Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बिहीबार, असोज ११, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
विशेष
  • Home
  • विशेष
  • ‘जनयुद्ध’ मा कमाण्डरदेखी खेलकुद मन्त्रीसम्म
‘जनयुद्ध’ मा कमाण्डरदेखी खेलकुद मन्त्रीसम्म
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असोज २२, २०७८

नेपालगन्ज : तत्कालिन नेकपा माओबादीले थालेको ‘जनयुद्ध’का क्रममा बाँके र बर्दियामा दैनिकजसो हुने घटनामा जोडिएर आउने नाम हो, ‘अथक’ । बाँके र बर्दियामा माओबादीले गरेको कारबाहीको जिम्मा यिनै ‘अथक’ले लिन्थ्ये र सञ्चार माध्यमले उनको हवाला दिदै समाचार सम्प्रेषण गथ्र्ये ।

विभिन्न आरोह-अवरोह पार गर्दै अथक अहिले संघिय सरकारको 'युवा तथा खेलकुद' मन्त्री बन्न सफल भएका छन ।  उनी मन्त्री त्यसै बनेका होइनन, लामो राजनीतिक संघर्ष, पार्टीका लागि उनले गरेको त्याग नै मुल्यांकनको मुख्य आधार हो । ‘मैले पार्टीमा रहेर गरेको कामको मुल्यांकन स्वरुप नै अहिले मन्त्रीको जिम्मेवारी पाएको हुँ,’ उनले भने । उनी बाँके, प्रतिनिधी सभा क्षेत्र नम्बर १ का सांसद हुन ।

२०२८ सालमा रुकुममा जन्मिएका हुन, महेश्वरजंग गहतराज ‘अथक’ । हाल उनी नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १ धम्बोझीका स्थायी बासिन्दा हुन । आमा रति विश्वकर्मा र बुबाको सुकीराम विश्वकर्माको कोखबाट जन्मिएका उनको भित्री कथा भिन्न छ । शैक्षिक योग्यताका हिसाबले आइ.ए. सम्मको अध्ययन गरेका उनले २०४६ सालमा नेकपा मसालको पार्टी सदस्यता लिएका थिए ।

यस्तो छ अथकको राजनीतिक यात्रा
अतिविपन्न परिवारमा जन्मिएका उनले उमेरमा पढ्नै पाएनन । गरिबी र विपन्नताका कारण झण्डै १२ वर्षको उमेरमा मात्र उनी बिद्यालय भर्ना भएका थिए । ‘प्रारम्भिक राजनीतिक चेतना २०४३ सालको तत्कालिन पञ्चायती आमनिर्वाचन र त्यसकाविरुद्ध उठेका आवाजहरुबाट भएको थियो,’ उनी भन्छन् ‘दलित समुदायमा भइरहेको अमानविय व्यवहार शोसन, दमन, उत्पीडनका कारण त्यसबेला स्थानीय सामन्ती राजा, रजौटा र पञ्चायतकाविरुद्ध तिब्र घृणा विकास भयो ।’ २०४५ सालमा वीरेन्द्र मावि बाँफिकोट रुकुमको अनेरास्ववियू इकाई सचिवमा उनी चुनिएँ ।

त्यसपछि बिद्यार्थी राजनीतिमा लाग्ने नसाले उनलाई छोयो । २०४६ सालमा जिल्ला समिति रुकुमको कोषाध्यक्ष हुँदै सोही वर्ष चितवनमा सम्पन्न राष्ट्रिय भेलामा प्रतिनिधि भए । ‘२०४६ सालमा पंचायत विरोधी भावना बढ्दै जनआन्दोलनका रुप लिंदै जाँदा बाँफिकोट भेगमा नेकपा मशालको संघर्षका गतिविधि सञ्चालन गर्न लोकेन्द्र विष्ट मेरै घरमा बसेर पार्टी र आन्दोलनको बारेमा महत्वपूर्ण मार्ग निर्देशन गर्नुभयो,’ अथक भन्छन् ‘हामीलाई पार्टीका संघर्षका कार्यक्रमहरु पर्चा छर्ने, पोष्टर टाँग्ने, वालिङ गर्ने, मसाल जुलुस गर्ने जस्ता क्रियाकलापमा सरिक गराउनु भयो ।’

२०४७ मा तत्कालिन नेकपा मशालको एसीएम, अनेरास्ववियुको जिल्ला सचिव र राप्ती अञ्चल समन्वय समितिको सचिव समेतको जिम्मेवारी पाए । उनले डोल्पा र जाजरकोट समेतमा संगठन विस्तारको जिम्मा पाएका थिए । तत्कालिन अखिल नेपाल युवक संघको जिल्ला सदस्यमा मनोनित पनि भए, उनी । 

२०५० मा हेटौडा राष्ट्रिय भेलाबाट अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सदस्यमा निर्वाचित भएका अथक सोही वर्ष नेपाल उत्पीडित दलित मुक्ति समाजको बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा पनि निर्वाचित भए । रुकुम सल्यान र कर्णाली अञ्चलनको संगठानिक जिम्मा लिएर काम गरे । २०५१ मा नेकपा माओवादी रुकुमको जिल्ला भेलाबाट जिल्ला समिति सदस्यमा निर्वाचित भए ।

‘जनयुद्ध तयारीको अन्तिम प्रशिक्षण प्रचण्डबाट रोल्पामा सम्पन्न भएपछि दिमागमा पुरै जनयुद्ध राखेर तयारीमा लागियो,’ उनी सम्झन्छन ‘पार्टीले अन्तिम तयारी र थालनीको मिति समेत तय गरिसकेपछि प्रतिनिधिमूलक एक कारवाही रुकुममा गर्ने निर्देशन केन्द्रले गर्यो, पश्चिम कमाण्ड इन्चार्ज बादलको उपस्थितिमा बसेको जिल्ला समिति बैठकले कारवाहीको लागि मेरै कार्य क्षेत्रको आठवीसकोट, राडीजिउँला प्रहरी चौकीलाई टार्जेट गरी सर्वे गर्ने निर्णय गर्यो ।’

उक्त कारबाहीका लागि तोकिएका चार मध्येका एक जना कमाण्डर थिए, अथक । उनी सम्झन्छन, ‘त्यो मेरो जीवनको असाध्यै विशिष्ट महत्व र गौरवको क्षण बन्यो, यो मेरो अविष्मरणिय क्षण र गौरवमय परिघटना हो, जसले मलाई बाँच्न सिकाएको छ ।’ २०५७ मा रुकुमलाई माओबादीले देशको पहिलो जिल्ला जनसरकार घोषणा गर्दा अथक त्यहाँ पार्टीको महत्वपुर्ण जिम्मेवारीमा थिए ।

२०५७ मा पार्टी दोस्रो राष्ट्रिय सम्मेलन लगत्तै रुकुम जिल्ला पार्टी इन्चार्जमा नियुक्त भए, अथक । २०५९ मा विशेष क्षेत्रीय व्यूरो र रुकम इन्चार्जबाट भेरी-कर्णाली क्षेत्रीय व्यूरोमा सरुवा भएर गए । त्यहाँ हुम्ला, मुगु र जुम्ला, कालीकोट जिल्लाको इन्चार्ज भएर काम गरे । ‘एक वर्ष कर्णालीका गाउँवस्तीको संगठन र आन्दोलनको नेतृत्व गर्ने अवसर मिल्यो, कर्णाली बसाई शिक्षापरत उत्साहजनक रह्यो,’ उनी भन्छन् ।

उनी कर्णालीमा रहँदा बाँके–बर्दियाको इन्चार्जमा ज्ञामप्रसाद चालिसे ‘आयाम’ थिए । तत्कालिन सुरक्षाकर्मीको आक्रमणबाट चालिसे मारिए । बाँके र बर्दियामा पार्टीले ठुलै क्षति ब्यहोरेको अवस्थामा नयाँ जिम्मेवारीका साथ अथक यस क्षेत्रमा आइपुगे । उनी यहाँ आउँदासम्म आयाम सहित २३ जना प्रभावशाली नेताहरु (डिसिएम) मारिएका थिए । भुमिगत जीवन र नौलो परिवेशमा पनि अथकले बाँके र बर्दियामा आफुलाई स्थापित नै गराए ।  अथकले बाँके र बर्दियामा फरक शैलीबाट युद्ध र पार्टीका गतिविधी अगाडी बढाए ।

‘ज्ञाम आयाम संस्कृति भनेर संश्लेषण गरी व्यापक स्कूलिङ चलाइयो, त्यसबाट सबैमा बद्लाभाव र संकल्पका साथ व्यापक जनतालाई संगठित गर्ने दिशातिर प्रेरित र जिम्मेवार बनाइयो,’ उनले विगतलाई स्मरण गर्दै भने । २०६० मा अथक पार्टी केन्द्रिय समितिको सदस्यमा मनोनित भए । त्यसपछि उनले बाँके-बर्दिया विशेष जिल्ला र केही समय सुर्खेत जिल्ला समेतको नेतृत्व सम्हाल्न पुगे ।

‘संसदीय दलहरु, अधिकारकर्मी, कानून व्यवसायी, उद्योगी, बुद्धिजीवि, विकासकर्मी र मिडियासँगको सहकार्य र सहमतिको अभ्यासले जनयुद्ध र जनआन्दोलनलाई प्यूजन गराएर केन्द्रीय नारालाई स्थानीय स्तरमा अभ्यास र संयुक्त मोर्चाको आधार तयार पार्दै बाँके बर्दियामा एकातिर जनयुद्धका गतिविधि र अर्कातिर जनआन्दोलनको भावभूमी तयार पार्ने काम भयो,’ अथक भन्छन ।

२०६३ मंसिरमा विस्तृत शान्ति सम्झौता पश्चात माओबादी शान्तिपुर्ण राजनीतिमा आयो । उनी २०६५ देखि २०६९ साउनसम्म पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीसँगै थारुवान राज्य समितिको सेक्रेटरी भए । २०६९ माघ २० देखी २५ गतेसम्म हेटौडामा सम्पन्न एकताको सातौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७० सालको संविधासभाको निर्वाचनमा माओबादीका तर्फबाट बाँके, क्षेत्र नम्बर १ मा उम्मेदवार भएपनि पराजित भएका थिए ।

२०७१ मा विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अथक पुनः पार्टी केन्द्रीय समितिमा निर्वाचित भए । २०७३ जेठमा पार्टी केन्द्रीय समितिको सचिवालय सदस्यमा मनोनित भएका अथक २०७४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाटै वाम गठबन्दनका तर्फबाट उनी उम्मेदवार भइ निर्वाचित भएका थिए । २०७५ जेठ ३ गते माओवादी केन्द्र र एमालेबीच पार्टी एकता पश्चात गठन भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको उनी केन्द्रिय सदस्य भएका थिए ।

पार्टीका लागि धेरै योगदान गरेका अथक आफ्नै पार्टीभित्र भने अथक अवसरबाट बञ्चित हुदै आएका थिए । उनीभन्दा धेरै पछाडी राजनीतिमा आएका कयौं नेताले राजनीतिक फाइदा लिइसकेका छन् । यसपटक अथकलाई मन्त्रि बनाउन पार्टी अध्यक्ष प्रचण्डले पनि निकै दवाव खेप्नु परेको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा अथकले मन्त्री पदको जिम्मेवारी सम्हाल्दैछन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १६:१३
#मन्त्री अथकको संघर्ष
प्रतिक्रिया दिनुहोस्
थप विशेष
नेपाल प्रहरीको आधारभुत तालिमबाट ३ सय जवान दीक्षित-(फोटो फिचर)
नेपाल प्रहरीको आधारभुत तालिमबाट ३ सय जवान दीक्षित-(फोटो फिचर) आइतबार, असोज ७, २०८०
सफलताको दुई वर्ष
सफलताको दुई वर्ष बुधबार, असोज ३, २०८०
बाँकेको ढकेरी नजिक पुर्ब-पश्चिम राजमार्गमा शक्तिशाली विष्फोट
बाँकेको ढकेरी नजिक पुर्ब-पश्चिम राजमार्गमा शक्तिशाली विष्फोट आइतबार, भदौ ३१, २०८०
‘पुँजीवादी अर्थतन्त्रलाई प्राथमिकता दिनु विपीप्रति घोर अपमान’
‘पुँजीवादी अर्थतन्त्रलाई प्राथमिकता दिनु विपीप्रति घोर अपमान’ आइतबार, भदौ २४, २०८०
प्रेस युनियन र प्रेस स्वतन्त्रता 
प्रेस युनियन र प्रेस स्वतन्त्रता  बुधबार, भदौ २०, २०८०
भेरी अस्पतालले सुरु गर्दै ‘हिस्टो प्याथोलोजी’ सेवा 
भेरी अस्पतालले सुरु गर्दै ‘हिस्टो प्याथोलोजी’ सेवा  मंगलबार, भदौ १९, २०८०
स्वर्गिय राजा बीरेन्द्रको पूर्णकदको शालिक पुर्नस्थापना गर्ने तयारी-(भिडियो सहित)
स्वर्गिय राजा बीरेन्द्रको पूर्णकदको शालिक पुर्नस्थापना गर्ने तयारी-(भिडियो सहित) शनिबार, भदौ १६, २०८०
कुसुमले गुमायो असल समाजसेवी
कुसुमले गुमायो असल समाजसेवी शनिबार, भदौ १६, २०८०
जसले लाखौं बालबालिकालाई बचाए, आफैले मृत्युसँग हारे
जसले लाखौं बालबालिकालाई बचाए, आफैले मृत्युसँग हारे शुक्रबार, भदौ १५, २०८०
लोकप्रिय
  • Week
  • Month
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्