Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • ‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र 
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र  प्रविधिजन्य उत्पादन, महिलाद्धारा सञ्चालित उद्यम र स्थानीय उत्पादित बस्तु प्रमुख आकर्षण
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, माघ ३, २०८०

बाँके (बैजनाथ) : ‘कृषि, पर्यटन, उद्योग र उत्पादन सँस्कृतिको पहिचान, विकास र सम्मृद्धि बैजनाथको अभियान’ भन्ने मुल नाराका साथ हुन लागेको ‘प्रथम बैजनाथ तथा छैठौँ प्रादेशिक औद्योगीक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एंव प्रर्यटन महोत्सव-२०८०’ को तयारी तीब्र पारिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथ समिति बाँकेले पहिलो पटक यही माघ १० गतेदेखि २१ गतेसम्म उक्त महोत्सव सञ्चालन गर्न लागेको हो । बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित कोहलपुर न्यू सिटीको खाली क्षेत्रमा महोत्सव सञ्चालन गर्न लागिएको आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत औपचारिक रुपमा जानकारी गराएको हो ।

महोत्सव आयोजक समितिका तर्फबाट वरिष्ठ उपाध्यक्ष एवम् प्रचार–प्रसार संयोजक सुमन विश्वकर्माले एक सय ५० देखी २ सय वटा सम्म ‘नविनतम प्रविधिजन्य उत्पादन, महिलाद्धारा सञ्चालित उद्यम तथा स्थानीय स्तरमा उत्पादित बस्तु’ प्रमुख आकर्षणका रुपमा रहने जानकारी दिए ।  

भिडियो रिपोर्ट हेर्नुस् :

स्थानीय स्रोतको सदुपयोग गरि उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगको उत्पादित बस्तुको दिगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको उनले बताए । देश भित्रका सबै प्रकारका उत्पादन मुलक उद्योगका अलावा कृषि, वन पैदवार, हस्तकला, उर्जा, बायोग्याँस लगायत पर्यटन, औद्योगीक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टल रहने आयोजकले जनाएको छ । 

‘महोत्सवमा स्थानीय एवम राष्ट्रिय स्तरको साँस्कृतिक कार्यक्रम हरेक दिन हुनेछन् भने मेला अवधिभर संस्थाले एक लाख पचास हजार देखी दुई लाखसम्म दर्शक भित्र्याउने लक्ष्य लिएको छ,’ प्रचार–प्रसार संयोजक विश्वकर्माले भने ‘लघु घरेलु तथा साना उद्योगले स्थानीय तथा बाह्य स्तरमा उत्पादन गरेका स्वदेशी सामग्रीको बजार प्रवर्द्धन, आन्तरिक व्यापार तथा पर्यटन प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत देखिन्छ ।’ 

बैजनाथ गाउँपालिकामा आन्तरिक पर्यटक भित्र्याउन, यहाँको मौलिक कला सँस्कृती सभ्यता तथा मनमोहक प्राकृतिक सभ्यतालाई राष्ट्रिय स्तरमा चिनाउनका साथै पर्यटन प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्र विकासमा महोत्सवलाई प्रमुख उद्देश्य एवं लक्ष्यका रुपमा समेत लिइएको आयोजकले जनाएको छ ।

महोत्सवबाट करिव एक करोड रुपैयाँको हाराहारीमा आम्दानी हुने आयोजकको अनुमान छ । महोत्सवबाट प्राप्त आम्दानीको २० प्रतिशत रचनात्मक काममा र २० प्रतिशत रकम कमजोर अवस्थामा रहेका उद्यमीका लागि र बाँकी रकम महासंघको कार्यालय भवन निर्माण कार्यमा खर्च गरिने आयोजकले जनाएको छ । महोत्सवले गाउँपालिकाभित्र रहेका विभिन्न कला, सँस्कृति, भेषभुषा, मौलिक तथा साँस्कृतिक महत्व बोकेका विविधतायूक्त झाँकी, बाजा, परम्परागत पेशा, सीप लगायतका कुरालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन सहयोग पुर्याउने विश्वास गरिएको छ । 

गाउँपालिकाभित्र रहेका तथा सम्भावना बोकेका पर्यटकीय स्थललाई राष्ट्रिय स्तरमा चिनाउन महोत्सवले सहयोग पुर्याउने अपेक्षा पनि गरिएको छ । ‘गाउँपालिका क्षेत्रका घरेलु तथा साना उद्योग, महिला उद्यमीले आफ्ना उत्पादनको महोत्सव मार्फत प्रचार-प्रसार तथा बजारीकरणमा समेत सहयोग प्राप्त गर्ने अवसरको सृजना हुनेछ,’ संयोजक विश्वकर्माले भने । 

महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तु एवं सामग्री र लुम्बिनी प्रदेशको मौलिक कला सँस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानीय पर्यटकीय स्थलको जानकारीमूलक प्रदर्शनी, महिला उद्यमीद्वारा उत्पादित हस्तकलाका सामाग्री एवं बस्तुको प्रर्दशनी, नविनतम प्रविधि एंव बैकल्पिक उर्जाको प्रदर्शनी महोत्सवको आर्कषण रहेको छ । 

यस्तै बैंक तथा वित्तिय संघ-संस्था एंव सेवा प्रदायक संघ संस्थाको वर्तमान स्किमहरुको प्रदर्शनी, विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानबाट उत्पादित बस्तु तथा सामग्रीको प्रदर्शनी, बाल उद्यान, साँस्कृतिक तथा मनोरञ्जनात्मक क्रियाकलाप, थारु परिकार तथा सम्बन्धित साँस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारको साँस्कृतिक प्रस्तुती आर्कषण रहेको आयोजकले जनाएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथ समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेको सभापतित्व एवम् महासंघका केन्द्रीय सदस्य कुवेर रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष भागवतप्रसाद कँडेल, जिल्ला सदस्य दिपकराज भण्डारी, माधव रिजाल लगायतको उपस्थिती रहेको थियो । 


प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  २२:२०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण)
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण) मंगलबार, जेठ १, २०८१
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर)
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर) आइतबार, पुस २९, २०८०
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार 
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार  शनिबार, पुस २८, २०८०
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल शनिबार, पुस २८, २०८०
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित)
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित) आइतबार, मंसिर २४, २०८०
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने शनिबार, असोज १३, २०८०
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल बिहीबार, असोज ११, २०८०
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी बिहीबार, असोज ११, २०८०
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्