Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • कमिसनको चक्करमा पोशाक किन्न रुपैडिहा पठाउँदै बोर्डिङ स्कुल
कमिसनको चक्करमा पोशाक किन्न रुपैडिहा पठाउँदै बोर्डिङ स्कुल लगानी डुबाउँदै नेपालगन्जका पोशाक ब्यवसायी 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, वैशाख २३, २०८१

नेपालगन्ज : नेपालगन्जका बोर्डिङ स्कुलले पोशाक किन्न अभिभावकलाई भारतको रुपैडिहा जान बाध्य पारेका छन् । लाखौं कमिसनको चक्करमा स्कुलले अभिभावकलाई सिमापारी पठाउने गरेका हुन् । बिद्यार्थीलाई स्कुलको पोशाक उपलब्ध गराउन नेपालगन्जमा करिव आधा दर्जन पसल सञ्चालनमा छन् । 

यहाँका नाम चलेका बोर्डिङ स्कुलले रुपैडिहामा रहेको ‘अग्रवाल डे«सेस’ सँग सेटिङ मिलाएर बिद्यार्थीका पोशाक किन्न सिमापारी पठाउने गरेको पाइएको छ । ‘नेपालगन्जमै ड्रेस तयार गर्ने तमाम पसलहरु छन्, तर स्कुलले हामीलाई अग्रवालको भिजिटिङ कार्ड दिएर रुपैडिहा पठाउँछन्,’ अभिभावक भन्छन् । 

अभिभावकलाई सिमापारी पठाउने त्यस्ता स्कुललाई अहिलेसम्म कतै कारबाही भएको छैन । स्कुलको आतंक रोक्न न सरकार जागेको छ, न त नेपालगन्ज उद्योग वाणिज्य संघले बोलेको छ । स्कुलले अभिभावकलाई त्यसरी सिमापारी पठाउँदा दैनिक लाखौ रुपैयाँ भन्सार राजश्व गुमिरहेको छ, भने करोडौं नेपाली रुपैयाँ विदेशमा गइरहेको छ ।

सरकारलाई कर तिरेर सञ्चालित यहाँका पसललाई भने टिक्नै मुस्किल परेको छ । नेपालगन्जस्थित इनोभेटिभ युनिफर्मका सञ्चालक रेणु भण्डारीले पोशाक बिक्री हुने सिजन चलेपनि ब्यापार त्यति राम्रो नभएको बताइन् । ‘सिजन चलेपनि ब्यापार त्यति सन्तोषजनक नै छैन,’ उनले भनिन् । 

आर्दश युनिफर्मका सञ्चालक चन्द्र श्रेष्ठले आफु कहाँ बिद्यार्थी पोशाकको काम छिटपुट रुपमा मात्रै आउने गरेको बताए । ‘प्रायः स्कुलले पोशाक किन्न रुपैडिहा पठाउँछन्, हामी कहाँ आउने भनेको त फाट्टफुट्ट काम मात्रै हो,’ उनले भने । कुनै बेला आफुले करिव १२ वटा स्कुलका हजारौं बिद्यार्थीलाई पोशाक पुर्याउने गरेकोमा अहिले सबैले लिन छाडेको ब्यवसायी श्रेष्ठले सुनाए । 

‘अभिभावकले पोशाकको क्वालिटी हेर्दैनन्, नेपालगन्जको भन्दा थोरै सस्तो मुल्यमा दिए जस्तो गरेर अग्रवाल डे«सेसले अभिभावकलाई मुर्ख बनाईरहेको छ,’ उनले भने ‘अग्रवालले नेपालगन्जका स्कुललाई कमिसन दिइरहेको छ, हामी स्कुललाई कमिसन दिएर काम गर्न सक्दैनौं, किनकी हाम्रो लागत खर्च बढी आउँछ ।’ 

बागेश्वरी युनिफर्मकी सञ्चालक माया ओलीले कतिपय स्कुलले आफु कहाँ अर्डर लिएर पनि पोशाक किन्न रुपैडिहा पठाउने गरेको दुखेसो पोखिन् । ‘स्कुलले अर्डर लिन्छ, बिद्यार्थी तपाई कहाँ पठाउँछु भन्छ, मुखको भरमा हामीले लाखौं रुपैयाँ लगानी गरेर सम्बन्धित स्कुलको पोशाक खरिद गर्छौ, हामीसँग स्कुल सञ्चालकले खुलेर कुरा पनि गर्न सक्दैनन्, त्यसपछि बिद्यार्थी र अभिभावकलाई उनीहरु रुपैडिहा पठाउँछन्,’ उनले भनिन् । 

अर्डर गरेको पोशाक बिक्री नहुँदा धेरै पटक आफ्नो लगानी डुबेको मायाले सुनाइन् ।  बिद्यार्थी तथा अभिभावकलाई पोशाक किन्न रुपैडिहा पठाउनेमा नेपालगन्जका ठुला र नाम चलेका बोर्डिङ स्कुल धेरै छन् । अभिभावकलाई अग्रवालको भिजिटिङ कार्ड नै थमाएर मोर्डन पब्लिक, सोफिया, वेष्टजोन, होप इन्टरनेशनल एकेडेमी, ब्रिटिस, गोल्डेन एबिसी, सेन्थोमस, रेडहिल, होलिल्याण्ड लगायत स्कुलले रुपैडिहा पठाइरहेको विश्वस्त स्रोतले जनाएको छ । 

यस्तै आर्दश, ब्राइटल्याण्ड, युनाइटेड, सनविम, एन्जल्स लगायत अन्य स्कुलका केही अभिभावक तथा बिद्यार्थी पनि पोशाक किन्न छिटपुट रुपमा रुपैडिहा पुग्ने गरेको पाइएको छ । उनीहरुलाई स्कुलले सिधैं नपठाएपनि प्रिन्सिपल, डिसिपिलिन इन्चार्ज लगायत प्रभाव जमाउने कर्मचारीलाई प्रलोभनमा पारी अग्रवालले आफुतिर आर्कषण गरेको बताइन्छ । अग्रवालले नेपालगन्जका हरेक स्कुलका गेट–गेटमा समेत आफ्ना मान्छेहरु राखेको स्रोतले जनाएको छ । अग्रवालले नेपालगन्जका स्कुलमै पुगेर सञ्चालकलाई पोशाक वापतको कमिसन बुझाउने गरेको स्रोतको दावी छ । 

भविष्यका कर्णधार भनिने बालबालिकालाई नेपालगन्जका केही स्कुलले सानै उमेरबाट राजश्व छल्न र तस्करी गर्न सिकाइरहेका छन् । रुपैडिहाबाट त्यसरी अभिभावक र बिद्यार्थीले ल्याउने पोशाक तस्करी भएर आउँदा सरकारलाई पनि राजश्व घाटा भइरहेको छ । नेपालगन्जका स्कुलमा ‘अग्रवाल डे«सेस’ को यतिसम्म ‘दवदवा’ छ कि प्रत्येक दिन कुनै न कुनै स्कुलमा कमिसनको डिल गर्न प्रतिनिधि पुग्छन् । कमिसनको डिल हरेक वर्षको वार्षिक परिक्षा सुरु नहुँदै यहाँका स्कुलमा सुरु हुन्छ, त्यसपछि एक वर्षसम्म चलिरहन्छ । 

कतिपय स्कुलले भने अग्रवालका प्रतिनिधिलाई आफ्नो गेटभित्र प्रवेश गर्न दिदैनन् । ‘अग्रवालले एउटा स्कुललाई दिनमा दश पटक फोन गर्छ, यतिसम्म की स्कुलमै आएर उसले डे«सबाट कति प्रतिशत कमिसन लिनुहुन्छ ? भन्दै पैसाको डिल गर्न खोज्छ,’ एक स्कुलका प्रिन्सिपलले भने ‘हामी कहाँ आउँछु भनेर धेरै पटक फोन गर्यो, मैले गेटबाट भित्र छिर्न दिइन, धेरै पटक गाली खाएपछि पछिल्लो समयमा फोन गर्न छाडेको छ ।’

ति प्रिन्सिपलले अरु स्कुलको जस्तो आफुले आफ्ना अभिभावक र बिद्यार्थीलाई कहिल्यै रुपैडिहा नपठाएको दाबी गरे । ‘हाम्रा अभिभावकले नेपालगन्जकै युनिफर्म लिन्छन्, अभिभावक र बिद्यार्थीलाई हामी राजश्व छल्न त्यसरी रुपैडिहा पठाउँदैनौं,’ उनले भने ‘जसले बढी आर्दशवादी र ठुला गफ गर्छन्, उनले नै कमिसनको चक्करमा आफ्ना अभिभावक र बिद्यार्थीलाई रुपैडिहा पठाइरहेको हामी देखिरहेका छौं ।’ 

कतिपय बोर्डिङ स्कुलले त आतंक नै मच्चाएको ति स्कुल प्रिन्सिपल बताउँछन् । बोर्डिङ स्कुलको सबैभन्दा पहिला मानसिकता परिवर्तन हुनुपर्ने उनको सुझाव छ । ‘नेपाली ब्यवसायीले कपडाको गुणस्तर मापन गरेका छन्, त्यसकारण यिनले कसिमन दिन सक्दैनन्, अग्रवालको कपडामा गुणस्तर छैन, त्यहाँ स्कुललाई कमिसन छ, फरक यत्ति हो,’ उनले भने । 


प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह  बिहीबार, असार १९, २०८२
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश बिहीबार, असार १९, २०८२
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई  बुधबार, असार १८, २०८२
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव बुधबार, असार १८, २०८२
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस  आइतबार, असार १५, २०८२
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु आइतबार, असार १५, २०८२
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी शुक्रबार, असार १३, २०८२
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने सोमबार, असार ९, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्