नेपालगन्ज : नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक ‘एमआरआई’ सेवा सञ्चालनमा आएको छ । अस्पतालमा बिहीबारदेखी उक्तसेवा सञ्चालन भएको हो । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहले उक्त सेवा शुभारम्भ गरेका हुन् ।
भेरी अस्पतालमा भर्ना भएकी १९ वर्षिया सुत्केरी निलम बर्माको स्वास्थ्य परिक्षण गराएर ‘एमआरआई’ सेवा शुभारम्भ गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालका लागि करिव २४ करोड रुपैयाँको लागतमा उक्त मेसिन उपलब्ध गराएको थियो । अस्पतालका अनुसार यो ‘थ्रिटेस्ला’ एमआरआई मेसिन हो । सरकारी अस्पतालमै एमआरआई सेवा सञ्चालनमा आएपछि गरिव तथा विपन्न समुदायका बिरामीलाई राहत मिलेको छ ।
भिडियो रिपोर्ट हेर्नुस् :
कार्यक्रमका प्रमुख अतिथी एवम् नेपालगन्ज उपमहामनगरपालिकाका नगर प्रमुख विष्टले भेरी अस्पतालको एमआरआई मेसिनलाई दिगो रुपमा सञ्चालन गर्नुको विकल्प नभएको बताए । उनले स्थानीय सरकारले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । विष्टले भने, ‘यसलाई कसरी दिगोपन गर्न सक्छौं, यसको उपयोगिताका बारेमा हामी प्रचार-प्रसार गर्न सक्छौं, एमआरआई गराउन यसअघि लखउन, काठमाडौं जानुपर्ने अवस्था थियो, रोग पत्ता नलागेर अकालमा ज्यान जानुपर्ने स्थिती थियो, यसलाई दिगोपन गराउन नेपालगन्ज उपमहानगरपालिकाले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।’
![Bheri Hospital maa MRI Sanchalan Photo 51707397381.jpeg](https://www.dursanchar.com/uploads/posts/Bheri Hospital maa MRI Sanchalan Photo 51707397381.jpeg)
अस्पताल विकास समितिका अध्यक्ष शाहले एमआरआई मेसिनलाई दिगो रुपले सञ्चालन गर्ने अस्पतालको योजना रहेको बताए । उनले भने, ‘अहिले सामान्य रुपले सञ्चालन गरेका छौं, भोलिका दिनमा विस्तृत रुपमा सञ्चालन गरेर जानेछौं ।’ एमआरआई लगायत स्वास्थ्य उपचार सेवा लिनका लागि हरेक नागरिकले नेपाल सरकारले लागु गरेको ‘स्वास्थ्य बीमा’ गराउन आवश्यक रहेको बताए ।
‘स्वास्थ्य बीमामार्फत सर्बसाधारण नागरिकले सेवा पाउन सहज हुन्छ, एमआरआई सेवा पनि सहज रुपमा लिन पाउँछन्,’ शाहले थपे । एमआरआईसँगै अन्य विशेषज्ञ सेवालाई पनि अस्पताल विकास समितिले अगाडी बढाउने उनले बताए ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. पवनजंग रायमाझीले अस्पतालबाट विभिन्न सेवाहरु प्रदान गरिरहेको अवस्थामा अहिले निदानका विषयमा एमआरआई सेवा पनि सुरु गरिएको बताए । ‘स्वास्थ्य क्षेत्रमा विभिन्न रोगको पहिचानका लागि एउटा उत्कृष्ट निदानका माध्यमहरु मध्ये एमआरआई सेवा पनि रहन्छ,’ मेसु डा. रायमाझीले भने ‘हामीले यो सेवा सुचारु गरेका छौं, यसलाई प्रदेश र छिमेकी प्रदेशका जनताले सजिलै ग्रहण गर्ने अवसर मिलेको छ ।’
![Bheri Hospital maa MRI Sanchalan Photo 61707397381.jpeg](https://www.dursanchar.com/uploads/posts/Bheri Hospital maa MRI Sanchalan Photo 61707397381.jpeg)
नेपाल सरकारले अस्पताललाई २४ करोड रुपैयाँको लागतमा एमआरआई मेसिन उपलब्ध गराएको जानकारी दिए । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तिमा पनि यस अस्पताललाई आवश्यकता महसुस गरेर जुन यो मेसिन उपलब्ध गराएको छ, त्यसको लागि म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु,’ डा. रायमाझीले भने ।
भेरी अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा. विश्वनाथ शर्माले पहिला रोग निदान गर्ने क्रममा एमआरआई मेसिनलाई सुरक्षाका दृष्टिकोणले एकदमै महत्वपूर्ण मानिने बताए । बिरामीका प्रत्येक अंग परिक्षण गर्नका लागि मेसिनबाट कम्तिमा पनि आधा घण्टा समय लाग्ने उनले सुनाए । ‘मेसिनबाट शरिरको विभिन्न अंगहरु यसमा हेर्न सकिन्छ,’ उनले भने ।
संघिय सरकारको मातहतमा सञ्चालित भेरी अस्पताल पश्चिम नेपालकै रेफरल अस्पतालका रुपमा परिचित छ । एमआरआई मेसिन सञ्चालनका क्रममा अस्पताल विकास समितिका सदस्य किरण आचार्य, डाक्टर डक्टप्रसाद धिताल र समिर गुरुङ, प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा. संकेत रिसाल, विभिन्न विभागिय प्रमुख, अस्पताल प्रशासनका कर्मचारी, चिकित्सक तथा नर्स, स्वास्थ्यकर्मी लगायतको उपस्थिती रहेको थियो ।
![Bheri Hospital maa MRI Sanchalan Photo 71707397379.jpeg](https://www.dursanchar.com/uploads/posts/Bheri Hospital maa MRI Sanchalan Photo 71707397379.jpeg)
![Bheri Hospital maa MRI Sanchalan Photo 81707397379.jpeg](https://www.dursanchar.com/uploads/posts/Bheri Hospital maa MRI Sanchalan Photo 81707397379.jpeg)
![Bheri Hospital maa MRI Sanchalan Photo 141707397386.jpeg](https://www.dursanchar.com/uploads/posts/Bheri Hospital maa MRI Sanchalan Photo 141707397386.jpeg)
![Bheri Hospital maa MRI Sanchalan Photo 101707397401.jpeg](https://www.dursanchar.com/uploads/posts/Bheri Hospital maa MRI Sanchalan Photo 101707397401.jpeg)
![Bheri Hospital maa MRI Sanchalan Photo 91707397378.jpeg](https://www.dursanchar.com/uploads/posts/Bheri Hospital maa MRI Sanchalan Photo 91707397378.jpeg)
![Bheri Hospital maa MRI Sanchalan Photo 111707397388.jpeg](https://www.dursanchar.com/uploads/posts/Bheri Hospital maa MRI Sanchalan Photo 111707397388.jpeg)
![Bheri Hospital maa MRI Sanchalan Photo 121707397388.jpeg](https://www.dursanchar.com/uploads/posts/Bheri Hospital maa MRI Sanchalan Photo 121707397388.jpeg)
![Bheri Hospital maa MRI Sanchalan Photo 151707397385.jpeg](https://www.dursanchar.com/uploads/posts/Bheri Hospital maa MRI Sanchalan Photo 151707397385.jpeg)
![Bheri Hospital maa MRI Sanchalan Photo 161707397385.jpeg](https://www.dursanchar.com/uploads/posts/Bheri Hospital maa MRI Sanchalan Photo 161707397385.jpeg)
![Bheri Hospital maa MRI Sanchalan Photo 131707397387.jpeg](https://www.dursanchar.com/uploads/posts/Bheri Hospital maa MRI Sanchalan Photo 131707397387.jpeg)
![Bheri Hospital maa MRI Sanchalan Photo 21707397384.jpeg](https://www.dursanchar.com/uploads/posts/Bheri Hospital maa MRI Sanchalan Photo 21707397384.jpeg)
![Bheri Hospital maa MRI Sanchalan Photo 41707397382.jpeg](https://www.dursanchar.com/uploads/posts/Bheri Hospital maa MRI Sanchalan Photo 41707397382.jpeg)