बाँके (राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिकाले आफ्नो ७ औं स्थापना दिवस आइतबार मनाएको छ । स्थापना दिवसको अवसरमा गाउँपालिका कार्यालय अगैयामा विशेष कार्यक्रम गरिएको छ । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको सभापतित्व एवम् पुर्वमन्त्री प्रेमबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथी एवम् संविधान सभा सदस्य पट्टु थारु, राप्ती सोनारी गाउँपालिकाका संस्थापक अध्यक्ष लाहुराम थारु, संस्थापक उपाध्यक्ष धनीकुमारी खत्री, राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष यमबहादुर खड्का, वडा नम्बर ४ का अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता मिनराज खड्का सन्तोष, वडा नम्बर ६ का अध्यक्ष लवराज खरेल, नेकपा एमाले राप्ती सोनारी उपाध्यक्ष मदन ओली, नागरिक उन्मुक्ती पार्टीका सोमराज थारु, राप्ती सोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम खनाल, नेपाल शिक्षक महासंघ राप्ती सोनारी अध्यक्ष मोहन खनाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
![Rapti Sonari 7th Anniversary Photo 91710093269.jpeg](https://www.dursanchar.com/uploads/posts/Rapti Sonari 7th Anniversary Photo 91710093269.jpeg)
गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले गरेका थिए । स्थापना दिवसको अवसरमा गाउँपालिकाका संस्थापक अध्यक्ष लाहुराम थारु र संस्थापक उपाध्यक्ष धनीकुमारी खत्रीलाई सम्मान गरियो ।
कार्यक्रमका प्रमुख अतिथी भण्डारी, गाउँपालिका अध्यक्ष पौडेल र उपाध्यक्ष मनिषासिंहले दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरेका थिए । यस्तै स्थापना दिवसकै अवसरमा गाउँपालिकाको योजना शाखा प्रमुख बालानन्द पौडेल सहित विभिन्न शाखामा कार्यरत उत्कृष्ठ कर्मचारी, सेवा निवृत्त कर्मचारी, शिक्षक लगायतलाई सम्मान गरियो ।
यसैगरी हालै सम्पन्न जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद विकास समितिका संयोजकलाई पनि सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।
![Rapti Sonari 7th Anniversary Photo 41710093277.jpeg](https://www.dursanchar.com/uploads/posts/Rapti Sonari 7th Anniversary Photo 41710093277.jpeg)
![Rapti Sonari 7th Anniversary Photo 51710093274.jpeg](https://www.dursanchar.com/uploads/posts/Rapti Sonari 7th Anniversary Photo 51710093274.jpeg)
![Rapti Sonari 7th Anniversary Photo 61710093274.jpeg](https://www.dursanchar.com/uploads/posts/Rapti Sonari 7th Anniversary Photo 61710093274.jpeg)
![Rapti Sonari 7th Anniversary Photo 71710093271.jpeg](https://www.dursanchar.com/uploads/posts/Rapti Sonari 7th Anniversary Photo 71710093271.jpeg)
![Rapti Sonari 7th Anniversary Photo 81710093272.jpeg](https://www.dursanchar.com/uploads/posts/Rapti Sonari 7th Anniversary Photo 81710093272.jpeg)
![Rapti Sonari 7th Anniversary Photo 21710093275.jpeg](https://www.dursanchar.com/uploads/posts/Rapti Sonari 7th Anniversary Photo 21710093275.jpeg)
![Rapti Sonari 7th Anniversary Photo 31710093275.jpeg](https://www.dursanchar.com/uploads/posts/Rapti Sonari 7th Anniversary Photo 31710093275.jpeg)