नेपालगन्ज : नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशको अध्यक्षमा नरेन्द्र थापा निर्विरोध निर्वाचित भएका छन् । संघको नेपालगन्जमा मंगलबार सम्पन्न भएको प्रथम अधिवेशनले बाँके निवासी थापाको अध्धक्षतामा नयाँ कार्यसमिति पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो ।
संघको उपाध्यक्ष(महिला)मा मोतिकला गुरुङ, उपाध्यक्षमा सन्तोष ओली, सचिवमा मनमोहन लम्साल, सहसचिवमा खुसीराम चौधरी, पूजा शर्मा, दिनेश सहानी र खिमबहादुर सोमै थापा, कोषाध्यक्षमा मनोज भण्डारी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा इश्वरी भण्डारी, मिना खनाल, पूर्णप्रसाद डाँगी, मणिराम बटाला, लक्ष्मण घर्ती, चक्र मिलन क्षेत्री, सीमा तामाङ, विष्णुमाया कुमाल, सरस्वती जिसी, मंगलप्रसाद बर्मा, नामराज रानामगर, अञ्जना बुढामगर, खुमबहादुर घर्तीमगर, चेतना बुढामगर, घनश्याम थापा, सागर सोमै, सत्यमुनि शाक्य, नारायण जिसी र अनिल घर्तीमगर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत एवम् अधिवक्ता बलबहादुर चन्दले जानकारी दिए । समितिमा ९ जनालाई पछि मनोनित गरिनेछ ।
यसअघि नेपालगन्जमा मंगलबार भएको अधिवेशन उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथी एवम् नेपाल लोकतान्त्रिक खेलकुद संघका निर्वाचन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेत, कांग्रेसका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजिव विक्रम शाह, कांग्रेस केन्द्रीय सदस्य, खेलकुद विभाग प्रमुख एवम् निर्वाचन निर्देशन समितिका सदस्य उमेशजंग रायमाझी, पार्टीका केन्द्रीय सदस्य एवम् निर्वाचन निर्देशन समितिका सदस्य गणेश लामा, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य देवेन्द्र शेरचन, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, लुम्बिनी प्रदेशका पुर्वमन्त्री समेत रहेका ओलम्पियन सुरेन्द्र हमालले सम्बोधन गरेका थिए । उद्घाटन कार्यक्रममा ओलम्पियन हमाल र पार्वती थापालाई सम्मान गरिएको थियो ।