Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • नेपाल भारत मैत्री संघले हस्तान्तरण गर्यो भूकम्प प्रभावित क्षेत्रमा राहत-(फोटो फिचर)
नेपाल भारत मैत्री संघले हस्तान्तरण गर्यो भूकम्प प्रभावित क्षेत्रमा राहत-(फोटो फिचर) स्थलगत निरीक्षण गरी फर्कियो टोली 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, कात्तिक २५, २०८०

जाजरकोट : नेपाल भारत मैत्री संघ केन्द्रीय समितिले भूकम्प प्रभावित जाजरकोट र रुकुम(पश्चिम)का पीडितका लागि राहत सामाग्री हस्तान्तरण गरेको छ । संघका केन्द्रीय पदाधिकारीको टोली पुगेर जाजरकोटस्थित भेरी नगरपालिका वडा नम्बर १ रिम्ना र रुकुम (पश्चिम)मा रहेको आठविसकोट नगरपालिकामा उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

भिडियो हेर्नुस् :

संघले आठविसकोट नगरपालिकाका ५ सय ६० र जाजरकोट, भेरी नगरपालिका वडा नम्बर १ रिम्नास्थित २ सय ४० घर परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको हो । आठविसकोट नगरपालिकाकी नगर उपप्रमुख धनकुमारी शाही र भेरी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष दिपक रानालाई राहत सामाग्री हस्तान्तरण गरिएको थियो ।

Nepal india Maitri Sangh Rahat 11699724867.jpg

संघले पहिलो चरणमा भूकम्प पीडितका लागि करिव १२ लाख रुपैयाँ बराबरको राहत सामाग्री (ब्ल्यांकेट र खाद्य सामाग्री) उपलब्ध गराएको छ । संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुष्मा शर्मा, महासचिव बोधकृष्ण सुवेदी, संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश अध्यक्ष बासुदेव रिमाल, केन्द्रीय उपाध्यक्ष एवम् कर्णाली प्रदेश अध्यक्ष धनबहादुर बस्नेत, केन्द्रीय सदस्य अमर खड्का, संघको कोहलपुर शाखा सदस्य खिना राना मल्लले राहत सामाग्री हस्तान्तरण गरेका थिए । 

राहत सामाग्री हस्तान्तरण गरिसकेपछि वरिष्ठ उपाध्यक्ष शर्माले एकद्धार प्रणाली अनुसार राहत सामाग्री बाँडिएको बताइन् । रुकुम(पश्चिम) आठविसकोटमा उपमेयरलाई र भेरी नगरपालिका वडा नम्बर १ रिम्नामा वडाअध्यक्षलाई सामाग्री हस्तान्तरण गरिएको उनले जानकारी दिइन् ।

‘हामीले एकद्धार प्रणाली अनुसार नै राहत बाँड्यौं, स्थलगत निरीक्षण गर्ने क्रममा भूकम्प पीडितको अवस्था बुझ्दा राहत यति धेरै आएको छ, प्रत्यक्ष हेर्दाखेरी पाउनु भएको छैन, कसैले धेरै लग्यो, कसैले थोरै लग्यो भन्ने गुनासो छ,’ उनले भनिन् ।

Nepal india Maitri Sangh Rahat 21699724866.jpg

संघका महासचिव सुवेदीले भूकम्पबाट सबैभन्दा बढी मानविय क्षति भएको जाजरकोट र रुकुममा पुगेर राहत हस्तान्तरण गरिएको बताए । ‘पहिलो चरणमा १२ लाख रुपैयाँ बराबरको खाद्य सामाग्री र ब्ल्यांकेटहरु ल्याएर भेरी नगरपालिकाको वडा नम्बर १ रिम्नामा जिम्मा लगायौं, यहाँ २ सय ४० परिवारका लागि र  ५ सय ६० परिवारका लागि रुकुम(पश्चिम)को आठविसकोटमा जिम्मा लगाएका छौं,’ उनले भने । 

संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश अध्यक्ष रिमालले प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गर्न पाउँदा खुसी लागेको बताए । भूकम्प पीडितहरुले खान नपाएको, सुत्न निकै नै अप्ठ्यारो भएको अनुगमनका क्रममा पाइएको बताए । ‘हामीले अनुगमन पनि गर्यौं, अनुगमन गरिसकेपछि राहत पनि दियौं, राहत वितरण गर्न पाउँदा हामी खुसी नै छौं,’ उनले भने ।  

संघका कर्णाली प्रदेश अध्यक्ष समेत रहेका केन्द्रीय उपाध्यक्ष बस्नेतले यो राहत पीडामा मल्हम लगाउनका लागि ल्याएर वितरण गरिएको बताए । ‘यो राहत पीडामा मल्हम मात्र हो, यस्तो प्रकोप कहिल्यै नपरोस्,’ उनले भने । संघका केन्द्रीय सदस्य खड्काले भूकम्पछि जाजरकोट र रुकुम(पश्चिम)का जनतालाई गाँस र बासको अप्ठयारो भएको बताए ।

राहत वितरणको काम अझै ब्यवस्थित हुन नसकेको पाइएको उनले सुनाए । ‘पीडितको पीडा त छदैछ, पीडामा मल्हम लगाउने राज्यको दायित्व हो, ब्यवस्थापनको काम फितलो देखिएको छ,’ उनले भने ‘पीडित परिवारलाई राहत पुग्ने कार्यक्रम ल्याउनुपर्छ ।’

संघकी कोहलपुर शाखा सदस्य मल्लले भूकम्प पीडितको एकदमै दर्दनाक स्थिती रहेको बताइन् । ‘घरमा बस्न पाएका छैनन्, बाहिर सितमा पीडादायी रुपले बसेका छन्, बाँचेका परिवारको कुरा सुन्दा आँसु आउँछ,’ उनले भनिन् ।  

राहत पाएपछि आठविसकोट नगरपालिकाकी नगर उपप्रमुख शाही र भेरी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रानाले आफुहरुको पीडामा मल्हम लगाउन नेपाल भारत मैत्री संघले गरेको राहत सहयोगप्रति कृतगता प्रकट गरेका थिए । भूकम्पले जाजरकोट र पश्चिम(रुकुम)बासी निकै पीडामा रहेको उनीहरुले दुखेसो पोखे । 

Nepal india Maitri Sangh Rahat 31699724868.jpg

Nepal india Maitri Sangh Rahat 71699724871.jpg

Nepal india Maitri Sangh Rahat 61699724871.jpg

Nepal india Maitri Sangh Rahat 41699724870.jpg

Nepal india Maitri Sangh Rahat 51699724870.jpg

Nepal india Maitri Sangh Rahat 91699724877.jpg


प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २३:२२
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्