Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • हलिउडका नायक ‘लियोनार्दो'ले आफ्नै बिद्यालयमा रोपेको रुखबारे बिद्यार्थी अनविज्ञ !
हलिउडका नायक ‘लियोनार्दो'ले आफ्नै बिद्यालयमा रोपेको रुखबारे बिद्यार्थी अनविज्ञ !
अर्जुन ओली
अर्जुन ओली बिहीबार, भदौ २०, २०८१
हलिउडका चर्चित नायक ‘लियोनार्दो डि क्याप्रियो’ ले रोपेको रुखबारे जानकारी पाएपछि अवलोकन गर्दै बिद्यालयका छात्रा । तस्बिर : दूरसञ्चार

बर्दिया (ठाकुरद्धारा) : आफ्नै बिद्यालय परिसरमा हलिउडका चर्चित नायक ‘लियोनार्दो डि क्याप्रियो’ ले रोपेको ‘राजवृक्ष’ प्रजातीको रुख छ । कुनैबेला हलिउडका नायकले बर्दिया ठाकुरद्धारामा बिरुवा रोपेको विषयले नेपालमा मात्र होईन, विश्वभर नै चर्चा पायो । तर, आफ्नै बिद्यालय परिसरमा यति महत्व बोकेको रुख छ भन्नेमा यहाँ अध्ययनरत छात्र छात्रा नै अनविज्ञ छन् ।

बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्धारास्थित जगदम्बा माध्यामिक बिद्यालय मढेलाको परिसरमा हलिउड नायक लियोनार्दोले १४ वर्षअघि अर्थात् सन् २०१० मा उक्त बिरुवा रोपेका थिए । उक्त बिद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत अधिकांस छात्रा छात्राले भने हलिउडका नायकले विरुवा रोपेको बारेमा अनविज्ञता प्रकट गरे ।

‘हलिउडका नायकले हाम्रो बिद्यालयमा बिरुवा रोपेको कुरा थाहा छैन,’ छात्र छात्राले भने ‘हामीलाई बिद्यालयमा कसैले पनि यसबारेमा जानकारी दिनु भएको छैन ।’ बिद्यालय परिसरमा रुख छ भन्ने कुराको जानकारी पाएपछि कतिपय छात्र छात्रा दंग परे । कक्षा १ देखी नै सोही बिद्यालयमा अध्ययनरत एक छात्राले आफुले अहिलेसम्म रुखका बारेमा जानकारी नपाएको प्रतिक्रिया दिईन् । ‘कक्षा १ देखी नै म यो स्कुलमा पढिरहेकी छु, अहिले कक्षा १२ मा पढ्छु, तर अहिलेसम्म कसैले पनि हाम्रो बिद्यालयमा हलिउड नायकले रोपेको रुख छ भनेको थिएन,’ उनले भनिन् । 

उक्त रुखले राम्ररी स्याहार नपाएको कुरा त्यसको अवस्थाले नै चित्रण गरेको छ । तत्कालिन समयमा ठाकुरद्वारामा तीन दिनको बसाईका क्रममा बाघप्रेमी हलिउड नायक लियोनार्दोले उक्त विद्यालयमा राजवृक्ष रोपेका थिए । उक्त रुखप्रति आन्तरिक तथा बाह्य पर्यटकले चासो देखाएपनि बिद्यालय प्रशासन र ब्यवस्थापन समितिले भने बेवास्ता गरेको पाइएको छ । अधिकांश छात्र र छात्रालाई आफ्नै विद्यालय परिसरमा हलिउड नायकले रोपेको रुखका बारेमा जानकारी नहुनु दुःखद भएको संरक्षणकर्मी बताउँछन् ।

संरक्षणकर्मी भन्छन्, ‘बिद्यालयका विद्यार्थीलाई बिद्यालय प्रशासन र ब्यवस्थापन समितिले यति महत्वपूर्ण विषयमा जानकारी नगराउनु दुःखद कुरा हो, यो बिद्यालयमा शिक्षकले बिद्यार्थीलाई पढाईका अतिरिक्त अन्य के के कुराको जानकारी दिदाँ रहेछन् भन्नेमा छर्लङ्ग हुन्छ ।’

वातावरण पत्रकार सुवोध गौतमले बिद्यालयले आफ्ना बिद्यार्थीलाई रुखको महत्वका बारेमा जानकारी दिन नसक्नु दुःखद कुरा भएको बताए । ‘यही विरुवालाई देखाएर पनि आन्तरिक तथा बाह्य पर्यटकलाई बिद्यालयले प्रचार गर्न सक्छ,’ वातावरणका क्षेत्रमा दशकौंदेखी कलम चलाउँदै आएका नेचर मिडिया नेटवर्कका कार्यकारी निर्देशक गौतमले भने । अर्का वातावरण पत्रकार पिताम्बर सिग्देलले बिद्यालयको नाम हलिउड नायकका कारण देश तथा विदेशमा प्रचार भएपनि बिद्यालय आफैले 'ब्राण्डिङ' गर्न नसकेको जस्तो देखिएको बताए । ‘बिद्यालयले आफैले पनि यसको ब्राण्डिङ गर्न सक्नुपर्छ,’ उनले भने ।

बर्दियाका पत्रकार निर्मल घिमिरे हलिउडका नायकले रोपेको बिरुवा हुर्केर ठुलो भईसक्दा पनि बिद्यालयले यसलाई पर्यटनसँग जोड्न नसकेको पाइएको बताउँछन् । ‘ठाकुरद्धारामा वर्षेनी ठुलो संख्यामा स्वदेशी र विदेशी पर्यटक आउँछन्, उनीहरुलाई बिद्यालयले यो रुख देखाउन सक्नुपथ्र्यो, बिद्यालयले यो रुखलाई पर्यटनसँग जोड्न सकेको देखिएन,’ उनले भने ।


प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  २२:०४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो शनिबार, कात्तिक ८, २०८२
चितवनमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु
चितवनमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु मंगलबार, कात्तिक ४, २०८२
विपिनको शवयात्रा सुरु, इजरायली प्रतिनिधिसमेत सहभागी
विपिनको शवयात्रा सुरु, इजरायली प्रतिनिधिसमेत सहभागी मंगलबार, कात्तिक ४, २०८२
लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै
लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै सोमबार, कात्तिक ३, २०८२
विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा
विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा आइतबार, कात्तिक २, २०८२
प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे जेनजी आन्दोलनका घाइते
प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे जेनजी आन्दोलनका घाइते आइतबार, कात्तिक २, २०८२
चुनावी सुरक्षा रणनीति बनाउन बस्दै केन्द्रीय सुरक्षा समितिको बैठक
चुनावी सुरक्षा रणनीति बनाउन बस्दै केन्द्रीय सुरक्षा समितिको बैठक शनिबार, कात्तिक १, २०८२
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द गरिदै
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द गरिदै शनिबार, कात्तिक १, २०८२
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग शुक्रबार, असोज ३१, २०८२
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्