Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, जेठ १, २०८३

काठमाडौं : जेनजी अभियन्ता माजिद अन्सारी, रक्षा बम लगायत जेनजी प्रतिनिधिहरूले नेपाल सरकारद्वारा आयोजित संविधान संशोधन सम्बन्धी छलफलमा सहभागी नहुने घोषणा गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट वैशाख ३० गते पठाइएको पत्रमार्फत आफूहरूलाई संविधान संशोधन विषयमा  आमन्त्रण गरिए पनि सहभागी हुन नहुने बताएका छन् ।

अभियन्ताहरूले एक वक्तव्य जारी गर्दै नेपालको संविधान पूर्ण नभएको र समयानुकूल संशोधन आवश्यक रहेको उल्लेख गर्दै लोकतन्त्रलाई केवल लिखित कानुन नभई पारदर्शी, जवाफदेही र सहभागितामूलक प्रक्रियाबाट सुदृढ बनाउनुपर्ने बताएका छन् ।

उनीहरूले संविधान संशोधनको बहस अघि बढाउँदा जनआन्दोलनका म्यान्डेट, सहमति तथा समावेशी प्रक्रियालाई सम्मान गर्नुपर्ने बताएका छन् । 

वक्तव्यमा जेनजी आन्दोलनमा सहभागी भएकाहरु प्रति अझै  पनि मुद्दा चलिरहेको, शहीद परिवार र घाइतेहरूले न्याय नपाएको तथा आन्दोलनसँग सम्बन्धित विभिन्न प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरिएको छ। साथै गत मंसिर २४ मा सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयन नभएको बताएका छन् ।

अभियन्ताहरूले संविधान संशोधनका लागि गठन गरिएको बहसपत्र कार्यदललाई एकपक्षीय भन्दै त्यसको गठन प्रक्रिया, सदस्य छनोट र औचित्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरुले संविधान संशोधन गर्दा नेपालको सार्वभौमिकता, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, मानव अधिकार, प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिकालगायत संविधानका आधारभूत मर्म अक्षुण्ण राखिनुपर्ने बताएका छन् । जेनजी अभियन्ताहरूले आगामी दिनमा छलफलमा सहभागी हुनुअघि सरकारसँग ६ बुँदे माग पूरा गर्न आग्रह गरेका छन्।

ती मागमा जेनजी आन्दोलनसँग भएको सम्झौताको कार्यान्वयन, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता, शहीद परिवारलाई न्याय, विभिन्न आन्दोलनसम्बन्धी आयोगका प्रतिवेदन सार्वजनिक, राज्यद्वारा भइरहेको दमन रोक्नुपर्ने तथा संविधान संशोधनका लागि व्यापक राष्ट्रिय परामर्शसहित उच्चस्तरीय आयोग गठन गर्नुपर्ने विषय समावेश छन् ।


प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारको मन्त्रालय १८ कायम
संघीय सरकारको मन्त्रालय १८ कायम बुधबार, वैशाख ३०, २०८३
लुम्बिनी प्रदेशमा घटाइँदै मन्त्रालय सङ्ख्या
लुम्बिनी प्रदेशमा घटाइँदै मन्त्रालय सङ्ख्या बुधबार, वैशाख ३०, २०८३
तीन जिल्ला सभापति सहित १२ जनालाई सोध्यो कांग्रेसले स्पष्टीकरण
तीन जिल्ला सभापति सहित १२ जनालाई सोध्यो कांग्रेसले स्पष्टीकरण बुधबार, वैशाख ३०, २०८३
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा बुधबार, वैशाख ३०, २०८३
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता मंगलबार, वैशाख २९, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्