Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
खेल
  • Home
  • खेल
  • ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप’ : तयारी सबै पुरा
‘एमटी एरिना प्रथम खजुरा गोल्डकप’ : तयारी सबै पुरा
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, चैत २९, २०८२

नेपालगन्ज : ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता-२०८२’ को तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताको तयारी पूरा भएको आइतबार खजुरा डिगाउँस्थित मिनी रंगशालामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । न्यू डाँफे स्पोर्टस् क्लबको आयोजना तथा खजुरा गाउँपालिकाको संरक्षकत्वमा सोमबारबाट प्रतियोगिता सुरु हुदैछ । 

पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका संयोजक एवम् न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले तयारी पुरा भएको 
बताए । खजुरा गाउँपालिका वडा नम्बर ४ डिगाउँस्थित मिनी रंगशालामा सञ्चालन हुने प्रतियोगितामा कुल ८ वटा टिम सहभागी हुनेछन् । नक आउटका आधारमा खेलाइने उक्त प्रतियोगिता बैशाख ६ गतेसम्म चल्नेछ । 

प्रतियोगितामा गोर्खा ब्वाइज स्पोट्र्स क्लब बुटवल, संकटा स्पोट्र्स क्लब काठमाडौं, कांक्रेबिहार स्पोट्र्स क्लब सुर्खेत, फोर ब्रर्दश एफसी नवलपरासी, भारत लखनउको जेविएम फुटबल एकेडेमी, सशस्त्र प्रहरीको विभागिय टिम एपिएफ क्लब, नाईजेरियन जोन क्लब नाइजेरिया र आयोजक टिम न्यू डाँफे स्पोट्र्स क्लब सहभागी हुदैछन् । आयोजकका अनुसार प्रतियोगिताको पहिलो दिन गोर्खा ब्वाइज स्पोट्र्स क्लब बुटवल र संकटा स्पोट्र्स क्लब काठमाडौंबीच उद्घाटन खेल हुनेछ । 

प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उप-विजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ठ खेलाडीलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई प्रदान गरिने पुरस्कार राशीलाई अमेरिकामा रहेका खजुराबासी लिलबहादुर थापाले ब्यहोरेका छन् ।

प्रतियोगिताको उद्घाटन सोमबार दिउँसो ३ बजे मिनी रंगशालामा गरिनेछ । खजुरा गाउँपालिकाका अध्यक्ष एवम् प्रमुख अतिथी डम्बरबहादुर बिकले औपचारिक समारोहका बीच उद्घाटन गर्नेछन् । प्रतियोगिता उद्घाटन गर्नुअघि विभिन्न परम्परागत बाजागाजा सहित झाँकी निकालिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिकले पहिलो पटक खजुरामा गोल्डकप आयोजना गर्ने युवाहरुको उत्साहलाई साकार पार्न स्थानीय सरकारले हातेमालो गरेको बताए । प्रतियोगितालाई आगामी वर्षको बजेटमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाए । 

उद्घाटन समारोह तथा प्रतियोगिता सञ्चालन अवधिभर ठुलो संख्यामा सर्बसाधारण, खेलप्रेमी दर्शकहरु लगायतको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगिता उद्घाटन समारोह तथा उद्घाटन खेललाई सर्बसाधारण तथा खेलप्रेमीले निःशुल्क रुपमा अवलोकन गर्न पाउने र अन्य दिनका खेल अवलोकनका लागि प्रतिब्यक्ती ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।
 


प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्
थप खेल
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै आइतबार, वैशाख २७, २०८३
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि आइतबार, वैशाख २७, २०८३
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता बुधबार, वैशाख १६, २०८३
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता आइतबार, वैशाख १३, २०८३
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग बुधबार, वैशाख ९, २०८३
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा 
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा  आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा बिहीबार, वैशाख ३, २०८३
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्