खजुरा : बाँकेको खजुरामा जारी आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको शिल्ड ज्ञानोदय नमुना माध्यमिक विद्यालयले उचालेको छ । ज्ञानोदयले मेयर रनिङ शिल्ड मावि तर्फमा ८ स्वर्ण ६ रजत, २ कास्य प्राप्त गर्दै शिल्ड उचालेको हो ।
रनिङ शिल्डमा आधारभूत तह (६-८) ज्ञानोदय नमुना माविले ५ स्वर्ण १ रजत, १ कास्य प्राप्त गरेको थियो । मेयर रनिङ शिल्ड मावि तर्फ ७ स्वर्ण ३ रजत र ६ कास्य प्राप्त गर्दै जनता नमुना माध्यमिक विद्यालय दोस्रो भयो । जनता नमुनाले रनिङ शिल्ड आधारभूत तह (६-८) तर्फ २ स्वर्ण १ रजत प्राप्त गरी तेस्रो स्थान प्राप्त गर्यो ।
यसैगरी आदर्श मावि डि गाउँ खजुराले मेयर रनिङ शिल्ड माविमा ४ स्वर्ण १ रजत १ कास्य प्राप्त गरी तेस्रो स्थान हासिल गरेको हो । रनिङ शिल्ड आधारभूत (६-८) तर्फ ज्ञानोदय नमुना माध्यमिक विद्यालय ५ स्वर्ण, १ रजत, १ कास्य सहित प्रथम, जनसेवा मावि पूरैना गिजरा २ स्वर्ण २ रजत, ३ कास्य सहित दोस्रो र जनता नमुना मावि सन्तकुटी २ स्वर्ण २ रजत ३ कास्य प्राप्त गरी तेस्रो भएको हो । रनिङ शिल्ड आधारभूत तह (१-५) तर्फ २ स्वर्ण १ रजत सहित गोल्डेन ग्यालेक्सी एकेडेमी प्रथम बनेको थियो ।
२ स्वर्ण १ कास्य सहित नेपाल राष्ट्रिय माध्यमिक मनकामनापुर दोस्रो र १ स्वर्ण ३ रजत १ कास्य प्राप्त गरी जनता मावि बठवा तेस्रो भएको हो । प्रतियोगितामा मावि स्तरीय अनुशासन तर्फ ज्ञानोदय नमुना माध्यमिक विद्यालयले पुरस्कार प्राप्त गरेको थियो । निमावि तहमा लिटिल हार्वर एकेडेमीले पुरस्कार प्राप्त गरे भने प्रावि तहमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय चमकदार पुरले हासिल गरे ।
रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहमा मार्चको पुरस्कार पनि प्रदान गरिएको थियो । माध्यमिक तह (९-१२) तर्फ जेनिथ ई मिडियम बोडिङ्ग स्कूल खजुरा प्रथम, अरुणोदय बोडिङ्ग हाई स्कूल दोस्रो र दीपक ई मिडियम स्कूल खजुरा तेस्रो हुन सफल भएका थिए । मार्चपास आधारभूत तह (६-८) तर्फ नेपाल राष्ट्रिय आधारभूत विद्यालय धौलागिरी प्रथम, लिटिल हार्वर एकेडेमी दोस्रो र अपोष्टल एकेडेमी खजुरा तेस्रो भए ।
मार्चपास आधारभूत तह (१-५) मा स्टार मन्टेश्वरी एकेडेमी खजुरा प्रथम, अम्बेमाता प्रा.वि. बुद्धपुर दोस्रो र ने.रा.प्रा.वि. गुराँसपुर तेस्रो पुरस्कार प्राप्त गरे । आठौँ रनिङ शिल्डमा एथलेटिक्स तर्फ सर्वोत्कृष्ट छात्रा ज्ञानोदय नमुना माविका आदिती गिरी भइन् । आदितिले ३ वटा गोल्ड जितेकी थिइन् । यस्तै छात्र तर्फ आदर्श मावि खजुराका धिराज दर्नाल ३ गोल्ड सहित सर्वोकृष्ट घोषित भए ।
कबड्डी छात्रा तर्फ ज्ञानोदय नमुना माविका सिम्रन सिंह ठकुरी , छात्र तर्फ जनता मावि बठवाका आंशिक नट, सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै भलिबल छात्रा छात्र तर्फ जनता नमुना मावि सन्तकुटीका वर्षा गिरी र सुनिल सुनार सर्वोत्कृष्ट घोषित भए । आठौँ अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगितामा भएको छात्रा तथा छात्र भलिबल खेलको उपाधि जनता नमुना मावि सन्तकुटीले हात पारेको हो । भलिबलमा छात्रातर्फ ज्ञानोदय नमुना मावि दोस्रो र दीपक मावि खजुरा तेस्रो भए ।
यस्तै छात्र भलिबलतर्फ जनता मावि सन्तकुटी प्रथम हुँदा अरुणोदय मावि दोस्रो र जेनिथ मावि तेस्रो भए । प्रतियोगितामा सम्पन्न छात्रा एथलेटिक्स तर्फ ज्ञानोदय नमुना मावि ६ स्वर्ण २ रजत १ कास्य सहित प्रथम भयो । दोस्रो हुने मनकामना मावि बलभद्रपुरले २ स्वर्ण ल्यायो । तेस्रो भएको जनसेवा मावि पुरैना गिजराले १ स्वर्ण ३ रजत २ कास्य ल्याएको थियो ।
छात्र एथलेटिक्स तर्फ जनता नमुना मावि सन्तकुटी ४ स्वर्ण १ रजत २ कास्य सहित प्रथम भयो । आदर्श मावि डि गाउँले ४ स्वर्ण १ रजत १ कास्य ल्याएर दोस्रो बन्यो । छात्र एथलेटिक्स तर्फ २ स्वर्ण १ रजत २ कास्य सहित अरुणोदय मावि तेस्रो बनेको थियो । छात्रा कबड्डी तर्फ ज्ञानोदय नमुना मावि प्रथम भयो ।
छात्रा कबड्डीमा जनसेवा मावि पुरैना गिजरा दोस्रो भयो भने जनता नमुना मावि सन्तकुटी र योगिनी मावि गौघाट तेस्रो भए । यस्तै छात्र कबड्डीतर्फ जनता मावि बठवा प्रथम भयो । दोस्रोमा जनता नमुना मावि सन्तकुटी, तेस्रो ने.रा.मा.वि गोदहाना र जेनिथ मावि खजुरा भयो । उपाधि जित्ने विद्यालयहरुलाई सोही कार्यक्रममा नगद पुरस्कार शिल्ड, मेडल, ट्रफी तथा प्रमाण पत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले रनिङ शिल्ड प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न मद्दत गरेको बताए ।
अध्यक्ष विकले जिल्ला स्तरीय रनिङ शिल्ड उपाधि जित्ने गरी तयारी गर्न खेलाडीहरूलाई आग्रह समेत गरे । कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न सहयोग गर्नेलाई धन्न्यबाद दिए । कार्यक्रममा खजुरा गाउँपालिकामा उपाध्यक्ष मञ्जु मल्ल, वडा नम्बर ३ का वडा अध्यक्ष पूर्ण बहादुर भण्डारी, वडा नम्बर २ का वडा अध्यक्ष धन बहादुर ओली, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, नेपाल रेडक्रस सोसाइटी खजुरा शाखा सभापति जीवनाथ सापकोटा, ज्ञानोदय नमुना माविका प्रधानाध्यापक ऋषिराम सापकोटा लगायतले बोलेका थिए ।
प्रतियोगितामा कक्षा ९ देखि १२ माध्यमिक तर्फ एथलेटिक्स भलिवल र कपड्डी गरी जम्मा ३० इभेन्ट्समा छात्रा २६८ छात्र २१६ गरी जम्मा ५८२ जना खेलाडीहरु सहभागी भएको सचिवालय संम्योजक तथा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जनाए । आधारभूत तह कक्षा ६ देखि ८ कम १२ वटा इभेन्टमा छात्रा १२३ र छात्र १५२ गरी जम्मा २८५ खेलाडीहरु सहभागी हुने छन भने प्राथमिक तहमा ६ वटा इभेन्टहरुमा कक्षा १ देखि ५ सम्मका लागि छात्रा १६८ र छात्र १७६ जना गरी जम्मा ३४४ जना खेलाडीहरु सहभागी थिए ।
छात्रा ५६७ र छात्र ६५२ गरी जम्मा १ हजार २१९ खेलाडीहरुले जम्मा ५८ इभेन्टसमा प्रतिस्पर्धा गरेको फिल्ड मार्सल कृष्ण भण्डारीले जानकारी दिए । खजुरा ४ को मिनी रङ्गशालामा मंसिर २६ देखि सुरु भएको प्रतियोगिता २९ सोमबार सम्म चलेको हो ।
फर्जी खेलाडी सहभागी गराएको भन्दै तीन विद्यालय कारबाहीमा
प्रतियोगितामा फर्जी खेलाडी सहभागी गराएको भन्दै तीन विद्यालयलाई जरिवाना सहित कारबाही गरिएको छ । रनिङ शिल्ड खेलकुद प्रतियोगिता कार्य सञ्चालन पुस्तिका २०८२ को बुदा नम्बर २२ मा उल्लेख भए बमोजिम २५ हजार रुपैयाँ जरिवना सहित तीन विद्यालयलाई कारबाही गरिएको हो । कारबाही पर्ने विद्यालयहरूमा मैटहवा मावि चन्द्रनगर, पशुपति मावि घिया र अरुणोदय मावि खजुरा रहेको सचिवालय सदस्य सचिव निर्मल रेग्मीले जानकारी दिए ।