखेरी ‘दशै पछाडी नै हुन्छ’ भन्ने कुरा छ । अब जिल्ला लेभलमा ठिकै छ, आ-आफ्नो वडामा सबै जना तयारी गरिराख्नु भएको अवस्था छ । उम्मेदवारदेखी लिएर सबै क्रियाशिल साथीहरुले पनि । माहोला तात्तेकै छ । 

वडादेखी जिल्ला तहसम्म वातावरण कस्तो छ ?
मैले सरसरर्ती केही वडामा घुम्ने क्रममा, जिल्ला सदस्यको हैसियतले घुम्ने क्रममा वातावरण त्यति नराम्रो चाही देखेको छैन । धेरै साथीहरु अहिले इच्छुक पनि देखिनु भएको छ । धेरै साथीहरु इच्छुक हुँदाखेरी कतिपय ठाउँमा चाही अधिवेशनमा ‘निर्वाचन पनि हुने हो की’ भन्ने कुरा पनि आइराखेको छ । सँग-सँगै साथीहरुको के पनि चिन्ता छ भनेपछि अहिले निर्वाचनमा गयौं भने कतै असर स्थानीय निर्वाचनमा पार्ने त होइन, आम निर्वाचनमा पार्ने त होइन भन्ने कुराको पनि उहाँहरुलाई चासोको विषय छ । ‘नेतृत्व गर्न सक्छौं’ भनेर धेरैमा इच्छा जागेको हुनाले कतिपय ठाउँमा निर्वाचन हुने सम्भावना मैले देखिराखेको छु ।

अन्य जिल्लामा भर्खरैका युवा–युवती वडा सभापति, गाउँपालिका/नगरपालिका सभापति भएको देखियो । बाँकेको वडा स्तरमा त्यस्ता सम्भावना बोकेका युवाहरु कत्तिको हुनुहुन्छ ?
अहिले युवाहरुमा एकदमै आर्कषण बढेको अवस्था हो । निर्वाचन विभिन्न ठाउँमा भइरहँदा कलिला उमेरका भाई, बहिनी वडा स्तरमा आउनु भएको छ । त्यो हेरेर पनि उत्साह चाही थपिएको छ । तर, सँग-सँगै एउटा बिडम्वना के छ भनेपछि यो त सम्माननीय पुर्वप्रधानमन्त्री, पार्टी सभापति, सन्त नेता सुशिल कोइरालाको जिल्ला हो नि त । उहाँ नहुने वित्तिकै ‘भ्याकेन्ट’ को अवस्थामा छ ।

‘फिल्डमा कस्ले गोल हान्न सक्ने’ भन्ने कुरा यहाँ धेरैले खेलिरहेको अवस्था चाही देखिएको छ । मैले यो कुरा जोड्न किन खोजेभने जसरी केन्द्रले बाँके जिल्लालाई बेवास्ता गरेको अवस्था छ । त्यसले गर्दाखेरी फेरी त्यो उत्साह सँग-सँगै मान्छेको मन पनि मरिराखेको अवस्था पनि छ । त्यसले संगठनलाई राम्रो बाटोतिर लैजादैन भन्ने चिन्ता पनि छ । 

पार्टीको अधिवेशन नहुँदा आम कार्यकर्ता के भन्छन् ?
निराशा उत्पन्न हुने कुरा त भइहाल्यो । मैले विभिन्न ठाउँमा क्षेत्र नम्बर १, २ र ३ मा हेर्दाखेरी युवा अनुहार पनि आइराखेको छ । सबैले त पार्टीको टिम भन्ने कुरा बुझ्दैन । गुट भन्ने कुरा बुझ्दैन । उपगुट बुझ्दैन । उनीहरुले बुझ्ने भनेको सिंगो पार्टी र चारतारे झण्डालाई बुझ्ने हो । उनीहरुले रुखलाई बुझने हो । तर, बारम्बार उनीहरुको जिज्ञासा आइराखेको हुन्छ । के हो त यो ? किन हुन सकिराखेको छैन ? कतिपय नबुझ्ने साथीहरुले जिल्ला स्तरबाटै समस्या हो कि भन्ने कुरा बुझिरहेका हुन्छन् । कतिले क्षेत्रबाट समस्या हो कि भन्ने बुझिरहेका हुन्छन् ।

आफ्नै नेताहरुप्रति शंका, आशंका बढिरहेको अवस्था छ । युवा पुस्ताहरुमा जसरी आर्कषण हुनुपर्ने हो, जसरी जोश र जाँगरका साथ अगाडी बढिरहेका छन्, ति हिसाबले भोली कतै हतोत्साहित हुने त होइनन्, भन्ने हामीलाई पनि त्यो चिन्ता चाही बढेको छ । 

बाँकेमा अधिवेशन कहिलेसम्म हुन्छ, केन्द्रबाट केही जानकारी आएको छ ?
जिल्ला स्तरबाट सभापतिहरुले, सिनियर लिडरहरुले बेला बेलामा समन्वय गरिराखेको अवस्था चाही हो । मैले पनि निर्वाचन समितिका एक जनासँग कुरा गर्दाखेरी दशैपछि नै हुन्छ भन्ने कुरा चाही छ । तर, हुन्छ भन्ने कुरामा हामी किन आश्वस्त हुन सकेका छैनौ भने केन्द्रले आफैले बनाएको कार्यतालिकामा उसले धेरै चोटी फेरबदल गरिसकेको अवस्था छ । किन फेरबदल गर्यो र अस्ति भर्खरको कार्यतालिका क्यान्सिल भइसक्यो । उनीहरुले फेरी अर्को सूचना पठाउन सकेका छैनन् । भनेपछि हामी अन्यौलकै अवस्थामा चाही छौं । 

राजनीतिप्रति युवा पुस्तामा वितृष्णा जागिरहेको अवस्थामा कांग्रेस महाधिवेशनमा युवा आर्कषण हुनुमा के लाग्छ तपाईलाई ?
होइन यसमा दुई थरीका कुराहरु छन् । जहाँसम्म तपाईले सोधेको कुरामा मेरो पनि बुझाई के छ भनेपछि एउटा चाही नितान्त रुपले चाही होइन अरु अरुले गरेको देखेर, अरुसँग प्रभावित भएर म पनि समाजसेवा गर्न पाए हुन्थ्यो, एउटा राम्रो ‘प्लेटफम’ हो भन्ने हिसाबले एउटा राम्रो ‘इन्टेन्सन’ ले पनि आएको म देख्छु । र कतिपयले चाही स्थानीय निर्वाचन जुन भयो, यसमा चाही जुन वडाअध्यक्षले गरेको भुमिकाहरु, वडाअध्यक्षका काम, कर्तब्य र अधिकारहरु, म पनि यसरी चलाउन पाए हुन्थ्यो, म पनि फलानो वडामा फलानो युवा मान्छेले यसरी चलाइराखेको छ, भोली म पनि राजनीतिमा कुनै राजनीतिक आस्थामा रहेर भोली टिकट पाएर केही गर्न सक्छु भन्ने एउटा त्यो आर्कषण पनि बढेको देख्छु मैले अहिले । अर्को चाही मान्छेको आस्था त हो नि ।

भोली कतिपय चाही युवा साथीहरुको के छ भनेपछि यसैलाई आफ्नो भविष्य निर्धारण गर्न सक्छु भनेर पनि आउनु भएको छ । यो राम्रो पक्ष हो, राम्रो पक्षलाई हामी स्वीकार्नु पनि पर्छ । युवा पुस्ताहरुलाई हामीले राजनीतिमा आर्कषण गर्न सकेनौं, पढेलेखेका साथीभाईलाई हामी आर्कषण गर्न सकेनौं भनेपछि भोली राजनीति प्रति एकतिर वितृष्णा बढ्दै गइरहेको छ, यसलाई चाही सहयोग पुग्ने बाटो पनि हुन्छ ।

युवा पुस्तालाई नै आफ्नो देशको राजनीतिप्रति विश्वास भएन भने नयाँ पुस्ता भनेका त देशका कर्णधारहरु हुन । कुनैपनि कोणबाट हेर्दाखेरी डाक्टर बनुन्, इन्जिनियर बनुन्, राजनीतिमा लागुन, पाइलट बनुन् युवाहरुले नै सम्हाल्ने त हो नि यो देशलाई कुनैपनि देशलाई । त्यो भएर युवाहरुको आर्कषण हुनुपर्छ जस्तो लाग्छ मलाई ।

युवा पुस्तालाई नै आफ्नो देशको राजनीतिप्रति विश्वास भएन भने नयाँ पुस्ता भनेका त देशका कर्णधारहरु हुन । कुनैपनि कोणबाट हेर्दाखेरी डाक्टर बनुन्, इन्जिनियर बनुन्, राजनीतिमा लागुन, पाइलट बनुन् युवाहरुले नै सम्हाल्ने त हो नि यो देशलाई कुनैपनि देशलाई । त्यो भएर युवाहरुको आर्कषण हुनुपर्छ जस्तो लाग्छ मलाई ।

तपाई पनि पार्टीको राजनीतिमा लाग्नु भएको छ । जागिर खाने उमेरमा पार्टीको सिपाही भएर तपाई कार्यकर्ताका काम गरिरहनु भएको छ । खासमा तपाई चाही पार्टीको राजनीतिमा किन आउनु भएको हो ?
मेरो विषयमा कुरा गर्दाखेरी म आफैमा राजनीतिक परिवारको कोखमा जन्म लिएको बालक । त्यसमा पनि मेरो पिता जी डाक्टर हुँदा–हुदै पनि उहाँ बिद्यार्थीकालदेखी विपीको संगत, वनारशदेखीको राजनीति गर्नु भएको, आमा पनि सोही पृष्ठभुमीमा रहनु भएको, घरेलु वातावरण पनि राजनीतिक संस्कारमा, राजनीतिक वातावरणमा मैले बिताए ।

तर मेरो इच्छा के थियो भने भोली पढिसकेपछि एकचोटी मलाई बैंकमा जागिर खाने, के रहेछ त बैंकको जागिर ? कस्तो हुँदो रहेछ, एउटा अनुभव लिन मन थियो, एकदम मज्जाले अनुभवलाई आत्मसाथ गरेर मैले राजनीतिक परिवारको पृष्ठभुमीबाट अलग भएर, मैले नितान्त एउटा कर्मचारीको रुपमा पनि अनुभव बटुल्ने अवसर पाए र मैले मज्जाले काम गरे ।

मैले काम गरुञ्जेलसम्म सन्तुष्टी भएर काम गरे र जुन संस्थामा काम गरे, त्यो संस्थालाई पनि सन्तुष्ट हुने गरी मैले काम गरे । र सम्माननीय पुर्वप्रधानमन्त्री, पार्टी सभापति ठ्याक्कै प्रधानमन्त्री भएको बेला र समय चाही मैले अब जागिर छाडेर राजनीतिमा लाग्छु भन्ने समय त्यो संयोग मात्रै थियो । त्यो बेलादेखी म निरन्तर सक्रिय राजनीतिमा लागिरहेको छु र अहिलेसम्म लागि नै रहेको छु । मलाई लाग्छ, मेरो जीवनमा राजनीतिको ब्याक गियर चाही छैन, अब । यसैमा मेरो जीवन सर्मपित हुन्छ ।

आसन्न १४ औं महाधिवेशनमा तपाईको सोच, आकांक्षा के छ ?  
एकदमै मैले मनस्थिती बनाएको छु । आदरणीय सिनियर नेतृत्वहरुसँग, साथीहरुसँग समन्वय गरिराखेको छु । मैले केन्द्रमा पनि हाम्रा आदरणीय नेता ज्यूहरुसँग समन्वय गरिराखेको छु । म पहिला जिल्ला सदस्यबाट आफ्नो क्यारियर सुरु गरे । त्यो भन्दा अगाडी तरुण दलमा मैले भाग लिए, केही समय तरुण दलमा बिताए । त्यसपछि जिल्ला सदस्यमा म किन लडे भनेपछि जिल्ला सदस्य भनेपछि हामीले ग्राउण्ड लेभलमा काम गर्ने मौका पाउँछौं ।

जति मैले पारिवारमा बसेर राजनीतिक संस्कारमा हुर्केर राजनीति बुझ्ने मौका पाए । म फिल्डमा खट्न पाएको त छैन नि । फिल्ड बुझ्न पाएको छैन नि त । त्यो भएर मैले के सोचे भनेपछि मैले राजनीतिक यात्रा सुरु गर्ने हो, मैले दिर्घकालिन समयसम्म राजनीति गर्ने हो, भने मैले क, ख, ग, घ, ए.बी.सि.डी.बाटै जानुपर्छ जस्तो लागेको हुनाले मैले जिल्ला सदस्यबाटै आफ्नो करियर सुरु गरे ।

जति मैले पारिवारमा बसेर राजनीतिक संस्कारमा हुर्केर राजनीति बुझ्ने मौका पाए । म फिल्डमा खट्न पाएको त छैन नि । फिल्ड बुझ्न पाएको छैन नि त । त्यो भएर मैले के सोचे भनेपछि मैले राजनीतिक यात्रा सुरु गर्ने हो, मैले दिर्घकालिन समयसम्म राजनीति गर्ने हो, भने मैले क, ख, ग, घ, ए.बी.सि.डी.बाटै जानुपर्छ जस्तो लागेको हुनाले मैले जिल्ला सदस्यबाटै आफ्नो करियर सुरु गरे ।

जिल्ला सदस्यमा जानुको कारण के थियो भनेपछि मैले जिल्ला सदस्यको हैसियतले गाउँ लेभलमा, वडा वडामा, बुथ बुथमा जनतासँग भिजेर काम गर्ने मौका पाउँछु भन्ने हिसाबले गरेको थिए । आउँदो १४ औं अधिवेशनमा मैले पार्टी सचिवको तयारी गरेको अवस्था चाही हो । मैले सरसर्ती बुझ्दाखेरी मेरा सबै आदरणीय सहकर्मी साथीहरु, आदरणीय मेरा वरिष्ठ नेताहरुले जिल्ला लेभलका नेताहरुले चाही ठिक छ, तिमीले पाँच वर्ष गरेका क्रियाकलाप, तिमीले पार्टीमा गरेको योगदानले गर्दाखेरी तिमीले सचिवको तयारी गरेका छौं, यो उपयुक्त छ, यसमा तिमीलाई हाम्रो सहयोग हुन्छ भने सबैले आश्वासन दिनु भएको छ र म त्यही लाईनमा लागेको छु ।

अन्त्यमा आम कार्यकर्तालाई केही भन्नु हुन्छ ?
महाधिवेशन नजिक आइसकेको छ । हामीले राजनीतिलाई पेशा बनाउनु हुदैन, मैले आदरणीय नेताहरुलाई भन्नु भन्दापनि आउने नयाँ पुस्ताहरुलाई, मेरा साथी, समकक्षीहरुलाई, अझै नयाँ जेनेरेशनका युवाहरु पार्टीमा आर्कषण भएर आएका छन् र आउँदैछन्, उनीहरुलाई म विशेषगरी के भन्न चाहन्छु भने राजनीति भनेको नितान्त समाजसेवा हो । यो ‘प्लेटफम’ लाई तपाईले प्रयोग गरेर समाजसेवा गर्न सक्नुहुन्छ र यसबाट तपाई कुनै कुरा आर्थिक प्रलोभनमा पर्ने कुराहरु, आर्थिक ‘इन्ट्रेस्ट’का कुराहरु पुरा हुदैनन् ।

नितान्त समाजसेवा गर्ने ‘प्लेटफम’ हो भन्ने कुरा बुझ्नु हुन्छ र आउनु हुन्छ, भने तपाईको भविष्य एकदम सुनौलो हुन सक्छ । त्यस्ता कुराबाट प्रभाव भएर आउने हो भने यो क्षणिक हुने हो । त्यसले न समाजलाई फाइदा गर्छ, न देशलाई फाइदा गर्छ, न त पार्टीलाई, न आफ्नो करिअरलाई फाइदा गर्छ । त्यो भएर एउटा सेवाको भावना लिएर राजनीतिमा आउनुस्, तपाई हाम्रो सबैको भविष्य सुनिश्चित छ । 

भिडियो हेर्नुस् :

 


 


प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १०:५५
#कांग्रेस महाधिवेशन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' शनिबार, साउन १०, २०८२
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ बिहीबार, साउन ८, २०८२
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ बुधबार, साउन ७, २०८२
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ सोमबार, साउन ५, २०८२
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’ शनिबार, साउन ३, २०८२
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ शनिबार, साउन १९, २०८१
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ शुक्रबार, साउन १८, २०८१
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ शनिबार, साउन १२, २०८१
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ बिहीबार, साउन १८, २०८०
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्