बाँके(राप्ती सोनारी) : बाँकेको क्षेत्र नम्बर १ मा नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँकेको समिति विस्तार गरिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मदुईमा शनिबार प्रतिनिधि सभा क्षेत्र नम्बर १, राप्ती सोनारी गाउँपालिका तथा प्रदेश सभा १ 'क' र प्रदेश सभा १ 'ख' को प्रथम अधिवेशनले शनिबार राप्ती सोनारी गाउँपालिका-२, मदुईमा समिति विस्तार गरेको हो ।
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका कार्यसमिति सदस्य तप्तबहादुर पौडेल प्रमुख अतिथी थिए । उक्त कार्यक्रममा नेपाल किसान संघ बाँकेका अध्यक्ष लाहुराम थारु, नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेश अध्यक्ष नरेन्द्र थापा, कांग्रेसका महासमिति सदस्य महाबिर ओली, क्षेत्र नम्बर १ का निर्वतमान क्षेत्रीय सभापति माधवराम खत्री, नेपाली कांग्रेस बाँकेका सदस्य देव बहादुर खाँण, नेपाल लोकतान्त्रिक खेलकुद संघका प्रदेश सदस्य चेतकान्त भट्टराई तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँके अध्यक्ष बदरुद्दिन अन्सारी लगायतले मन्तव्य राखेका थिए ।
उक्त अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । क्षेत्र नम्बर १ कार्यसमिति अध्यक्षमा प्रकाश कुमार शर्मा, सचिव टिकाराम आचार्य, कोषाध्यक्ष सरिता राना र दुर्गा रेग्मी तथा अजय यादव सदस्य निर्वाचित भएका छन् । यसैगरी प्रदेश सभा १ ‘क’ कार्यसमितिको अध्यक्षमा अरुण यादव निर्वाचित भएका छन् ।
त्यस्तै, राप्ती सोनारी गाउँपालिका कार्यसमितिको अध्यक्षमा जंगबीर थारु, उपाध्यक्षमा डम्बर भण्डारी, महिला उपाध्यक्षमा समृद्धि खडका, सचिवमा प्रियंका गोसाई, सहसचिवमा टोप बहादुर ओली, कोषाध्यक्षमा छवि सुनार र सदस्यमा दिल बहादुर थारु निर्वाचित भएका छन् ।