Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, वैशाख ३१, २०८३

काठमाडौं : निर्वाचन आयोगले अर्को वर्ष वैशाखमा हुने स्थानीय तह निर्वाचन र मंसिरभित्र गर्नुपर्ने प्रदेशसभा निर्वाचन एकै पटक गर्ने गरी छलफल थालेको छ। यसअघि स्थानीय तह निर्वाचन २०७९ वैशाखमा भएको थियो भने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिरमा एकै पटक भएको थियो।

जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भई तीन वर्षमै नयाँ निर्वाचन भएपछि तीनवटा निर्वाचन छुट्टाछुट्टै गर्नुपर्ने अवस्था आएको हो। पाँच वर्षमा तीन पटक ठूलो निर्वाचन गर्दा खर्च धेरै लाग्ने भएकाले आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचन एकै पटक गर्न छलफल सुरू गरेको हो। एकै पटक निर्वाचन गर्दा उही जनशक्तिले चुनाव गराउन सक्ने र मितव्ययी समेत हुने आयोगको भनाइ छ।

आयोगले यसबारे औपचारिक निर्णय नगरे पनि छलफलमा भने सुरू गरेको एक पदाधिकारीले जानकारी दिए। 'हामीले औपचारिक निर्णय गरेर सरकारसमक्ष प्रस्ताव गरेका छैनौं,' आयोगका एक पदाधिकारीले भने, 'कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले यसबारे छलफल गरिरहनुभएको छ, प्रस्तावकै रूपमा भने तयार भइसकेको छैन।' आयोगले मंगलबार निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि राजनीतिक दलहरूसँग सुझाव मागेको थियो।

त्यही छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले प्रदेश र स्थानीय तह निर्वाचन एकै पटक गर्न सकिनेबारे सुझाव मागेका थिए। 'मंगलबार निर्वाचन कानुन संशोधन गर्न बनेको विधेयकमाथि छलफल थियो। त्यस क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले प्रदेश र स्थानीय तह निर्वाचन एकै पटक गर्दा के हुन्छ भनेर अनौपचारिक रूपमा विषय ल्याउनुभएको हो। त्यसबारे धेरै छलफल भएन। अरू दलहरूको पनि खासै धारणा आएन,' एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले भने।

२०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचन भएको थियो भने २०७९ मंसिर ४ गते प्रदेशसभा निर्वाचन भएको थियो। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सातै प्रदेशका लागि एकै पटक र एकै दिन भएको थियो। संविधान अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि पाँच वर्षको हुन्छ। प्रदेशसभाको अवधि नपुगी विशेष कारणले विघटित हुन नसक्ने होइन, तर स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँचै वर्षको हुनेछ।

स्थानीय तह निर्वाचन ऐन–२०७३ मा गाउँ वा नगर सभाको कार्यकाल सकिनु दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ। तर निर्वाचन आयोगले चुनावको मिति प्रस्ताव गर्ने प्रचलन छ। आगामी निर्वाचन एकै पटक गर्दा छुट्टाछुट्टै तयारी गर्नु नपर्ने र एउटै खर्चले पुग्ने भएकाले छलफललाई तीव्रता दिइएको हो। २०७९ सालको स्थानीय तह निर्वाचनमा ५ अर्ब ४० करोड ३९ लाख रूपैयाँ खर्च भएको थियो।

यसका लागि सरकारले ८ अर्ब ११ करोड छुट्टयाएको थियो। आयोगका अनुसार प्रति मतदाता औसत २८४ रूपैयाँ र प्रति मतदान केन्द्र औसत २ लाख २९ हजार रूपैयाँ खर्च भएको थियो। यस निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी र मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक समेत गरेर झन्डै दुई लाख जनशक्ति परिचालित भएका थिए। प्रदेश निर्वाचनसमेत एकै पटक गराउँदा झन्डै चार अर्ब रूपैयाँ जोगाउन सकिने आयोगको बुझाइ देखिन्छ।

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन विद्युतीय उपकरणबाट हुने

गत पुस २० गते राष्ट्रियसभा सदस्य बलदेव बोहराको निधनपछि सुदूरपश्चिमको एक पद रिक्त छ। त्यसका लागि उपनिर्वाचन गराउनुपर्ने छ। आयोगले विद्युतीय उपकरणमार्फत् निर्वाचन गर्ने तयारी गरेको र त्यसको सुझाव मागेको एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्यले बताए।

'सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको एक पद रिक्त रहेकामा निर्वाचन आयोगले उपचुनाव गराउने तयारी गरेको रहेछ। आयोगले विद्युतीय उपकरणमार्फत् गर्दा के हुन्छ भनेर सोधेको थियो,' आचार्यले भने, 'सहभागी अधिकांश राजनीतिक दलका प्रतिनिधि त्यसमा सकारात्मक देखिए।'


प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  १७:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारको मन्त्रालय १८ कायम
संघीय सरकारको मन्त्रालय १८ कायम बुधबार, वैशाख ३०, २०८३
लुम्बिनी प्रदेशमा घटाइँदै मन्त्रालय सङ्ख्या
लुम्बिनी प्रदेशमा घटाइँदै मन्त्रालय सङ्ख्या बुधबार, वैशाख ३०, २०८३
तीन जिल्ला सभापति सहित १२ जनालाई सोध्यो कांग्रेसले स्पष्टीकरण
तीन जिल्ला सभापति सहित १२ जनालाई सोध्यो कांग्रेसले स्पष्टीकरण बुधबार, वैशाख ३०, २०८३
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा बुधबार, वैशाख ३०, २०८३
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपतिको सम्बोधनकै बीचमा उठेर हिँडे बालेन
राष्ट्रपतिको सम्बोधनकै बीचमा उठेर हिँडे बालेन सोमबार, वैशाख २८, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्