Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, असोज १०, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
विशेष
  • Home
  • विशेष
  • मन्त्री हमालको राजनीतिक आरोह-अवरोह
मन्त्री हमालको राजनीतिक आरोह-अवरोह
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असोज २२, २०७८

नेपालगन्ज : ‘१२ वर्षपछि खोलो फर्केर आउँछ’ भन्ने उखान नेपाली समाजमा चरितार्थ छ । यही उखान यतिबेला नेपाली कांगे्रसका नेता गजेन्द्र हमालको जीवनमा लागु भएको छ । नेपाली कांग्रेसमा लामो समय राजनीति गरेपनि उचित ठाउँ नपाएका हमाल शुक्रबार मन्त्री बन्न सफल भए ।

हमाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्न सफल भएका हुन । पार्टीको राजनीतिमा सबै अवसर गुमेपछि सामाजिक तथा धार्मिक काममा लागिरहेका हमाललाई कांग्रेसको वर्तमान नेतृत्वले मुल्यांकन स्वरुप मन्त्री बनाएको हो । बाँकेका पुराना कांग्रेस नेता मध्येका एक हुन, हमाल । नेपाली कांग्रेस बाँकेका सभापति समेत भइसकेका हमाललाई धेरैले सादगी र सन्त नेताका रुपमा चिन्छन् ।

पार्टीको कुनै सक्रिय पदमा नरहेपनि उनको योगदान नेपाली कांग्रेसका लागि अविष्मरणीय रहेको यहाँ नेता, कार्यकर्ता बताउँछन् । कांग्रेसको संगठन विस्तारमा गजेन्द्र लगायत हमाल परिवारको योगदान धेरै छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले बिस्तार गरेको मन्त्रि परिषदमा उनी नियुक्त भएका हुन् । यसका लागि हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको पनि सिफारिस रहेको राजनीतिक वृत्तमा चर्चा छ । तर, हमालले उक्त आरोपलाई अस्वीकार गर्दै आएका छन् ।

 आफ्ना भाईहरुसँगमन्त्री गजेन्द्र हमाल । 

उनी र प्रधानन्यायाधीश राणाबीचको साहिनो ज्वाई-जेठान हो । आफु मन्त्री बन्नमा पार्टी बाहिरभन्दा भित्रैबाट सहयोग भएको हमालको दाबी छ । ‘म मन्त्री बन्नलाई बाहिरका मान्छेको सहयोग किन आवश्यक पर्यो र ?’ शुक्रबार उनले भने ‘म राजनीतिक परिवारमा जन्मेको, हुर्केको मान्छे हुँ, नेपाली कांग्रेसको संगठन विस्तारमा मेरो योगदान कति छ, त्यो त पार्टीले पनि मुल्यांकन गरेको होला नि ।’

कांग्रेसको संगठन विस्तारमा उनका दाई स्वर्गिय रनेन्द्रबहादुर हमाल ‘भाइराजा’को योगदान नेपाली कांग्रेस वृत्तमा अविष्मरणीय छ । उनले राजनीतिमा अनेक संम्भावना हुने र मन्त्री बन्ने कुरा कुनै असम्भव नभएको तर्क पनि गरे । हमाल २०१० फागुन ८ मा जन्मेका हुन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हमाल २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष हुँदा नेविसंघ बाँकेको जिल्ला अध्यक्ष भएका थिए ।

२०४० सालमा स्थानीय त्रिभुवन चोकमा तत्कालिन राजा र रानीको फोटो च्यातेपछि उनको चर्चा चुलिएको थियो । वि.सं. २०३९ र २०४४ सालमा वडा अध्यक्ष बनिसकेका हमाल २०५३ सालमा कांग्रेस विभाजन हुँदा बाँके कांग्रेसको सभापति बनेका थिए । नेपाली कांग्र्रेसका नेता सुशिल कोइरालासँगको टकरावका कारण उनी देउवातिर लागेका थिए । कोइराला बाँचुञ्जेल उनको टकराव रहिरह्यो ।

पार्टीले उनलाई पहिलो संविधान सभा निर्वाचन २०६४ मा टिकट दियो । बाँके क्षेत्र नम्बर १ बाट चुनाव लडेका उनी नेकपा माओबादीका नेता तिलक परियारसँग पराजित भएका थिए । त्यसयता उनी पार्टीको गतिविधीमा कमै मात्रामा देखिन्थ्ये । मुलुकमा हिन्दुराज्य स्थापना गर्नुपर्छ भन्दै उनले अभियान नै थालेका थिए ।

केही वर्षअघि उनले नेपालमा हिन्दुराज्य स्थापनाका लागि दवाव स्वरुप भारतबाट ठुलो संख्यामा सन्त, महन्तलाई नेपालगन्जमा जमघट गराएका थिए । ‘पार्टीले अहिले मलाई मुल्यांकन गरेर ठुलो जिम्मेवारी दिएको छ, म यो जिम्मेवारीलाई कुशलता पुर्वक पुरा गर्नेछु,’ उनले भने ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १५:३३
#गजेन्द्र हमालको राजनीतिक यात्रा
प्रतिक्रिया दिनुहोस्
थप विशेष
नेपाल प्रहरीको आधारभुत तालिमबाट ३ सय जवान दीक्षित-(फोटो फिचर)
नेपाल प्रहरीको आधारभुत तालिमबाट ३ सय जवान दीक्षित-(फोटो फिचर) आइतबार, असोज ७, २०८०
सफलताको दुई वर्ष
सफलताको दुई वर्ष बुधबार, असोज ३, २०८०
बाँकेको ढकेरी नजिक पुर्ब-पश्चिम राजमार्गमा शक्तिशाली विष्फोट
बाँकेको ढकेरी नजिक पुर्ब-पश्चिम राजमार्गमा शक्तिशाली विष्फोट आइतबार, भदौ ३१, २०८०
‘पुँजीवादी अर्थतन्त्रलाई प्राथमिकता दिनु विपीप्रति घोर अपमान’
‘पुँजीवादी अर्थतन्त्रलाई प्राथमिकता दिनु विपीप्रति घोर अपमान’ आइतबार, भदौ २४, २०८०
प्रेस युनियन र प्रेस स्वतन्त्रता 
प्रेस युनियन र प्रेस स्वतन्त्रता  बुधबार, भदौ २०, २०८०
भेरी अस्पतालले सुरु गर्दै ‘हिस्टो प्याथोलोजी’ सेवा 
भेरी अस्पतालले सुरु गर्दै ‘हिस्टो प्याथोलोजी’ सेवा  मंगलबार, भदौ १९, २०८०
स्वर्गिय राजा बीरेन्द्रको पूर्णकदको शालिक पुर्नस्थापना गर्ने तयारी-(भिडियो सहित)
स्वर्गिय राजा बीरेन्द्रको पूर्णकदको शालिक पुर्नस्थापना गर्ने तयारी-(भिडियो सहित) शनिबार, भदौ १६, २०८०
कुसुमले गुमायो असल समाजसेवी
कुसुमले गुमायो असल समाजसेवी शनिबार, भदौ १६, २०८०
जसले लाखौं बालबालिकालाई बचाए, आफैले मृत्युसँग हारे
जसले लाखौं बालबालिकालाई बचाए, आफैले मृत्युसँग हारे शुक्रबार, भदौ १५, २०८०
लोकप्रिय
  • Week
  • Month
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्