Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • धार्मिक आस्थाको केन्द्र बन्दै बर्फानी बाबा आश्रम-(भिडियो रिपोर्ट सहित)
धार्मिक आस्थाको केन्द्र बन्दै बर्फानी बाबा आश्रम-(भिडियो रिपोर्ट सहित) आश्रमलाई ब्यवस्थापन गर्न चुनौती
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, मंसिर २२, २०८०

नेपालगन्ज : बाँकेको चर्चित धार्मिक तथा पर्यटकीय स्थल हो, बर्फानी बाबा आश्रम । दुधेश्वर महादेवका नामले समेत चिनिने आश्रममा भारत र नेपालका थुप्रै ठाउँबाट भक्तजनहरु पुगेर बाबासँग आर्शिवाद लिन्छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने पहाडको चुचुरोमा बर्फानी बाबाको आश्रम अवस्थित छ । ‘बरफमा बसेर तपस्या गर्ने’ बाबाको आश्रम भएकाले यस ठाउँलाई बर्फानी बाबा आश्रम भन्न थालिएको हो । 

‘पहिला म गोठेकुण्ड (नाम्चेभन्दा माथी) तपस्या गथ्र्ये । तपस्या गर्दा गर्दै मलाई शिव जीले मलाई यो ठाउँमा भन्नु भएको थियो, दुद्धेश्वर महादेव कहाँ गएर बस भनेपछि म बसेर तपस्या गर्न थालेको हुँ, गाईलेकबाट आएर यहाँ दुध चढाउँदा रहेछन्, दुध चढाउँदाखेरी दुधेश्वर भयो,’ बर्फानी बाबाले भने ‘नाम्चे बजारभन्दा माथी गोखेकुण्डमा हिमालमा बसेर म तपस्या गथ्र्ये, शिवजीले मलाई भन्नुभयो, यस्तो ठाउँ छ, त्यहाँ गएर पुरानो ठाउँलाई सम्हाल भन्नुभयो, पहाडी महाराज भन्ने हुनुहुन्थ्यो, उहाँले मलाई बरफबाट आएको हुँदा बर्फानी बाबा भन्ने नाम रह्यो, मलाई सबैले बर्फानी भन्नथाले ।’  

Barfani Baba1702051697.jpeg

टाढाबाट आउने भक्तजनले आश्रममै रहेको दुद्धेश्वर महादेव मन्दिरमा पुजाआजा र भाकल गर्छन् । यस्तै आश्रममा बाबालाई भेट गरेर आर्शिवाद लिन्छन् । बाबासँग आर्शिवाद माग्ने भक्तजनहरुको घुइँचो नै लाग्छ । यहाँको अर्को विशेषता भनेको खाना खाने समयमा पुग्ने जो कोही भक्तजनहरु खाली पेट फर्किदैनन् । बाबा भन्छन्, ‘भगवानको कृपाले यो ठाउँमा छोरा मागे छोरा पाएका छन्, आर्शिवाद माग्छन्, भक्ती अनुसारको शक्ती हो, त्यही अनुसार फल पाएका छन्, सबै लखनउ, दिल्ली, मुम्बई, कलकत्ता, तेलंगना, बाट आउँछन्, यता नेपालबाट आउँछन् ।’ 

वर्षौ पुरानो र जीर्ण अवस्थामा रहेको दुद्धेश्वर महादेव मन्दिरलाई तत्कालिन राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको पहलमा  जीर्णोद्धार गरिएको थियो । गाउँपालिकाको २० लाख रुपैयाँ अनुदान सहयोगमा मन्दिर तथा आश्रमसम्म जाने बाटो २०७८ चैत ४ गते निर्माण सम्पन्न गरिएको थियो ।गाउँपालिका अध्यक्षको कार्यकाल पुरा भएपछि  पनि उनले लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालयमा पहल गरेर धर्मशाला निर्माणका लागि बजेट निकासा गरिदिएको बाबा सम्झिन्छन् । आश्रममा अहिले बढी समस्या खानेपानी र बिद्युतको भएको उनी बताउँछन् । 

‘लाहुराम अध्यक्ष हुँदा मन्दिर बनाइदिनुभयो, धर्मशाला पनि बनाउन पहल गर्नुभयो, सबैभन्दा ठुलो त यहाँ पानी र बिजुलीको समस्या छ,’ पानी र बिजुली मैले पाए भनेदेखी राम्रो हुन्थ्यो,’ बाबाले भने ‘पानी तीन वटा मेसिनले तान्छ, महिनामा १ सय लिटर डिजल खान्छ, बोकेर खुवाउन सकिदैन, डेढ किलोमिटर, दुई किलोमिटर टाढा छ, आएका मान्छेलाई पानी पनि खुवाउन पाईदैन, पानीको लागि पैसा आएको छ भन्छन् ।’ आश्रम राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको बीच भागमा पर्ने भएकाले यसको विकासमा दुबै स्थानीय सरकारको समान दायित्व रहेको छ ।

भिडियो रिपोर्ट हेर्नुस् :

दुबै स्थानीय तहले आश्रमको विकासमा साझेदारी गरेका पनि छन् । तर, पछिल्लो समयमा दुबै सरकारले आफ्ना प्रतिवद्धता पुरा नगरेको बाबाको गुनासो छ ।  ‘म सँग १२ सय जति गाई छन्, चराउने केटाहरु कम छन्, मान्छे पनि कम छन्, नरैनापुर गाउँपालिकाले १० चरुवाको पैसा दिन्छु भन्छ, ४ चरुवाको पैसा पनि दिएको छैन, डेढ वर्ष जति भइसक्यो असार साउनमा दिने पैसा अहिलेसम्म दिएको छैन,’ उनले भने ‘लाहुराम जी अध्यक्ष हुँदाखेरी समस्या थिएन, सबैभन्दा ठुलो समस्या गाई चराउनेलाई पैसा दिन समस्या छ, राप्ती सोनारीको अहिलेका अध्यक्षले सहयोग गर्छु भन्नुहुन्थ्यो, दिन्छु भनेको सुनेको छु, के गर्नुहुन्छ ।’

बर्फानी बाबाप्रति गाउँपालिकाका निर्वतमान अध्यक्ष थारुको आस्था र विश्वास धेरै छ । त्यसैले उहाँ हरेक महिनाजसोः आश्रममा पुग्छन् । आश्रमको विकासका लागि सरकारले कत्तिपनि कन्जुश्याई गर्न नहुने उनको तर्क छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा पनि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग विशेष पहल गरेर आश्रममा खानेपानी आयोजना निर्माण गर्न ६० लाख र मन्दिर ब्यवस्थापनका लागि ५० लाख रुपैयाँ बजेट ल्याएको निर्वतमान अध्यक्ष थारुले बताए । 

‘बर्फानी बाबाको धेरै नाम सुनेपछि बडो मुस्किलले मन्दिरमा पुग्यौ, त्यतिबेला बाटो थिएन, बाबासँग सल्लाह गरे, उहाँले मन्दिरको आवश्यकता छ भन्नुभयो, त्यसपछि हामीले यो योजना सुरु गर्यौं, मेरो कार्यकालपछि मुख्यमन्त्री डिल्ली चौधरी पर्यटन मन्त्री हुँदाखेरी पनि थप बजेट हालियो, त्यसले धर्मशाला बन्यो,’ उनले भने । आश्रमको सबैभन्दा बढी समस्या खानेपानीको देखिएको बताए ।

आश्रमका बाबामा धेरै शक्ती रहेको र कतिपय बिरामी निको हुने र मागेको चिज पाउने थारुले सुनाए । बर्फानी बाबा आश्रमलाई पर्यटकीय हिसाबले जोड्न सकेको खण्डमा स्थानीय समुदायको रोजगारी सिर्जना हुनुका साथै ठाउँको प्रचार प्रसार हुने उनी बताउँछन् । खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट केही बजेट परेको बताए ।

Barfani Baba Aashram_NC Toli Photo 91701704430.jpeg

‘मैले आफ्नोतर्फबाट सांसद, मुख्यमन्त्रीसँग पहल गरेपछि यो वर्ष ६० लाखको खानेपानी बजेट आएको छ, अर्काे चाही ५० लाख मन्दिर ब्यवस्थापनको लागि मुख्यमन्त्री ज्युले बजेट हालिदिनु भएको छ, प्रत्येक वर्ष यसरी नै बजेट निरन्तर होस्,’ थारुले भने । आश्रममा देखा परेको खानेपानी समस्या समाधान भएमा शौचालय लगायतका पुर्वाधार निर्माणमा सहजता आउने सरोकारवालाको विश्वास छ । यसका साथै आश्रमसम्म पुग्ने बाटोलाई स्थानीय सरकारले समय समयमा मर्मत गरिदिनुपर्ने उनीहरुको सुझाव छ । 

‘बाटो वर्षेनी बिग्रिने ठाउँ छ, पहाडमा बाटो छ, पहिला हामीले कुटो कोदालोले बाटो बनायौं, पछि मर्मत गर्ने बेलामा जेसिबी पनि प्रयोग गरियो, प्रत्येक वर्षायखामपछि बाटो मर्मत गर्न जरुरी छ, पहिलाभन्दा अहिले हिडडुल गर्न मिल्ने भएको छ । तर, जति बन्नुपर्ने हो बनेको छैन,’ निवर्तमान गाउँपालिका अध्यक्ष थारुले भने । 

चारैतिर वन, जंगल र बीचमा उठेको पहाडको चुचुरोमा अवस्थित आश्रममा पुग्दा अधिकांस भक्तजनले धार्मिक आस्थासँगै रमाईलो अनुभुती गर्छन् । पछिल्लो समयमा आश्रममा केही सुधार भएपनि यहाँको समग्र विकासका लागि स्थानीय जनप्रतिनिधि, स्थानीय सरोकारवाला र राज्यको ध्यान जान जरुरी रहेको आश्रममा पुग्ने भक्तजनको सुझाव छ । 

आश्रममा बेला बेलामा विभिन्न दलका नेता, मन्त्री तथा सांसद पनि पुग्ने गरेका छन् । उनीहरुले मन्दिर दर्शन गर्नुका साथै बाबालाई भेटेर आर्शिवाद माग्छन् । नेपाली काँग्रेस राप्ती सोनारी गाउँपालिका सभापति भिम रानाक्षेत्री पनि यसैसाता आश्रममा पुगे । उनले आश्रमको अवस्थामा पछिल्लो समयमा केही सुधार आएपनि धेरै काम गर्नुपर्ने बाँकी रहेको बताए । 

Barfani Baba Aashram_NC Toli Photo 51701704423.jpeg

‘पहिलेको तुलनामा अहिले केही सुधार भएको देखियो, यहाँको स्थानीय जनप्रतिनिधि, स्थानीय सरकारवाला र राज्यको ध्यान जाने हो भने यो पर्यटन क्षेत्रको लागि अत्यन्त राम्रो ठाउँको रुपमा विकास गर्न सक्ने मैले देखेको छु, यसतर्फ सबैको ध्यान जान जरुरी छ,’ उनले भने । आश्रममा देखा परेको खानेपानी समस्या समाधान भएपछि शौचालय ब्यवस्थापन गर्न सहज हुने र दुबैतिर मन्दिरको भागलाई ब्यवस्थित गर्न सकेको खण्डमा अझ राम्रो बन्ने रानाको बुझाई छ । 

धार्मिक एवम् पर्यटकीय स्थलका रुपमा रहेको बर्फानी बाबा आश्रम पछिल्लो समयमा धेरै मन मस्तिष्कमा बसेको छ । आश्रमको विकासका लागि अहिलेसम्म सरकारी तबरबाट जे, जति प्रयासहरु भएका छन्, ति प्रशंसनीय नै छन् । तर, अझैपनि स्थानीय, प्रदेश र संघीय सरकारले गुरुयोजना नै बनाएर आश्रमको विकास गर्न जरुरी देखिन्छ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  २१:४०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्