Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित)
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित) मानवता अध्ययन केन्द्रको व्यवस्थापनमा सेमिनार निःशुल्क
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, मंसिर २४, २०८०

नेपालगन्ज : मानव सेवा आश्रम नेपालगन्ज शाखाले ‘आमा सेमिनार’ गर्ने तयारी गरेको छ । मानवता प्रवर्द्धन कार्यक्रम अन्तरगत यही मंसिर २७ गते एक दिने सेमिनार गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

मानव सेवा आश्रम नेपालगन्ज शाखामा आयोजित पत्रकार सम्मेलनमा आश्रमका केन्द्रीय महासचिव सुशिला केसी ‘रुपा’ ले बुधबार दिउँसो ३ बजेदेखी बेलुकी ६ बजेसम्म स्थानीय क्यु.एफ.एक्स. सिनेमा हलमा आमा सेमिनार चल्ने बताइन् ।   

 ‘कतिपय बुवाआमाहरु सडक पेटीमा आउनु भएको छ, कतिपय घरभित्र खुम्चिएर बस्नु भएको छ, सुन्दर र सभ्य समाज निर्माण गर्नका लागि आमा सेमिनारले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ, यसले सकारात्मक प्रभाव पारेको महसुस हामीले गरेका छौं,’ उनले भनिन् ‘मानवमा असल चरित्र र असल संकार बसोस् भन्नका लागि हामीले कार्यक्रम गरेका छौं, यो कार्यक्रमको धेरै ठाउँबाट माग आइरहेको छ ।’ 

भिडियो हेर्नुस् :

मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफुलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम, सद्भाव, करुणालाई जन जनमा, मन-मनमा पुर्याउने उद्देश्यले सेमिनार आयोजना गरिएको आश्रमले जनाएको छ । देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पना गरी सेवा गरिरहेको आश्रमले उक्त सेमिनार बाँके जिल्लालाई केन्द्र बनाई जिल्लास्थित सम्पूर्ण जनप्रतिनिधिलाई कार्यक्रममा सहभागी गराउने जनाएको छ । 

मानव सेवा आश्रम नेपालगन्जका संयोजक उर्विण सापकोटाले मान्छेमा आमा बुवाप्रति प्रेम हराउँदै गइरहेको अवस्थामा आमा सेमिनार गर्न लागिएको बताए । ‘छोरा छोरीहरु जागिर र पैसालाई खुसी ठानेर अगाडी बढ्दै जादाँ आमा बुवाहरु घरमा एक्लै हुने र कमजोर हुदै जाने अवस्था छ,’ उनले भने ‘जन-जननमा मानवता प्रवर्द्धन गर्नका लागि यो आमा सेमिनार गर्न गइरहेका छौं ।’ 

Press Meet_Aama Seminar1702186084.jpeg

उक्त कार्यक्रममा आमा समुह, टोल विकास समिति, युवा समुह वा क्लब, शिक्षक, शिक्षिका, बिद्यार्थी, कर्मचारी, धार्मिक तथा आध्यात्मिक संघ, संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका, सञ्चारकर्मी समेतलाई समेटेर ३ सय जनाले सहभागिता जनाउने भएका छन् । मानवता अध्ययन केन्द्रको व्यवस्थापनमा हुन लागेको सेमिनार निःशुल्क हुने बताइएको छ ।

सहभागीले आश्रमका लागि वा अन्य स्थानमा यस्तै कार्यक्रम सञ्चालन गर्नका लागि स्वइच्छाले दान गर्न सक्नेछन् । आश्रमको केन्द्रीय कार्यक्रम अन्तरगत यसवर्ष ४५ स्थानमा आमा सेमिनार गर्ने योजना अनुरुप पर्सा, लमजुङ, हेटौंडा, दाङ लगायतका स्थानमा कार्यक्रम गरिसकेको छ । 

आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये १२ जना महिला र ३ जना बालबालिका रहेका छन् । 


प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण)
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण) मंगलबार, जेठ १, २०८१
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र 
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र  बुधबार, माघ ३, २०८०
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर)
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर) आइतबार, पुस २९, २०८०
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार 
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार  शनिबार, पुस २८, २०८०
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल शनिबार, पुस २८, २०८०
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने शनिबार, असोज १३, २०८०
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल बिहीबार, असोज ११, २०८०
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी बिहीबार, असोज ११, २०८०
लोकप्रीय
  • Week
  • Month
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा
पार्टी कार्यालयमा कांग्रेस सुधार अभियानको प्रदर्शन
पार्टी कार्यालयमा कांग्रेस सुधार अभियानको प्रदर्शन
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्