बाँके(खजुरा) : खजुरा गाउँपालिकामा आठौं अन्तर विद्यालय रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुँदैछ ।
खजुरा गाउँपालिका शिक्षा समिति तथा खेलकुद परिषदको आयोजना, ज्ञानोदय नमुना माध्यमिक विद्यालयको संचालन तथा व्यवस्थापनमा यही मंसिर २६ देखि २९ सम्म प्रतियोगिता सन्चालन हुन लागेको हो । प्रतियोगिताको तयारीलाई तिव्र पारिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता तयारीका लागि मंगलबार सचिवालयको उद्घाटन समेत गरिएको थियो । गाउँपालिका अध्यक्ष तथा प्रतियोगिताका संयोजक डम्बर बहादुर बिकले खजुराका खेलाडी पहिचान गर्न रनिङ शिल्डले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।
प्रतियोगिता सन्चालनका लागी स्थानीय सरकारबाट १० लाख बजेट विनियोजन भएको अध्यक्ष बिकले जानकारी दिए । खेलकुदले एकतामा बदल्ने विश्वास लिइएको अध्यक्ष बिकले बताए ।
उक्त प्रतियोगिताको प्रतिक चिन्ह मष्कटको रुपमा स्थानीय स्तरमा पाइने जनावर खरायो राखिएको प्रतियोगिता सन्चालन तथा व्यवस्थापकको जिम्मेवारी पाएको ज्ञानोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले जानकारी दिए ।
प्रतियोगिता सन्चालनका लागि विभिन्न उप-समिति निर्माण गरि जिम्मेवारी प्रदान गरिएको सदस्य सचिव सापकोटाले जनाए । प्रतियोगिता सन्चालन गर्नका लागि गाउँपालिका अध्यक्ष बिकको संयोजकत्वमा २३ सदस्यीय मुल समिति निर्माण गरिएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लको संयोजकत्वमा ११ सदस्यीय सचिवालय निर्माण गरिएको छ । फिल्ड मार्शलका रुपमा लिटिल हार्वर एकेडेमीका प्रिन्सिपल कृष्ण बहादुर भण्डारी र सहायक फिल्ड मार्शलमा आदर्श आधारभुत विद्यालय डि गाउँका प्रध्यानाध्यापक नरेन्द्र मल्ललाई जिम्मेवारि दिइएको छ । यस्तै जुरी अफ अपिल समितिमा पालिका अध्यक्षको संयोजकत्वमा ९ सदस्यीय समितिलाई जिम्मेवारी दिइएको छ ।
खेल सन्चालनका लागि भिमसरा भण्डारीको संयोजकत्वमा खेल उद्घाटन तथा समापन समारोह व्यवस्थापन उप समिति निर्माण गरिएको छ जसमा १३ सदस्य रहेका छन । अतिथी सत्कार उप-समितिमा संयोजक मन्दिरा निरौला सहित १० सदस्य, नारद शर्मा संयोजक रहने गरि १२ सदस्यीय मञ्च व्यवस्थापन तथा सजावट उप समिति, लेक प्रसाद प्याकुरेल संयोजकत्वमा ६ सदस्यीय उद्घोषण उप समिति, सुरेन्द्र कँडेलको संयोजकत्वमा १३ सदस्यीय स्वयंसेवक परिचालन उप समिति निर्माण गरि जिम्मेवारी प्रदान गरिएको हो ।
प्रतियोगिता सम्पन्न गर्न यमनारायण महतोको संयोजकत्वमा १३ सदस्यीय पुरस्कार खरिद तथा वितरण व्यवस्थापन उपसमिति बनाइएको छ । भोजन तथा चिया खाजा व्यवस्थापनमा राम बहादुर खवासको संयोजकत्वमा १७ सदस्यीय उप समिति निर्माण गरिएको छ ।
प्राविधिक तथा फिल्ड निर्माणका लागि चन्द्र बहादुर गुरुङ्गको संयोजकत्वमा ७ सदस्यीय उप समिति बनेको सदस्य सचिव सापकोटाले जानकारी दिए । सुमन सिंह बस्नेतको संयोजकत्वमा ५ सदस्यीय पत्रचार उप समिति, कौशिला रानाको संयोजकत्वमा १० सदस्यीय पानी व्यवस्थापन तथा सरसफाई उप समिति निर्माण गरिएको छ ।
प्रतियोगिताको प्रचार प्रसारका लागि खगेन्द्र दाहालको संयोजकत्वमा ९ सदस्यीय उप समिति निर्माण गरिएको छ । यस्तै, वकिल खाँको संयोजकत्वमा ११ सदस्यीय स्वास्थ्य तथा प्राथमिक उपचार उप समिति, शरणहरी सापकोटाको संयोजकत्वमा १० सदस्यीय खेल सामग्री तथा जिन्सी व्यवस्थापन उप समिति, मान बहादुर भण्डारी संयोजक रहने गरि ७ सदस्यीय सांकृतिक तथा झाँकी व्यवस्थापन उप समिति, भिमसरा भण्डारी संयोजक रहनेगरी १७ सदस्यीय आर्थिक व्यवस्थापन समिति निर्माण गरिएको हो ।
त्यस्तै, ऋषिराम सापकोटाको संयोजकत्वमा ३ सदस्यीय प्रतियोगिता सहजीकरण र व्यवस्थापन समन्वय उप समिति गठन गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा खजुरा गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत गरि ७३ वटै विद्यालयले सहभागिता जनाउने छन ।
प्रतियोगितामा भाग लिने खेलाडीहरूको अनलाइन बाटै दर्ता गर्ने व्यवस्था मिलाइएको सचिवालय संयोजक खगेन्द्र मल्लले जनाए ।