Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • दुई वर्षदेखी 'बेपत्ता' शिक्षिकालाई हाजिर गराउन चलखेल !
दुई वर्षदेखी 'बेपत्ता' शिक्षिकालाई हाजिर गराउन चलखेल ! शिक्षक-शिक्षिकाको अनैतिक प्रेम सम्बन्धले बिगारेको बिद्यालयको ‘नैतिक शिक्षा’ 
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, पुस ३, २०८०
बाँकेको राप्ती सोनारी ९ स्थित गणेश माध्यामिक बिद्यालय । बेपत्ता भएका मोहम्मद रफिक खाँन र पुष्पाकुमारी थारु । तस्बिर : दूरसञ्चार

नेपालगन्ज : आफ्नै सहकर्मी शिक्षकसँगको ‘अनैतिक’ सम्बन्धका कारण झण्डै दुई वर्षदेखी बेपत्ता रहेकी एक शिक्षिकालाई हाजिर गराउन शिक्षा विकास तथा समन्वय इकाई नेपालगन्जले ‘चलखेल’ गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ स्थित गणेश माध्यामिक बिद्यालयको प्राथमिक तहकी स्थायी शिक्षिका पुष्पाकुमारी थारु २०७८ माघ १ गतेदेखी सोही बिद्यालयमा कार्यरत निम्न माध्यामिक तहका राहत शिक्षक मोहम्मद रफिक खाँनसँगै भागेर बेपत्ता भएकी थिइन् । 

लामो समयसम्म हाजिर नभएपछि राहत शिक्षक खानलाई भने बिद्यालयले नियम अनुसार जागिरबाट बर्खास्त गरेको थियो । बेपत्ता भएको दुई वर्ष पुग्नै लाग्दा स्थायी शिक्षिका पुष्पालाई भने हाजिर गराउन शिक्षा विकास तथा समन्वय इकाई बाँकेले अहिले चलखेल गरेको हो । पुष्पालाई हाजिर गराउन समन्वय इकाईले बिद्यालय प्रशासन र ब्यवस्थापन समितिलाई तीब्र दवाव दिएको बताइएको छ । शिक्षिकालाई बिद्यालयमा हाजिर गराउनका लागि समन्वय इकाईभित्र ठुलै आर्थिक चलखेल हुन लागेको स्रोतले जनाएको छ । 

खानसँग बेपत्ता भएको एक महिनापछि २०७८ फागुन १० गते मात्र शिक्षिका पुष्पाले हुलाकमार्फत एउटा निवेदन बिद्यालयको नाममा पठाएकी थिइन् । जबकी शिक्षा ऐन/नियमावली अनुसार कुनै स्थायी शिक्षक जानकारी बिना लगातार १५ दिन अनुपस्थित भएमा जागिरबाट बर्खास्त हुने ब्यवस्था गरेको छ ।  तर, पुष्पाले बिद्यालय ब्यवस्थापन समितिलाई हुलाकमार्फत पठाएको निवेदनमा २०७८ फागुन ५ गतेदेखी २०७९ असोज ९ गतेसम्म असाधारण विदा मागेकी थिइन् ।

पुष्पाले आफु बिरामी भई बिद्यालयमा हाजिर हुन नसकेको र बिद्यालयले आसाधारण बिदा स्वीकृतिका लागि सिफारिस गरिदिनुपर्ने माग गरिन् । बिद्यालयले आफुलाई असाधारण बिदा नदिएको भन्दै उनी तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलास समक्ष पुगिन् । ‘उत्प्रेषण तथा परमादेश’ समेतको आदेश माग गर्दै उनले अदालतमा निवेदन दायर गरेकी थिइन् । तर, अदालतले भने उल्लेखित आधार कारण र प्रमाणबाट निवेदन माग बमोजिम उत्प्रेषण तथा परमादेश समेतको आदेश जारी हुनुपर्ने अवस्थाको विद्यमानता नदेखिएको भन्दै गत असार ६ गते निवेदन खारेज नै गरिदियो ।   

अदालतले शिक्षा नियमावली-२०५९ को नियम १३३ को उपनियम (१) को देहाय (ख) मा उल्लेख भए बमोजिम ‘पहिले बिदाको अनुमति नलिई विद्यालयमा अनुपस्थित हुन नहुने’ आचार संहिताको पालना पनि निवेदिकाबाट भएको नदेखिएको जनाएको छ । यस्तै नेपालमा उपचार हुन नसक्ने वा प्रयास गरेर पनि उपचार हुन नसके पश्चात निवेदीकालाई रिफर गरिएको भन्ने सरकारी अस्पतालको पत्रसमेत पेश गरेको नपाइएको र उपचारका लागि देश बाहिर जानैैपर्ने बाध्यता नदेखिएको र जानुपर्दा पनि पुर्व जानकारी दिनै नसक्ने परिस्थिती रहेको भन्न मिल्ने नदेखिएको अदालतले भनेको छ । 

Adalat1702977987.jpeg

एकातिर अभिभावकको चर्को आक्रोश, अर्कोतिर शिक्षा ऐनमा भएको ब्यवस्थालाई टेकेर बिद्यालयले तत्कालिन समयमा पुष्पा विरुद्ध प्रक्रिया अगाडी बढाएको थियो । बिद्यालय ब्यवस्थापन समितिले २०७८ फागुन १९ गते पठन पाठनमा उपस्थित नभएकोले निज शिक्षिकालाई शिक्षा ऐनमा भए बमोजिम कानूनी कारबाहीको लागि प्रक्रिया अगाडी बढाउन शिक्षा विकास तथा समन्वय इकाई बाँकेमार्फत शिक्षा विभाग तथा तथा सम्बन्धित निकायमा सिफारिस गरिदिन माग गरेको थियो ।

निवेदकले उक्त निर्णय बदर गर्नुपर्ने माग गरेकोमा आवश्यक कारबाहीका लागि शिक्षा विकास तथा सम्बन्धित निकायमा सिफारिस गरिदिन अनुरोध गरिएको भन्ने बिद्यालय ब्यवस्थापन समितिको निर्णय कुन कानुनको प्रतिकुल हुन गयो निवेदनमा उल्लेख हुन नसकेको अदालतले औल्याएको छ । बिद्यालय ब्यवस्थापन समितिको सिफारिस उपर हालसम्म कारबाहीको टुंगो नलागी विचाराधिन रहेको भनि शिक्षा विकास तथा समन्वय इकाई बाँके नेपालगन्जको लिखित जवाफबाट देखिएको अवस्थामा उत्प्रेषणको आदेश जारी हुन सक्ने आवश्यकता र औचित्यता नदेखिएको पनि अदालतले भनेको छ । 

Adalat ko Aadesh1702977988.jpeg

अदालतले उत्प्रेषणको आदेश जारी हुन नसक्ने भन्दै रिट निवेदन खारेज गरेपनि शिक्षा विकास तथा समन्वय इकाई बाँकेले शिक्षिका पुष्पालाई न बर्खास्त गर्यो, न त उनको ठाउँमा नयाँ शिक्षक पदपुर्ति नै गर्यो । बरु बिद्यालयमा लामो समयदेखी शिक्षिका पुष्पा अनुपस्थित हुँदा बिद्यार्थीको पठन-पाठन प्रभावित हुदै आएको छ ।  बिद्यालयका प्रधानाध्यापक खडानन्द डाँगीले लामो समयदेखी शिक्षिका अनुपस्थित हुँदा अन्य शिक्षकको ‘पिरियड’ थपेर पठन-पाठन गरिरहेको सुनाए । विभागले लामो समयसम्म दरबन्दी कटौती नगर्दा र यसबारे समयमा टुंगो नलगाउँदा पठन पाठनमा समस्या भएको उनले बताए । 

बेपत्ता शिक्षिकाको विषयमा आवश्यक छलफल गर्नका लागि समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले आफुलाई फोन गरेर बोलाइरहेको डाँगीले सुनाए । बिद्यालयमा भएको शिक्षक–शिक्षिकाबीचको अनैतिक सम्बन्धले बिद्यार्थीमा नकारात्मक सोच जागेको अवस्थामा यिनै शिक्षिकालाई हाजिर गराउन खोज्नु समन्वय इकाईमाथी शंका गर्ने अवस्था आएको यहाँका शिक्षकहरु बताउँछन् । 

‘उहाँहरुबीचको सम्बन्धबारे अधिकांसलाई पहिल्यै थाहा थियो, तर प्रमाण नभेटिदाँ भन्न गाह्रो थियो, जब दुबै जना पहिलो पटक २०७८ मंसिरको पहिलो साता केही दिनसम्म बेपत्ता हुनुभयो र बिद्यालयमा आएर आफैले गल्ती स्वीकारेर माफी माग्नु भयो, त्यसपछि दुईबीचको अनैतिक सम्बन्धबारे सबैलाई थाहा भयो,’ एक शिक्षकले भने ‘त्यसपछि फेरी दुई महिनामै बेपत्ता हुनुभयो, अनि बिद्यालयमा अनुहार देखाउन आउन सक्नु भएन ।’ यस घटनाले बिद्यार्थीको मानसिकतालाई परिवर्तन गर्न महिनौं समय लागेको शिक्षकहरु सुनाउँछन् । ‘अहिले पनि बिद्यार्थीहरु बेपत्ता हुने शिक्षक र शिक्षिकाको नाम सुन्न चाहदैनन्,’ शिक्षकहरु भन्छन् । 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद रेग्मीले बेपत्ता शिक्षिकाको दरबन्दी कटौंती गर्ने विषयमा विभागले समयमा निर्णय नगर्दा अन्यौलता सिर्जना भएको बताए । शिक्षा ऐन/नियमावलीमा भएको ब्यवस्था अनुसार बिद्यालयले बेपत्ता शिक्षिकाको विषयमा आवश्यक निर्णय गरेको जिकिर गर्दै भने, ‘शिक्षा ऐन÷नियमावली अनुसार कुनैपनि शिक्षक १५ दिनसम्म बेपत्ता हुन्छ भने त्यसलाई कानुनी रुपले बरखास्त गरिन्छ, अनैतिक काम गरेर कुनै शिक्षिका दुई वर्षसम्म बेपत्ता हुन्छ भने उसलाई विभागले अहिलेसम्म बर्खास्त किन गरेन ?’ 

शिक्षिका पुष्पा बेपत्ता हुँदा शिक्षा विकास तथा समन्वय इकाईमा रामसुरेश यादव प्रमुख थिए । अहिले पनि यिनै यादव समन्वय इकाई प्रमुखको जिम्मेवारीमा छन् । प्रमुख यादवले गणेश मावि ढकेरीकी शिक्षिका पुष्पा बिरामी भएको कारणले अहिलेसम्म बिद्यालय नगएको कुरा मात्र आफुकहाँ जानकारीमा आएको बताए । ‘बिद्यालयले असाधारण बिदा दिएर पनि पछि हाजिरी गराउने ब्यवस्था छ,’ यादवले भने ‘शिक्षा विकास तथा समन्वय इकाईले नै निर्णय गर्ने गरी अदालतले बाटो खोलिदिएको हुँदा हामीले शिक्षिका पुष्पा चौधरीलाई स्पष्टीकरण सोध्यौं, जवाफ चाही बिद्यालयले नै हाजिर हुन नदिएको भन्ने खालको आएको छ ।’ 

बहुबिबाह गरी भागेर बेपत्ता भएको भन्नेबारे आफु जानकार नभएको प्रमुख यादव बताउँछन् । शिक्षिकालाई हाजिर नगराएको विषयमा कार्यालयले बिद्यालयलाई पत्र लेखेको उनले बताए । तर, बिद्यालयले भने असाधारण बिदा स्वीकृत गर्ने अधिकार समन्वय इकाईलाई भएकोमा अहिलेसम्म कार्यालयले यसबारेमा कुनै निर्णय नगरेको बताएको छ । 

बैजनाथ गाउँपालिका वडा नम्बर ५ बाँके निवासी अन्दाजी ४१ वर्षका रफिक र घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया दाङ निवासी पुष्पा दुबै बिबाहित हुन् । दुबैको साथमा श्रीमान र श्रीमती तथा सन्तान समेत छन् । तर, शिक्षण गर्ने क्रममा बिद्यालयमै माया प्रेममा परेर उनीहरुबीच अनैतिक सम्बन्ध जोडिएपछि दुबैले आफ्नो घर त्यागेका छन् । यसअघि २०७८ साल मंसिर पहिलो साता पनि बिद्यालयबाट केहीदिन सम्म जानकारी बिना बेपत्ता भएका दुबै जनाले बिद्यालयलाई निवेदन लेखेर क्षमायाचना गरेका थिए । 

Nibedan Rafeek1702977991.jpeg

Nibedan Pushpa1702977990.jpeg

बिद्यालय प्रशासनका अनुसार पुष्पा २०७१ सालमा शिक्षक सेवा आयोग उर्तीण गरेर २०७२ सालदेखी गणेश माविमा कार्यरत थिइन्, अर्का शिक्षक खाँन भने २०६६ सालदेखी उक्त बिद्यालयमा निमावि राहत कोटामा कार्यरत थिए । बिद्यार्थीलाई नैतिक शिक्षा सिकाउने शिक्षक-शिक्षिका आफै अनैतिक काममा लागेर बिद्यालयको बद्नाम गरेको भन्दै आक्रोशित बनेका अभिभावकहरु यि शिक्षिकालाई हाजिर गराउन खोजिए सह्य नहुने चेतावनी दिइरहेका छन् । 

बिद्यालयका अभिभावक एवम् तत्कालिन बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष घनबहादुर ओलीले नीति र बिधिलाई मान्ने हो भने शिक्षा ऐन अनुसार बर्खास्त गर्नुपर्नेमा अहिलेसम्म ढिलाई गरेकोप्रति शंका ब्यक्त गरे । ‘शिक्षा विकास तथा समन्वय इकाईले किन यस्तो काम गरिरहेको छ ? उनले प्रश्न गर्दै भने ‘यो त सिधैं शिक्षा नियमावलीमा भएको ब्यवस्था विपरितको काम भयो, समन्वय इकाई प्रमुख स्वयं सुरुदेखी नै जानकार हुनुहन्छ,  म अध्यक्ष हुँदा विधिवत रुपमा कारबाही प्रक्रिया अगाडी बढाएका हौं ।’ निरिह अवस्थामा रहेको नियमनकारी निकायले रिक्त पदलाई पुर्ति नगरेर अख्तियारको दुरुपयोग गरेको अभिभावकको आक्रोश छ । 

Shikshya ko Letter1702978133.jpeg

तत्कालिन बिद्यालय ब्यवस्थापन समिति र अभिभावक भेलाले निर्णय गरेर अनैतिक काममा संलग्न भई बेपत्ता हुने शिक्षिकालाई बर्खास्त गर्न समन्वय इकाईसमक्ष प्रक्रिया अगाडी बढाइएको उनले सुनाए । उनले थपे, ‘बिद्यार्थीको पठन पाठनमा ठुलो हानी भएको छ, दुई वर्षपछि पनि शिक्षिकालाई बहाली गर्न खोज्नु राम्रो नियत भएन ।’ यस विषयमा राप्ती सोनारी गाउँपालिकाको शिक्षा शाखाले पनि वास्ता नगरेको गुनासो गरे ।  २०२० सालमा स्थापना भएको उक्त बिद्यालयमा ६ सय जना बिद्यार्थी भर्ना छन् । शिशु कक्षादेखी कक्षा १२ सम्म पठन पाठन हुने बिद्यालयमा अहिले पुष्पा बाहेक २१ जनाले पठन-पाठन गरिरहेका छन् । सामुदायिक बिद्यालय भएपनि यहाँ कक्षा ५ सम्म अँग्रेजी माध्यमबाट पढाई हुने गरेको छ ।  


प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्