Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • हलिउडका नायक ‘लियोनार्दो'ले आफ्नै बिद्यालयमा रोपेको रुखबारे बिद्यार्थी अनविज्ञ !
हलिउडका नायक ‘लियोनार्दो'ले आफ्नै बिद्यालयमा रोपेको रुखबारे बिद्यार्थी अनविज्ञ !
अर्जुन ओली
अर्जुन ओली बिहीबार, भदौ २०, २०८१
हलिउडका चर्चित नायक ‘लियोनार्दो डि क्याप्रियो’ ले रोपेको रुखबारे जानकारी पाएपछि अवलोकन गर्दै बिद्यालयका छात्रा । तस्बिर : दूरसञ्चार

बर्दिया (ठाकुरद्धारा) : आफ्नै बिद्यालय परिसरमा हलिउडका चर्चित नायक ‘लियोनार्दो डि क्याप्रियो’ ले रोपेको ‘राजवृक्ष’ प्रजातीको रुख छ । कुनैबेला हलिउडका नायकले बर्दिया ठाकुरद्धारामा बिरुवा रोपेको विषयले नेपालमा मात्र होईन, विश्वभर नै चर्चा पायो । तर, आफ्नै बिद्यालय परिसरमा यति महत्व बोकेको रुख छ भन्नेमा यहाँ अध्ययनरत छात्र छात्रा नै अनविज्ञ छन् ।

बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्धारास्थित जगदम्बा माध्यामिक बिद्यालय मढेलाको परिसरमा हलिउड नायक लियोनार्दोले १४ वर्षअघि अर्थात् सन् २०१० मा उक्त बिरुवा रोपेका थिए । उक्त बिद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत अधिकांस छात्रा छात्राले भने हलिउडका नायकले विरुवा रोपेको बारेमा अनविज्ञता प्रकट गरे ।

‘हलिउडका नायकले हाम्रो बिद्यालयमा बिरुवा रोपेको कुरा थाहा छैन,’ छात्र छात्राले भने ‘हामीलाई बिद्यालयमा कसैले पनि यसबारेमा जानकारी दिनु भएको छैन ।’ बिद्यालय परिसरमा रुख छ भन्ने कुराको जानकारी पाएपछि कतिपय छात्र छात्रा दंग परे । कक्षा १ देखी नै सोही बिद्यालयमा अध्ययनरत एक छात्राले आफुले अहिलेसम्म रुखका बारेमा जानकारी नपाएको प्रतिक्रिया दिईन् । ‘कक्षा १ देखी नै म यो स्कुलमा पढिरहेकी छु, अहिले कक्षा १२ मा पढ्छु, तर अहिलेसम्म कसैले पनि हाम्रो बिद्यालयमा हलिउड नायकले रोपेको रुख छ भनेको थिएन,’ उनले भनिन् । 

उक्त रुखले राम्ररी स्याहार नपाएको कुरा त्यसको अवस्थाले नै चित्रण गरेको छ । तत्कालिन समयमा ठाकुरद्वारामा तीन दिनको बसाईका क्रममा बाघप्रेमी हलिउड नायक लियोनार्दोले उक्त विद्यालयमा राजवृक्ष रोपेका थिए । उक्त रुखप्रति आन्तरिक तथा बाह्य पर्यटकले चासो देखाएपनि बिद्यालय प्रशासन र ब्यवस्थापन समितिले भने बेवास्ता गरेको पाइएको छ । अधिकांश छात्र र छात्रालाई आफ्नै विद्यालय परिसरमा हलिउड नायकले रोपेको रुखका बारेमा जानकारी नहुनु दुःखद भएको संरक्षणकर्मी बताउँछन् ।

संरक्षणकर्मी भन्छन्, ‘बिद्यालयका विद्यार्थीलाई बिद्यालय प्रशासन र ब्यवस्थापन समितिले यति महत्वपूर्ण विषयमा जानकारी नगराउनु दुःखद कुरा हो, यो बिद्यालयमा शिक्षकले बिद्यार्थीलाई पढाईका अतिरिक्त अन्य के के कुराको जानकारी दिदाँ रहेछन् भन्नेमा छर्लङ्ग हुन्छ ।’

वातावरण पत्रकार सुवोध गौतमले बिद्यालयले आफ्ना बिद्यार्थीलाई रुखको महत्वका बारेमा जानकारी दिन नसक्नु दुःखद कुरा भएको बताए । ‘यही विरुवालाई देखाएर पनि आन्तरिक तथा बाह्य पर्यटकलाई बिद्यालयले प्रचार गर्न सक्छ,’ वातावरणका क्षेत्रमा दशकौंदेखी कलम चलाउँदै आएका नेचर मिडिया नेटवर्कका कार्यकारी निर्देशक गौतमले भने । अर्का वातावरण पत्रकार पिताम्बर सिग्देलले बिद्यालयको नाम हलिउड नायकका कारण देश तथा विदेशमा प्रचार भएपनि बिद्यालय आफैले 'ब्राण्डिङ' गर्न नसकेको जस्तो देखिएको बताए । ‘बिद्यालयले आफैले पनि यसको ब्राण्डिङ गर्न सक्नुपर्छ,’ उनले भने ।

बर्दियाका पत्रकार निर्मल घिमिरे हलिउडका नायकले रोपेको बिरुवा हुर्केर ठुलो भईसक्दा पनि बिद्यालयले यसलाई पर्यटनसँग जोड्न नसकेको पाइएको बताउँछन् । ‘ठाकुरद्धारामा वर्षेनी ठुलो संख्यामा स्वदेशी र विदेशी पर्यटक आउँछन्, उनीहरुलाई बिद्यालयले यो रुख देखाउन सक्नुपथ्र्यो, बिद्यालयले यो रुखलाई पर्यटनसँग जोड्न सकेको देखिएन,’ उनले भने ।


प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  २२:०४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने गुप्तचरी निकाय
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने गुप्तचरी निकाय शुक्रबार, जेठ १, २०८३
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्