Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • भूकम्प पीडितलाई बैजनाथले हस्तान्तरण गर्यो २ लाख ५० हजारको राहत सामाग्री-(भिडियो सहित)
भूकम्प पीडितलाई बैजनाथले हस्तान्तरण गर्यो २ लाख ५० हजारको राहत सामाग्री-(भिडियो सहित) ठुलो साईजको त्रिपाल २५ थान र १ सय थान ब्ल्यांकेट विपद ब्यवस्थापन समितिलाई हस्तान्तरण 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, कात्तिक २०, २०८०
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई राहत सामाग्री हस्तान्तरण गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय र सूचना अधिकारी तप्तराज आचार्य ।

नेपालगन्ज : जाजरकोट र रुकुम(पश्चिम)का भूकम्प पीडितका लागि बाँकेको बैजनाथ गाउँपालिकाले राहत सामाग्री उपलब्ध गराएको छ । गाउँपालिकाले तत्कालका लागि २ लाख ५० हजार बराबरको राहत सामाग्री जिल्ला विपद ब्यवस्थापन समिति बाँकेलाई हस्तान्तरण गरेको हो ।

राहत सामाग्रीहरुमा २५ थान ठुलो साईजको त्रिपाल र १ सय थान ब्ल्यांकेट रहेको छ । विपद ब्यवस्थापन समितिका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय र सूचना अधिकारी तप्तराज आचार्यले हस्तान्तरण गरेका हुन् ।

भिडियो हेर्नुस् :

नेपालगन्ज विमानस्थल परिसरमा स्थापना गरिएको अस्थायी गोदाम घरमा उक्त राहत सामाग्री राखिएको छ । राहत सामाग्री हस्तान्तरण गरिसकेपछि अध्यक्ष शाहीले भूकम्पले जनताको ठुलो जनधनको क्षति भएकाले मानवीय धर्म अनुसार बैजनाथले तत्कालका लागि त्रिपाल र ब्ल्यांकेट सहयोग गरेको बताए ।

‘तत्काल राहत उपलब्ध गराउनुपर्छ भनेर हामीले विपद समिति छ, त्यो समितिमा हामीले यस्ता अकस्मात कोषहरु चाही ब्यवस्थापन गरेर राखेका हुन्छौं,’ उनले भने ‘त्यही कोषबाट हामीले तत्काल २ लाख ५० हजार बराबरको जुन ठाउँमा पीडित हुनुहुन्छ, पीडितलाई तत्काल खुल्ला आकाशमा बसिरहनु भएको छ, ठुलो त्रिपाल २५ थान र डबल लेन भएको ब्ल्यांकेट १ सय थान उपलब्ध गराएका छौं ।’ 

आगामी दिनमा औषधी प्याकेज बनाएर सहयोग गर्ने पनि आफुहरुले वाचा गरेको बताए । तत्कालका लागि भौतिक संरचना बनाउन नसकिने अवस्थामा त्रिपाल र ब्ल्यांकेट आवश्यक पर्ने भएको हुँदा सहयोग गरेको अध्यक्ष शाहीले प्रष्ट्याए ।

‘तत्काललाई आकाश मुनि बस्नु भएका, तत्काल भौतिक संरचना बनाउन नसकिने अवस्थामा उहाँहरुलाई त्रिपाल र ब्ल्यांकेट आवश्यकता पर्छ, त्यसमा प्याकेज बनाएर कार्पेट, कम्बल, सामान्य खाद्यान्न सबै मिक्स गरेर कम्तिमा एक महिनासम्म पुग्ने गरेर पठाउनुपर्छ भनेर सोही अनुसार हामीले ब्ल्यांकेट र त्रिपाल उपलब्ध गराएका छौं,’ उनले थपे । 

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले पहिलो चरणमा घाइतेको उपचार सफलता पूर्वक गरिएको र अब दोस्रो चरणमा राहत संकलन गरेर पठाउने काम सुरु भएको बताए । ‘दुई वटा कुरामा बाँके प्रशासनले आफ्नो जिम्मेवारी निर्वाह गर्ने मौका पायो, एउटा घाइतेको उपचार । त्यो उपचार सफलता पूर्वक चलिरहेको यहाँलाई थाहा नै छ,’ उनले भने ‘अब दोस्रो फेजमा हामी यहाँबाट राहतहरु संकलन गरेर राहत प्याकेजहरु भटाभट दुई वटै प्रभावित जिल्लामा पठाउँदैछौं ।’

प्रजिअ पोखरेलका अनुसार राहत सामाग्री हस्तान्तरण गर्नेमा बैजनाथ गाउँपालिका जिल्लाकै पहिलो गाउँपालिका भएको छ । अहिलेसम्म अन्य स्थानीय तह कसैले पनि राहत सामाग्री हस्तान्तरण नगरेको उनले बताए । अन्य गाउँपालिकाले पनि राहत उपलब्ध गराउने घोषणा गरेको र सम्पर्कमा रहेको बताए । 


प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्