नेपालगन्ज : 'प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता–२०८२' शनिबार नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा सम्पन्न भएको छ। पूर्वखेलाडी समाज बाँकेको आयोजनामा तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ को सहयोगमा प्रतियोगिता गरिएको हो ।
प्रतियोगिता उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले गरे । प्रतियोगिताको २५ मिटर फ्रीस्टाइल (ब्वाइज अन्डर–८) तर्फ युभान श्रेष्ठ (आदर्श स्कुल) प्रथम, दिप्शन पुन मगर (शिखा एकेडेमी) द्वितीय र रियान जोशी (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भए ।
गर्ल्स अन्डर–८ तर्फ समृद्धि न्यौपाने (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, समिरा रास्कोटी (बागेश्वरी एकेडेमी) द्वितीय तथा अंशु घिमिरे (बागेश्वरी स्कुल) तृतीय भए । त्यस्तै २५ मिटर फ्रीस्टाइल (गर्ल्स अन्डर-१०) तर्फ नित्याश्री दहित (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, कशिका गुरुङ (बागेश्वरी एकेडेमी) द्वितीय र मेघना बिष्ट (किड्स किङडम) तृतीय भए ।
ब्वाइज अन्डर–१० तर्फ संस्कार न्यौपाने (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, सुमिक वाग्ले (शिखा एकेडेमी) द्वितीय र निर्भिक न्यौपाने (सोफिया स्कुल) तृतीय भए । ५० मिटर फ्रीस्टाइल ब्वाइज अन्डर–१२ तर्फ सुसान्त बोहरा (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, इभान्शु भट्टराई (शिखा एकेडेमी) द्वितीय र युनिक खडका (शिखा एकेडेमी) तृतीय भए ।
५० मिटर फ्रीस्टाइल गर्ल्स अन्डर–१२ तर्फ जेनिशा बुढाथोकी (सोफिया स्कुल) प्रथम, आँचल शर्मा (जीवन ज्योती स्कुल) द्वितीय र इशिका जोशी (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भईन । ५० मिटर फ्रीस्टाइल गर्ल्स अन्डर–१४ तर्फ सकिरा रास्कोटी (बागेश्वरी स्कुल) प्रथम, सम्स्थिता गिरी (नेपालगन्ज स्वीमिङ क्लब) द्वितीय र जिज्ञासा भुषाल (बागेश्वरी स्कुल) तृतीय भईन । ब्वाइज अन्डर–१४ तर्फ वसन्त थारु (महाराजा मावि) प्रथम, अनमोल केसी (शिखा एकेडेमी) द्वितीय र प्रज्वल राना (शिखा एकेडेमी) तृतीय भए ।
५० मिटर फ्रीस्टाइल ब्वाइज अन्डर–१७ तर्फ अमित रावल (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, अभियान श्रेष्ठ (नेपालगन्ज स्वीमिङ क्लब) द्वितीय र विशेष सिंह (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भए । ५० मिटर फ्रीस्टाइल मेन्स ४० प्लसतर्फ नेपालगंजका डा. सगुन श्रेष्ठ प्रथम, डा. बिपीन आचार्य द्वितीय र कंचन बहादुर श्रेष्ठ तृतीय भए ।
प्रतियोगितामा विभिन्न उमेर समूहका ११ विधामा १६ विद्यालयका ८६ जना छात्रछात्राहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा विजयी हुनेहरूलाई प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो । आयोजक संस्थाका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै विद्यालय स्तरमै पौडी खेलको विकास र बालबालिकाको खेलप्रतिको रुचि अभिवृद्धि गर्ने लक्ष्य राखिएको बताए ।