Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • कर अधिकृत पौडेल र सापकोटाले तुलसीपुरका ब्यापारीलाई ‘टर्चर’ दिएर पैसा असुलेको आरोप 
कर अधिकृत पौडेल र सापकोटाले तुलसीपुरका ब्यापारीलाई ‘टर्चर’ दिएर पैसा असुलेको आरोप  फरार कर अधिकृत पौडेल सम्पर्कमा आएनन्
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, भदौ २५, २०८०

नेपालगन्ज : आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृतद्धय दीपक पौडल र खगेन्द्र सापकोटाले ‘टर्चर’ दिएर पैसा असुलेको एक ब्यापारीले आरोप लगाएका छन् । कर अधिकृतको निरन्तर टर्चरले आफुले ब्यवसाय नै बन्द गरेको उनले बताएका छन् । 

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गुम्राहा चोक निवासी ३० वर्षीय युवा ब्यापारीले आफ्नो ब्यवसाय बन्द गर्नु परेको हो । ब्यवसाय सञ्चालन गर्ने क्रममा आफुबाट अन्जानमा भएको सामान्य त्रुटीलाई समातेर कर अधिकृत पौडेल र सापकोटा आएर महिनौंसम्म टर्चर दिएको उनले सुनाए । 

श्री एयरलाइन्सको उडानबाट नेपालगन्जदेखि काठमाडौँ जाँदै गरेको अवस्थामा सोमबार बिहान कर अधिकृत सापकोटाको झोलाबाट श्रोत नखुलेको नगद २६ लाखसहित प्रहरीले पक्राउ गरेको थियो । अर्का कर अधिकृत भने विमानस्थल परिसरबाटै फरार भएका थिए । बाँके प्रहरी प्रवक्ता (डिएसपी) नारायण डाँगीका अनुसार फरार रहेका कर अधिकृत पौडेल सोमबार बेलुकासम्म पनि जिप्रका बाँकेकोको सम्पर्कमा आएका छैनन् । 

नेपालगन्जमा लाखौं रुपैयाँसहित यिनै कर अधिकृत पक्राउ परेको समाचार सुनेपछि पीडित ब्यापारीले आफ्नो पीडा पोखेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि आक्रोश ब्यक्त गरेका छन् । ‘मेरो किराना पसलको सामान्य डकुमेन्टमा कमजोरी थियो, एक/दुई वटा स्टिमेट बिल भेटिएको निहुँमा त्यही कमजोरीलाई समातेर उनीहरुले मलाई धेरै टर्चर दिए, दुई/तीन पटक मलाई कार्यालयमै बोलाए, धेरै पटक पैसाको बार्गेनिङ, मैले धेरै पटक रोई कराई गर्दा पनि मानेनन्,’ नाम नछाप्ने शर्तमा उनले भने ‘करोडबाट बार्गेनिङ गर्दै पाँच लाखमा कुरा मिलेपछि मात्र मैले उनीहरुबाट छुटकारा पाएँ ।’

आफ्नै देशमा केही गरौं भन्ने सोचका साथ ब्यापार, ब्यवसायमा लागेका उनी कर अधिकृतको टर्चरले छोटो समयमै निराश बन्न पुगे । अहिले उनको किराना पसल बन्द छ, भने विदेश जाने तयारी गरिरहेका छन् । आफुलाई दुःख दिएका ब्यक्ती नै लाखौं रुपैयाँसहित नेपालगन्ज विमानस्थलमा पक्राउ परेको सुनेपछि आफ्नो मनमा अहिले शितलता छाएको उनी बताउँछन् । 

‘धेरै पटक कार्यालयमा गएर रोई कराई गरे, यति सानो कुरामा मलाई दुःख दिएर के गर्नु हुन्छ ?, मैले ब्यापार सिक्दा सिक्दै गल्ती गरे, जति गल्ती गरेको छु, त्यति नै कारबाही गर्नुस्, भनेर मैले धेरै बिन्ती गर्दा पनि मानेनन्,’ उनले दुखेसो पोख्दै भने । कर अधिकृतद्धय पौडेल र सापकोटाले आफुलाई करोडौं रुपैयाँको घर सम्पत्ती जाने डर देखाएर पीडामाथी पीडा दिएको उनको गुनासो छ । 

कर अधिकृतद्धयले आफुसहित तुलसीपुरका अन्य थुप्रै स्थानमा ब्यापारीलाई सताएर पैसा असुलेको कुरा आफुले सुनेको पीडित ब्यापारीले सुनाए । उनले थपे, ‘उनीहरु २६ लाखसहित पक्राउ परेछन्, तर यिनीहरु त करोड रुपैयाँसहित पक्राउ पर्ने मान्छे हुन्, तुलसीपुरका ब्यापारी धेरै आतंकित थिए यिनीहरुबाट, तर नेपालको कानुनको कुनै भरोसा छैन, छुट्ने त होलान नि ?’ घुस रकमसहित पक्राउ परेका उनीहरुलाई कडा कारबाही गर्नुपर्ने उनको माग छ । 

रकमको श्रोत खुलाउन नसकेपछि कर अधिकृत सापकोटालाई जिल्ला प्रहरी कार्यालय बाँकेले आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगन्जमा बुझाएको जनाएको छ । प्रहरीका अनुसार सोमबार बिहान काठमाडौं जाने क्रममा विमानस्थलको एक्सरे मेसिनमा झोला चेक गराउँदा मेसिनले श्रोत नखुलेको रकम पत्ता लगाएको थियो । 


प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  २१:५७
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्