काठमाडौं : नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लागेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई नियुक्त गरेका हुन् । प्रधानमन्त्री शाहको आजै शपथ र पदभार ग्रहण कार्यक्रम छ।
बालेन नेतृत्वको सरकारमा उनीसहित १५ जना मन्त्री हुनेछन्। संविधानअनुसार २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाइने भए पनि मन्त्रालय संख्या घटाएर १५ मा झार्न लागिएको हो। रास्वपाले चुनावी वाचामा पनि मन्त्रालय संख्या घटाउने उल्लेख गरेको थियो।
सरकारमा सहभागी हुने मन्त्रीहरु :
१. बालेन शाह, प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले, अर्थमन्त्री
३. सुधन गुरूङ, गृहमन्त्री
४. सोबिता गौतम, कानुन मन्त्री
५. शिशिर खनाल, परराष्ट्र मन्त्री
६. विराजभक्त श्रेष्ठ, ऊर्जा मन्त्री
७. अमरेश सिंह, उद्योग मन्त्री
८. प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री
९. गीता चौधरी, कृषि मन्त्री
१०. विक्रम तिमिल्सिना, सञ्चार मन्त्री
११. दीपक साह, श्रम मन्त्री
१२. सस्मित पोखरेल, शिक्षा मन्त्री
१३. खड्क पौडेल (गनेश), पर्यटनमन्त्री
१४. सीता वादी, महिला तथा बालबालिका मन्त्री
१५. निशा मेहता, स्वास्थ्य मन्त्री