काठमाडौँ : भारतका कथित नेपालविज्ञ एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा समस्याबारे ‘बोल्ड’ अभिव्यक्ति दिएको भन्दै बधाइ अर्पण गरेका छन् । उनले एक ट्विट गर्दै बालेनलाई बधाइ दिएका हुन् । नेपाल र भारतको सीमा समस्या एकतर्फी छैन भन्ने साहसिकरुपमा स्वीकारेको हुँदा प्रधानमन्त्री शाहले बधाइ डिजर्भ गर्ने उनको भनाइ छ ।
मुनीले लेखेका छन्, ‘नेपाल सुस्तामा भारतको क्षेत्रमा बसेको छ, जुन नदीको बहाव परिवर्तनको परिणाम हो ।’ सीमा मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयासहरू भने प्रत्युत्पादक हुने चेतावनी मुनीले दिएका छन् ।प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्री बालेन शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे भारतीय मिडियाले उच्च प्राथमिकता दिएका छन् ।
सांसदले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको सीमा विवादबारे गरेको प्रश्नमा प्रधानमन्त्री बालेनले कूटनीतिक माध्यमबाट वार्तामार्फत् नै सीमा समाधान गरिने बताउँदै नेपालले पनि केही भारतीय भूभाग अतिक्रमण गरेको जानकारी आफूले प्रधानमन्त्रीका भएपछि सूचना पाएकोले यसको अध्ययन गरिने बताएका थिए । उनको अभिव्यक्तिबारे विपक्षी दल तथा अन्य धेरै नेपालको तर्फबाट बोल्ने सीमाविद्हरूले विरोध गरिरहेका छन् । भारतीय मिडियामा यो समाचारले विषयले प्राथमिकता पाएको दिएको छ ।
‘दैनिक भास्कर’, ‘नवभारत टाइम्स’, ‘दि प्रिन्ट’, ‘न्युज १८’, ‘अमर उजाला’ लगायतका मिडियाको अनलाइन संस्करणमा प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा आधारित समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरिएको छ । प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादबारे संसद्मा दिएको अभिव्यक्तिले भारतीय सञ्चारमाध्यम र कूटनीतिक वृत्तमा व्यापक चर्चा पाएको छ ।
विशेषगरी सीमा समस्यालाई टकरामको सट्टा संवाद र तथ्यका आधारमा समाधान गर्नुपर्ने उनको धारणालाई भारतीय सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । भारतीय सञ्चारमाध्यम ‘नवभारत टाइम्स’, ‘दि प्रिन्ट’, ‘न्युज–१८’, ‘दैनिक भास्कर’ र ‘अमर उजाला’ले प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई प्रमुख समाचार बनाएका छन् ।