Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • क्यान्सरले अपांगता बनायो, गरिखाने बाटो रोक्यो-(भिडियो सहित)
क्यान्सरले अपांगता बनायो, गरिखाने बाटो रोक्यो-(भिडियो सहित) 'गौरव स्मृति तथा वि योर फाउण्डेशन’ ले निःशुल्क इलेक्ट्रीक रिक्सा दिदाँ खुसी भए राजु  खान
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, पुस १३, २०८०

नेपालगन्ज : विपन्न परिवारका राजु खानले मजदुरी गरेर भएपनि जसोतसो दैनिक खर्च जोहो गरिरहेकै थिए । उनको जीवनमा अकस्मात एउटा बज्रपात आईपर्यो । करिव ८ वर्षअघि गम्भिर बिरामी भएर उनी थला परे । पेन्टरको काम गर्ने गरेका खानको रोजीरोटी सबै गुम्यो ।

दायाँ खुट्टामा एक्कासी रक्तसञ्चार बन्द भयो । त्यसपछि खुट्टामा घाउ देखियो । अस्पतालमा गएर उपचार गराउने क्रममा चिकित्सकले क्यान्सर भएको भन्दै खुट्टा नै काटेर फाल्नुपर्ने सुझाव दिए । खुट्टा काटेर फालेपछि उनी अपांगता भए । ‘ब्लड सर्कुलेसन नभएर मेरो खुट्टामा घाउ भयो र क्यान्सर भयो,’ विगतलाई सम्झिदै भने ‘क्यान्सर भईसकेको अवस्थामा खुट्टा काट्नुको विकल्प रहेन ।’   

भिडियो हेर्नुस् :

अपांगता भएपछि पहिलाको जस्तो सहज रुपले काम गर्न सक्ने भएनन् । एकातिर परिवारभित्रको चरम गरिबी, अर्कोतर्फ सबैको हेरविचार गर्ने आफु नै अपांगताको अवस्थामा पुगेपछि परिवारको बिचल्ली हुन थाल्यो । केही वर्षदेखी जसोतसो अर्काको इलेक्ट्रीक रिक्सा भाडामा लिएर भएपनि उनले चलाए । त्यही रिक्साको कमाईले परिवारको दैनिक खर्च र कोठा भाडा तिर्न पुग्यो ।

खानको दयनीय अवस्थालाई प्रत्यक्ष रुपमा देखेका स्थानीय समाजसेवी प्रदिप साहुको मन छोयो र केही सहयोग गर्ने भावना पलायो । अन्ततः प्रदिप नै संरक्षक रहेको ‘गौरव स्मृति तथा वि योर फाउण्डेशन’ मार्फत खानले शुक्रबार इलेक्ट्रीक रिक्सा पाएका छन् । औपचारिक कार्यक्रमका बीच प्रमुख अतिथी समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले रिक्सा हस्तान्तरण गरे । 

E Riksha Hand over1703860297.jpg

दुई लाख २० हजार मुल्य बराबरको इलेक्ट्रीक रिक्सा निःशुल्क रुपमा पाउँदा खान हर्षित मुद्रामा देखिन्थ्ये । ‘क्यान्सरले मलाई अपांगता बनायो, गरिखाने बाटो रोक्यो,’ उनले भने ‘प्रदिप दाईले इलेक्ट्रीक रिक्सा दिनुभयो, अब गर्ने खाने बाटो भयो, रिक्सा पाउँदा धेरै खुसी लागेको छ ।’ 

कृत्रिम खुट्टाको सहायताले हिडडुल गर्ने खान आफ्नो समस्या र पारिवारीक अवस्था देखाएर सहयोग माग्न धेरै ठाउँमा पुगे । उनी जहाँ पुगे सरकारी निकाय कसैले पनि सहयोग गरेनन् । ‘एउटा खुट्टा छैन, अपांग छु,’ खानले भने ‘नगरपालिका र वडा कार्यालयले एउटा खुट्टा नभएकोलाई सहयोग हुदैन भनेर फर्काए,’ उनले सुनाए । खानको घरमा श्रीमतीसहित दुई छोरी र बृद्ध बुवाआमा छन् । 

समाजसेवी प्रदिपले आफ्ना स्वर्गिय छोरा गौरवको स्मृतिमा कोष स्थापना गरेर उक्त फाउण्डेशन सञ्चालन गरिरहेका छन् । उनका अनुसार गौरव जिवित रहँदा पनि ‘वि योर फाउण्डेशन’ चलाउने गरेका थिए । फाउण्डेशनले दुःखी, गरिव तथा असहायलाई विभिन्न सहयोग गर्दै आएको थियो । गौरवको असामयिक निधन पश्चात छोराले थालेको सामाजिक कामलाई प्रदिपले सोही फाउण्डेशनमार्फत निरन्तरता दिदै आएका छन् ।

प्रदिपले स्वर्गिय छोरा गौरवको जन्मदिनको अवसरमा आर्थिक अवस्था कमजोर भएका नेपालगन्ज ५ निवासी खानलाई निःशुल्क रुपमा इलेक्ट्रीक रिक्सा प्रदान गरिएको बताए । ‘हामीले अक्षयकोष खडा गरेका थियौं, सोही कोषमार्फत गरिव तथा विपन्न परिवारका राजु खान जसको एउटा खुट्टा नै छैन,’ उनले भने ‘नेपाल सरकार र स्थानीय सरकारले पनि नहेरिरहेको अवस्थामा हामीले दयनीय अवस्था देखेर सहज रुपले जीवनयापन होस् भनेर सहयोग गरेका हौं ।’ 

Raju Khan Riksha Handover1703859525.jpeg

फाउण्डेशनले गरेको सहयोग यो पहिलो भने होईन् । गतवर्ष पनि फाउण्डेशनले कोहलपुरका स्वर्गिय पत्रकार लक्ष्मणराज सापकोटाको परिवारलाई सम्मान गरेको थियो । स्वर्गिय सापकोटाकी पत्नी देवकी सापकोटालाई नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरेको थियो । विपन्न परिवारका सापकोटाका छोरा छोरीको शिक्षा दिक्षामा सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरिएको हो ।

फाउण्डेशनले निःशुल्क रुपमा स्वास्थ्य शिविर, गरिव तथा विपन्नलाई खाना खुवाउने, बालबालिकालाई विभिन्न सहयोग जस्ता सामाजिक काम गर्दै आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ निवासी गौरवको २०७८ असार १ गते निधन भएको थियो । फाउण्डेसनका संरक्षक प्रदीप साहुले गौरवको नाममा ८ लाख रुपैयाँको अक्षय कोष स्थापना गरी सामाजिक कार्यलाई निरन्तरता दिदै आएका छन् । 

Raju Khan_Eriksha1703859527.jpeg


प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्