Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • राप्तीको बाढीले क्षतिग्रस्त झोलुंगे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
राप्तीको बाढीले क्षतिग्रस्त झोलुंगे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, पुस ४, २०८०
राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा बाढीले क्षति पुर्याएको झोलुंगे पुल ।

बाँके(कुसुम) : राप्तीको बाढीले क्षति पुर्याएको झोलुंगे पुल मर्मत नगरिदाँ दुर्घटनाको जोखिम बढेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बासखोली-भवानियापुर जोड्ने झोलुंगे पुलमा २०७९ असोजमा आएको बाढीले क्षति पुर्याएको थियो । 

झोलुंगे पुलमा क्षति पुगेको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म मर्मत गर्नमा बेवास्ता गरिएको यहाँका स्थानीय बासिन्दाले गुनासो गरेका छन् । राप्तीपारी भवानियापुर गाउँका स्थानीय मोहनराज डाँगीले क्षतिग्रस्त झोलुंगे पुलको अवस्था अत्यन्त दयनीय रहेको र जुनसुकै बेलामा पनि पुल खस्ने अवस्थामा पुगेको बताए । 

डाँगीले दूरसञ्चार डटकमसँग भने, ‘बाढीले गर्दा झोलुंगे पुलका तारहरु(लठ्ठा) चुडिएका छन्, बाढीले बगाएको रुख पुलमै आएर अड्किएको छ, पुलका प्लेटहरु पनि मान्छे खस्ने जस्ता भएका छन्, कुन दिन पुल नै खसेर ठुलो मानवीय क्षति हुने अवस्था छ ।’ बाढीका कारण बांगिएको उक्त झोलुंगे पुल अझैपनि मर्मत नभए थप क्षति हुने उनले बताए ।

पुल मर्मतका लागि राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कार्यालयले विभागमा पटक–पटक पत्र पठाएपनि वास्ता नभएको जनाएको छ । राप्ती सोनारी १ का वडाअध्यक्ष यमबहादुर खड्काले क्षतिग्रस्त पुल मर्मत गरिदिन ४/५ पटक जति पत्र पठाइसकेको सुनाए । ‘क्षतिग्रस्त पुल हेर्न सांसदहरु आउनु भयो, गाउँपालिकाबाट पनि अध्यक्ष आएर हेर्नुभयो, दुई पटक झोलुंगे पुल शाखाका प्रविधिकहरु आएर फर्के,’ उनले भने ‘गतवर्ष मर्मत गर्नलाई पैसा छैन भन्यो, यो वर्षपनि मर्मत हुने छाँट छैन ।’ 

पुलको दुबैतिरका तारलाई बाढीले चुडाएका कारण जतिबेला पनि पुल खस्न सक्ने अवस्था रहेको वडाअध्यक्ष खड्काले सुनाए । उनले थपे, ‘वडा कार्यालयले गर्नुपर्ने पहल गरेको हो, तर हाम्रो मेहेनतको कतैबाट पनि सुनुवाई भएन ।’ हिड्नै नमिल्ने पुलबाट मान्छेहरु बाध्यताले ओहोर-दोहोर गर्नु परिरहेको वडाअध्यक्ष खड्काले बताए । 

उक्त झोलुंगे पुल भएर राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ भवानियापुर, खुटी गाउँ लगायत सहित दाङ राजपुर गाउँपालिकाको भौवा, भैसाही तथा भारतबाट समेत ठुलो संख्यामा तिर्थयात्रीहरु आवत–जावत गर्छन् । पुलमा बाढीले क्षति गरेपछि नाजुक अवस्थामा आवत-जावत गर्नु परिरहेको अर्का स्थानीय मनोज बैश्यले बताए ।

संघ र प्रदेशका सांसदले निर्वाचनका बेला आफ्नै आँखाले देखेको पुलको दुरावस्थालाई अहिले बेवास्ता गरेको उनको गुनासो छ । ‘आफ्नै क्षेत्रका सांसदले वास्ता गरेनन्, मर्मत गर्ने निकायले पनि बेवास्ता गर्यो, हामी जनताले कहाँ गएर कस्लाई भन्ने ? वाक्क दिक्क भएर मिडियालाई गुहारेका हौं,’ उनले भने । 

शहरी विकास मन्त्रालयको स्थानीय पुर्वाधार विभाग अन्र्तगत झोलुंगे पुल डिभिजनका इन्जिनियर प्रवेश रेग्मीले बाँकेको कुसुमसहित देशका अन्य ठाउँका झोलुंगे पुलहरु मर्मत गर्न प्राविधिक टोली पुगेर स्टिमेट गरेपनि बजेटकै कारण गतवर्ष कामहरु रोकिएको बताए । ‘बाँकेको त्यो झोलुंगे पुल पनि हेरेर प्राविधिक टोली फर्केका हुन्, गतवर्ष नयाँ निर्माण र मर्मतको कुनै काम भएनन्, अर्थ मन्त्रालयले सहमती दिएन,’ उनले भने । 

शहरी विकास मन्त्रालयको स्थानीय पुर्वाधार विभाग अन्र्तगत स्थानीय पुर्वाधार विकास आयोजना कार्यालय बुटवलले लुम्बिनी प्रदेशभित्र रहेका झोलुंगे पुलहरु हेर्ने गरेको छ । आयोजना कार्यालयका इन्जिनियर राजु थापामगरले आफुहरु बाँकेमा पुगेर बाढीले क्षति गरेको झोलुंगे पुलको निरीक्षण गरेर स्टिमेट समेत तयार गरेको सुनाए । उनले भने, ‘स्टिमेट तयारी अवस्थामा थियो, तर बजेटमा अर्थ मन्त्रालयले सहमती नदिदाँ काम हुन सकेन ।’ 


प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्