Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • नागरिकको जिउँ ज्यान र धनको सुरक्षामा गम्भीर असर पारेको ठहर  
नागरिकको जिउँ ज्यान र धनको सुरक्षामा गम्भीर असर पारेको ठहर  
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, चैत २०, २०८०

नेपालगन्ज : पछिल्ला दिनमा बाँकेमा लगातार भएका अपराधिक घटनाबाट आमनागरिकको शान्ति सुरक्षामा खलल पुगीरहेको घटनाप्रति नेपालगन्जका मानवअधिकारकर्मीले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । उल्लेखित घटनाले आमनागरिकको बाँच्न पाउने नैसर्गिक अधिकारमा खलल पुग्न गएको भन्दै उनीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन गराएका छन् ।  

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ बिर्ता गाउँका २२ वर्षीय एक युवकलाई यही चैत्र १८ गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको घटना, होलीपर्वको बेला भएका झडप, दिन दहाडै भएका हत्याका अन्य अपराधका घटनाले नागरिकको जिउँ ज्यान र धनको सुरक्षामा गम्भीर असर पारेको उनीहरुको ठहर छ । ‘नेपालगन्ज, खजुरा लगायतका क्षेत्रमा भएका हत्या हिंसाका घटनाले स्वतन्त्रपुर्वक, भयरहीत बातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक अधिकार उपभोगमा असर पर्दै गएको छ,’ अपिलमा भनिएको छ ।

Stetment by Manab Adhikar1712081133.jpg

राज्यका तर्फबाट शान्ति सुरक्षाको जिम्मेवारी लिएका स्थानीय प्रहरी प्रशासनले आम नागरिकको शान्ति सुरक्षाप्रति चनाखो हुन र अपराधिक घटनामा सम्लग्न व्यक्ति, समूहको पहिचान गरि कानूनी दायरामा ल्याई पीडकलाई कारबाही र पीडितलाई न्याय दिन अपिल गरिएको छ । साथै समाजमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना हुन नदिन राज्यका सुरक्षा संयन्त्रलाई थप चनाखो हुन र प्रभावकारी भूमिका निर्वाह गर्न समेत अनुरोध गरिएको छ ।

अपिल जारी गर्नेहरुमा नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष एवम् वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष चित्रबहादुर शाही, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, एड्भोकेसी फोरम नेपालका वरिष्ठ प्रदेश संयोजक बसन्त गौतम, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभातकुमार ठकुरी, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका संयोजक बलबहादुर चन्द र जिल्ला अदालत बार एशोसिएसनका पुर्वअध्यक्ष केवल सिंह थारु रहेका छन् । 

यो पनि पढ्नुस् :

किन खस्कियो बाँकेको शान्ति सुरक्षा ?

नेपालगन्जको विर्तामा युवकको हत्या


प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २३:४३
प्रतिक्रिया दिनुहोस्
थप समाज
गोरखामा माइक्रो दर्घटना हुँदा  ७ जनाको मृत्यु
गोरखामा माइक्रो दर्घटना हुँदा ७ जनाको मृत्यु शनिबार, फागुन ३०, २०८२
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्