काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबार जल्दा दमकल नपठाएको भन्दै चौतर्फी प्रश्न उठेपछि प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत मंगलबार साँझ उनले सिंहदरबार जल्दा महानगरको दमकल कहाँ गयो ? भन्ने प्रश्नको जवाफ दिएका हुन् ।
'यत्रो सिंहदरबार जल्दा काठमाडौं महानगरको दमकल कहाँ गयो?, तीन दिनसम्म जलेको हेरेर बस्यो ?, सिंहदरबार जलाउने नै बालेन शाह हो !, यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्,' उनले लेखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमार्फत सिंहदरबार जल्दा महानगरको दमकल कहाँ गयो ? भन्ने प्रश्नको जवाफ दिएका हुन् ।
'यत्रो सिंहदरबार जल्दा काठमाडौं महानगरको दमकल कहाँ गयो?, तीन दिनसम्म जलेको हेरेर बस्यो ?, सिंहदरबार जलाउने नै बालेन शाह हो !, यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्,' उनले लेखेका छन् ।
हुनत यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन, प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, आवश्यक जोसुकैले सूचनाको हक ( Right to information RTI )को आधारमा महानगरबाट जानकारी लिन सक्नुहुन्थ्यो र सक्नुहुन्छ पनि। तर पनि, हुँदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुस्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु।
गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नु भयो होला। त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो एक हिसाबले भनौ त्यो बेला “राज्य” नै ठप्प थियो । त्यो दिन देशमा सरकार त थिएन तर स्थानीय सरकार काठमाडौं महानगर आफ्नो दायित्वबाट पछाडि हटेको थिएन । सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो । न सरकार थियो, न सुरक्षा संयन्त्र, न प्रहरीले आफ्नो चौकी जोगाउन सके यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो । सवारीसाधन आवतजावतको त कुरै छाडौं मान्छे समेत हिँडडुल गर्न सक्ने अवस्था थिएन, तर पनि हाम्रो टिम दिन रात नभनी आगो निभाउन, घाइतेहरूको उपचार, कुरुवा र बिरामीको लागि खाना,लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन,रगत व्यवस्थापन, औषधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरूको तथ्याङ्क संकलन,जलेका गाडीहरूको व्यवस्थापन ,फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा व्यस्त थियो । जीउज्यानको जोखिम मोल्दै फिल्ड मा खटिनुहुने सम्पूर्ण प्रति सम्मान व्यक्त गर्दछु।
सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोध ले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुदा पनि निभाउने प्रयास गर्न सकेको थिएन,कारण थियो हुलले दमकललाई काम गर्न नदिएको जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साँझ ८:१५ भित्रै काठमाडौं महानगरको दमकल त्यहाँ पुगेको थियो।
हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन।
काठमाडौं महानगरको न्युरोडमा २ वटा, बालाजु मा २ वटा र रामहिटी मा १ वटा गरि जम्मा जम्मा ५ वटा दमकल सञ्चालनमा रहेका छन्। १४ जना नगर प्रहरी र ३० जना सशस्त्र प्रहरी गरि जम्मा ४४ जनाको टिम ले ३ शिफ्ट मा काम गर्नुहुन्छ , १ शिफ्ट मा १ दमकल मा बढीमा ३ जना मात्र जनशक्ति मार्फत दमकल संचालन गरिएको छ। २३ गते केहि स्थानमा र २४ गते सिंहदरबारमात्रै होइन, काठमाडौंमात्रै होइन, सिङ्गो देश जल्दै थियो । महानगर भित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
अब कुरा गरौ दमकल को ५/२३ गते दिउसो १:३० देखि ५ बजे सम्म संसद भवन अगाडि आगो लागिरहेको एम्बुलेन्स मा न्युरोड र रामहिटी दमकल ले आगो निभाइरहेको थियो भने न्युरोडकै अर्को दमकल ले सुन्धारा र शान्तिनगर बिजुली को पोल मा आगो निभाइरहेको थियो, २४ गते बिहानै देखि कुनै पनि दमकल संचालन मा आउन सकेको थिएन, २४ गते राति ८ बजेदेखि १ बजेसम्म विशाल बजार जनसेवा प्रहरी वृत्त, हिमालयन बैंक र राष्ट्रिय बाणिज्य बैंक बानेश्वर मा मा न्युरोड दमकल ले तथा नयाँ बसपार्क मा बालाजु र रामहिटी दमकल ले आगो निभाई रहेको थियो। २४ गते नै राति ८:१५ देखि ९:४५ सम्म, २४ गते को राति २५ गते बिहान १:४५ देखि ३:०० बजे सम्म, २६ गते दिउँसो ३:३० देखि ६:५० सम्म र सोही दिन साँझ ५ बजे देखि ६ बजे सम्म सिंहदरबार मा आगो निभाइरहेका थिए । २५ गते दिउँसो १२:२० देखि १:३० सम्म संसद भवन, २५ गते नै दिउँसो ३:३० देखि ४:३० सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यालय, डिल्लीबजार कारागार लगायत का स्थानमा, २६ गते बिहान ९:२५ देखि १०:१५ सम्म, २७ गते बिहान ८:०० देखि ९:१५ सम्म, सोही दिन साँझ ४ बजे देखि ६ बजे सम्म सर्वोच्च अदालत परिसर मा आगो निभाएको त्यहाको महत्वपूर्ण कागजहरू बचाएको प्रमाण हामी सङ सुरक्षित नै छ । त्यस्तै आन्दोलन सुरु भएको दिन २३ गते देखि २८ गते सम्म हाम्रो दमकल माथि उल्लेखित र काठमान्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय,बबरमहल जिल्ला अदालत,चुच्चे पाटि भाटभटेनी, जिल्ला प्रसासन कार्यालय, यातायात व्यवस्था बिभाग, शहरी बिकास विभाग, ग्राण्डि अस्पताल नजिकैको गोदाम, थापाथली डाटा सेन्टर, एन सेल डाटा सेन्टर, बालाजु प्रहरी वृत्त, स्वयम्भू प्रहरी वृत्त, नक्साल हिल्टन होटल, नक्साल भाटभटेनी, कुलेश्वोर घर मा, चाक्सीबारी घरमा, बालुवाटार भाटभटेनी गोदाममा, रानीपोखरी प्रहरी, कोटेश्वर भाटभटेनी, गुणस्तर विभाग भाटभटेनी नक्साल मन्दिर पछाडि फर्निचर, सडक विभागलगायतका स्थान मा ५५ पटक भन्दा धेरै हाम्रो दमकल पुगेको छ । जसको विस्तृत विवरण यही राखेको छु । संगसंगै हिल्टन होटल, बनबासा होटल लगायत बाट सेना समेत को सहकार्य मा उद्धार कार्य गरिएको थियो।
अब कुरा गरौं, स्वास्थ्यकर्मी व्यवस्थापन, घाइतेको उपचार र शहीदहरूको लास व्यवस्थापन को, संघीय सरकारले घोषणा गर्नुपूर्व नै महानगर भित्रका सम्पूर्ण अस्पताललाई नि:शुल्क उपचारको लागि समन्वय, अस्पतालको लागि आवश्यक औषधि व्यवस्थापन, नपुग स्वास्थ्यकर्मीको व्यवस्थापन, रगत व्यवस्थापन, बिरामी तथा बिरामी कुरुवाहरूको लागि निःशुल्क खाजा/खाना, अन्य आवश्यक लजिस्टिक, सुत्नका लागि म्याटलगायत अन्य सामग्रीको व्यवस्थापन मा महानगरको सचिवालय, नगरप्रहरी, स्वास्थ्यकर्मीलगायतको टिम रात दिन खटिएको थियो । उपचारको लागि अभिभावक नभएका सम्पूर्ण बिरामीहरूको अभिभावक हाम्रो टिम बनेको थियो यतिसम्मकी अपरेसन गर्दा Informed Consent Form मा समेत हाम्रो नगरप्रहरीले जिम्मेवारी लिई हस्ताक्षर गरेको छ । लास व्यवस्थापन को लागि परिवारलाई आउने जाने, खाने बस्ने व्यवस्थापन पनि महानगर ले गरेको थियो, यतिसम्मकी नेपाली सेनालगायत अन्यको सहकार्यमा लासलाई घरसम्मै पुर्याउने व्यवस्था समेत गरेका थियौं ।
अन्त्यमा,
प्रिय आमाबुवा, दाजुभाइ, दिदीबहिनी, तपाईंहरूको मनमा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो । तर विना तथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफबाह फैलाउनेहरू सङ सावधान रहनु होला । यस्तो कार्यले जनतालाई डर र भ्रममा राख्छ र दिन रात नभनी खट्ने हाम्रो टिमको मनोबल गिराउँछ। मिडियाका मित्रहरूमा विशेष अनुरोध ; कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस् । अफबाह नफैलाउनुहोस् । जनताले सही जानकारी पाउने अधिकार राख्छन् ।
हामी महानगरको टिम दिन–रात, जिउज्यानको जोखिम मोल्दै खटिएका थियौं, मलाई यसको कुनै जस चाहिएको छैन, कमसेकम आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि उपलब्ध गराउन, लास व्यवस्थापन गर्न, उद्धार कार्यमा सहयोग गर्न खटिनेलाई त सम्मानजनक दृष्टिले हेर्नुहोस् । जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपत्कालीन व्यवस्थापनका लागि हामी सधैं खटिरहनेछौं।
सत्य बुझौं, अफबाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवता प्रधान समाज बनाऔं ।
अन्त्यमा देशलाई एकता र साँचो कुराको खाँचो छ हल्ला र झुटको हैन ।