Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • कालोपत्रे सडकमा पानी चुहाउँदै टिपर गुड्न थालेपछि चिन्तित छन् स्थानीय (भिडियो सहित)
कालोपत्रे सडकमा पानी चुहाउँदै टिपर गुड्न थालेपछि चिन्तित छन् स्थानीय (भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, पुस ११, २०८०
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरस्थित हुलाकी सडकमा पानी चुहाउँदै गुडिरहेको टिपर । तस्बिर : दूरसञ्चार

बाँके (फत्तेपुर) : बर्खायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने सडक आफ्नै आँखा अगाडी कालोपत्रे भएपछि दंग परेका बाँके, फत्तेपुरका मल्लबहादुर रोकाक्षेत्री अहिले भने चिन्तामा छन् । कालोपत्रे सडक भएर दैनिक रुपमा सयौंको संख्यामा नदीजन्य सामाग्रीहरु ओभरलोड बोकेका टिपरहरु पानी चुहाउँदै गुड्छन् । 

एकाबिहानै देखी राती अबेरसम्म टिपरले चुहाएको पानी सडकभरी रहन्छ । जसले गर्दा सडकको गुणस्तर चाडै खस्किएर भत्किने हो कि भन्ने चिन्ताले स्थानीय बासिन्दालाई सताएको छ । ‘बाटो जब पिच भयो, त्यसपछि ओभरलोड बोकेका टिपरहरु पानी चुहाउँदै गुड्न थालेका छन्,’ रोकाक्षेत्रीले भने ‘यसरी पानी चुहाउँदै टिपर गुड्ने हुन भने यो सडक धेरै दिन टिक्दैन ।’

भिडियो हेर्नुस् :

पिपल चौतारा टोल विकास संस्थाका अध्यक्ष समेत रहेका उनले भर्खरै बनेको कालोपत्रे सडकमा टिपर आतंक बढेपछि आफुहरुले रोक्न खोजेको बताए । तर, नदी खोलामा ठेक्का लिने र नजिकैको क्रसर उद्योग चलाउने ब्यक्तीहरु ठुलाबडा भएकाले यो आतंक रोकिनेमा स्थानीयलाई आशंका छ । रोकाक्षेत्रीले थपे, ‘यो काममा ठुलाबडा छन्, सबै ठुला बडाकै हात छ ।’

पानी चुहाउँदै गुड्ने, ओभरलोड बोक्ने, तीब्र गतिमा जथाभावी रुपमा चल्ने टिपरको आतंक बन्द गर्न माग गर्दै उक्त टोल विकास संस्थाले वडा नम्बर ६ को कार्यालयमा निवेदन पेश गरेको छ । उक्त संस्थाले टिपर आतंक रोक्नका लागि पहल गरिदिन वडा कार्यालयलाई लिखित रुपमा अनुरोध नै गरेको हो ।

‘हाम्रो सबैभन्दा नजिक रहेको सरकार वडा कार्यालय हो, सडकको सुरक्षाका लागि हामीले वडा कार्यालयलाई निवेदन दिइसकेका छौं, वडाले आफ्नो तर्फबाट आवश्यक पहल गर्ने हामीलाई विश्वास छ,’ अध्यक्ष रोकाक्षेत्रीले भने । 

हुलाकी सडक निर्देशनालयले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ नारायणपुरदेखी वडा नम्बर ६ फत्तेपुरको कुण्डाचोकसम्म हालै ‘अस्फाल्ट’ प्रविधिको सडक कालोपत्रे गरेको थियो । निर्देशनालयले उक्त सडकमा अहिले पनि निर्माण कार्य गरिरहेको छ । 

ठेकेदार कम्पनीले सडक हस्तान्तरण गर्न नपाउँदै दैनिक रुपमा सयौंको संख्यामा गुड्ने टिपरले पानी चुहाउँदै नदीजन्य सामाग्री बोक्न थालेपछि सडकको गुणस्तर कमजोर हुने स्थानीयको बुझाई छ । राप्ती सोनारी गाउँपालिकाले ठेक्का लगाएर केही महिनाअघि नदी तथा खोलाबाट सामाग्री उत्खनन गर्न अनुमति दिएपछि हुलाकी सडकमा टिपर तथा ट्याक्टरको चाप अहिले बढी देखिन्छ ।  

फत्तेपुरस्थित खल्ला टेपरीका स्थानीय अमरबहादुर बुढाले नयाँ बनेको कालोपत्रेमा पानी, माटो, बालुवा तथा ग्राभेल खसेर सडकको स्वरुप नै बिगारेको बताए । ‘पानी चुहाउँदै नदीजन्य सामाग्री बोकिरहेका छन्, त्यसकारण भर्खरै बनेको पिच सडक भत्किने हो कि भन्ने चिन्ता हामीलाई छ,’ खल्ला टेपरी टोल विकास संस्थाका अध्यक्ष बुढाले भने ।

तीब्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना निम्तिने खतरा पनि बढेको उनले सुनाए । ‘यो समस्या हामीले वडा कार्यालयसम्म पुर्याएका छौं, अब वडाले यो समस्या समाधान गर्छ भन्ने विश्वास छ,’ बुढाले भने ।  हुलाकी सडक भएर गुड्ने टिपर र ट्याक्टरले नदीजन्य सामाग्री नियम विपरित नै ओसार–पसार गरेको स्थानीयको आरोप छ ।

नियम विपरित सामाग्री ओसार्दा पनि प्रहरी र ट्राफिक प्रहरीले कारबाही नगरेको उनीहरुको गुनासो छ । ढलैया टोल विकास संस्थाका भुपेन्द्र विष्टले हुलाकी सडक खण्डमा नदीजन्य पदार्थ नियम विपरित नै ओसार–पसार भइरहेको बताए । भर्खरै कालोपत्रे भएको सडकमा पानी चुहाउँदै नदीजन्य सामाग्री ढुवानी भएकाले सडक सुरक्षा गरिदिनुपर्ने उनको माग छ । 

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलले नदीजन्य सामाग्रीको ठेक्का खुलेपछि टिपर तथा ट्याक्टरको चाप स्वभाविक रुपले बढेको बताए । ढुवानीका साधनले सडकमा पानी चुहाउने गरेको भनि विभिन्न टोल विकास संस्थाबाट निवेदन आएको उनले सुनाए ।

‘भर्खरै बनेको कालोपत्रे सडकमा पानी चुहाएर नदीजन्य सामाग्री बोक्दा सडकको गुणस्तर खस्किने हो की भन्ने चिन्ता उहाँहरुलाई छ,’ खरेलले भने ‘ब्यवसायी पनि सुरक्षित हुनुपर्यो, बाटो पनि सुरक्षित हुनुपर्यो भन्ने हामीलाई लागेको छ ।’ 

सडकमा पानी चुहाउने, ओभरलोड बोक्दा नदीजन्य सामाग्री बाटोमै खसाल्ने, तीब्र गतिमा गुडाउने समस्या समाधानका लागि स्थानीय प्रहरी र ट्राफिक प्रहरीलाई आफुले जानकारी गराईसकेको उनले बताए । ‘यसको नियमन गर्ने काम ट्राफिक प्रहरीको हो, हाम्रै वडामा ट्राफिकले चेकजाँच त गर्छ, तर यसमा ट्राफिकको ध्यान नपुगेको हो की ?’ वडाअध्यक्ष खरेलले भने । समयमै समस्या समाधान गर्न नसके राज्यले करोडौं लगानीमा बनाएको कालोपत्रे सडक नरहने अवस्था आउन सक्ने उनले सुनाए । 


प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्